Saturday 27th July 2024

चित्रमा पञ्चाङ्ग, भागः ११२


पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १

प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण
————–
चन्द्रावती अधिकारी

चित्र सङ्कलन
————–
सामाजिक सञ्जाल

समायोजक
———–
सविता के.सी.

चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १

मेरो पनि यही हो हतियार चुच्चाले नै हान्छु आज
पटकपटक जिस्क्याएको छ यसलाई खान्छु आज
सानाको मुड्की ठुलाको चुड्की थाहा पाएन छ यसले
भोक थियो मलाई पनि यसको टाउको तान्छु आज
भोक मरोस् न एक पल्ट अनि जता पर्छ जान्छु आज ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २
ठुलोले सानोलाई सधैं शक्ति देखाउँछ किन
जित्नेको पक्षमा जहिले भक्ति देखाँउछ किन
जिउन पाउनु सबैको नैसर्गिक अधिकार
थिचोमिचो गर्दै सानाको रक्ती देखाँउछ किन
प्रतिशोधको प्रदर्शन व्यक्ति देखाउँछ किन ?

संगीता खरेल

पञ्चाङ्ग ३

पन्छिमा पनि झगडा पर्दो रहेछ
एक अर्कामा आरिस गर्दो रहेछ
खाने खोजेर सधैँ जीविकोपार्जन
गर्दा रहेको मित्रता हर्दो रहेछ
कृडा स्थलमा निर्धो मर्दो रहेछ ।

भगवती दवाडी ,झापा

पञ्चाङ्ग ४

क्रूर जनको भर हुॅदैन
के गर्ने भन्ने डर हुॅदैन
अनेकथरि मान्छे भेटिन्छन्,
कार त हुन्छ घर हुॅदैन
नाम लेखिन्छ थर हुॅदैन ।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग ५

बलियाले दुब्लोलाई दबाउँछन् यहाँ
सकेसम्म काममा नै लदाउँछन् यहाँ
मरेरै जाने एकैठाउँ हो तर पनि ,
आफू जाति बन्न निर्दो लडाउछन् यहाँ
अन्तिममा मर्ने गरि गलाउँछन् यहाँ ।
दुर्गा भट्टराई
मोरङ

पञ्चाङ्ग ६
जे जसो गरी भएपनी पेट भर्नै पर्यो
अरुको ज्यान गएपनी पेट भर्नै पर्यो
उता तिम्रा बालबच्चा रोईरहेका होलान्
दश बिलौना कहेपनी पेट भर्नै पर्यो
पीडाले आँसु बहेपनी पेट भर्नै पर्यो |

सरिता सेढाई धादिङ
पञ्चाङ्ग ७

यसो हेर्दा त संसार निकै सुन्दर लागे पनि
आफ्नैले पो लखेट्छ यहाँ जतिसुकै भागे पनि
साना त ठुलाको आहारा मात्र रहेछ जहिल्यै
आहारा छाड्दैन कसैले जति वर मागे पनि
उसको मनमा बाँच्ने इच्छा जति नै जागे पनि ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग ८

दङ्ग छ , मनको वेदना मनकै करमा ठोकिन्छ
बेसरी फेरिने श्वास धड्कनको भरमा ठोकिन्छ
खै कुन कुरा यातना दिन्छौ,ए बलवान सामन्ती
आफ्नो भन्दाभन्दै किन हो बेतुके धरमा ठोकिन्छ
पहिला मद्दत गरे नि अहिले डरमा ठोकिन्छ ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ९

कयौं पटक जुध्नु पर्दछ साथी पेट भर्नलाई
आफ्नै ज्यान खुव जोखिममा राखि पेट भर्नलाई
आखिर चल्ने यसैगरी पो रहेछ हाम्रो संसार
खानुपर्ने रहेछ अनेक जाति पेट भर्नलाई
अरुको सिकार गर्नुपर्छ पापी पेट भर्नलाई ।

पूर्णबहादुर श्रेष्ठ, काभ्रे

पञ्चाङ्ग १०

खाना नपाएपछि आफ्नैलाई मार्ने रहेछन्
बलियाले कमजाेरलाई नै झार्ने रहेछन्
मासु खानेले पनि आफ्नै जातकाे खाँदैन थे
मृत्यु नजिक आएपछि यहाँ हार्ने रहेछन्
बाँच्नलाई यसरी नै भाेजन सार्ने रहेछन् ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग ११

जङ्गलीलाई डर हुँदैन
बटुवाको त घर हुँदैन
हिउँ पग्लेर बगेको नदी
माया प्रेममा कर हुँदैन
कोही कसैको भर हुँदैन ।
– आर्त अकुलीन

पञ्चाङ्ग १२

आफुलाई जोगाउँन पनि मार्नु पर्ने
आफ्नै ठोंड लडाइ गर्न तिखार्नु पर्ने
एउटै सन्तान भएपनि त केगरौँ
नचाहे पनि आफ्नैलाई पछार्नुपर्ने
आफ्नै अस्तित्वको लागि पनि तार्नुपर्ने ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग १३

कि ारर्छु कि त तर्छु भन्ने मुर्खको बुद्धि हो
कि झार्छु कि त झर्छु भन्ने मुर्खको बुद्धि हो
मुर्खको ओखती नै नभएको कारणले
कि पार्छु कि त पर्छु भन्ने मुर्खको बुद्धि हो
कि मार्छु कि त मर्छु भन्ने मुर्खको बुद्धि हो ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग १४


तेरो मेरो युद्ध चल्यो किन हेपिस् तैँले
अब तेरो पालो आयो अघि चेपिस् तैँले
तेरा मेरा लाला बाला उस्तै भनी बुझेस्
रुवा धागो रेपेजस्तो आज रेपिस् तैँले
किन आफैँ गल्ती गरी दुःख खेपिस् तैँले ॥

उल्टो भयो बच्चा मऱ्यो रोईरहेछु आज
मनभित्र मैलो पस्यो धोईरहेछु आज
कहाँ जाऊँ के गरेर तेरो ज्यान बचाऊँ
रुँदै दुई खुट्टाले म छोईरहेछु आज
मायारुपी दुबै पङ्ख फोईरहेछु आज ॥

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग १५

फूल जस्तो जीवन हाम्रो झरी जान्छ एक दिन
क्षण भङ्गुर सरीर हाम्रो मरी जान्छ एक दिन
आयौँ एक्लै जान्छौँ एक्लै केनै छर मरी लानु
दुःखहरू आपद हाम्रो टरी जान्छ एक दिन
पापै पाप्ले शरीर हाम्रो भरी जान्छ एक दिन ।

खोम काफ्ले,
दागाना, भूटान,

पञ्चाङ्ग १६

बलियाले कमजोरलाई दबाउनु किन
कति राम्रो बासना आउँथ्यो गनाउनु किन
तागत र सम्पत्तिको घमण्ड गर्नेले यसै
नतातेको सिल्बरको भाँडा तताउनु किन
तलझर्दा रेलिङ्गको डण्डा समाउनु किन ।
• देवी पन्थी

पञ्चाङ्ग १७

जे पर्छ त्यही टर्छ अब
रीसले गर्नु गर्छ अब
हुँदैन लड्न भिड्न यहाँ
लडे-सी मर्का पर्छ अब
नसक्दा शेखी झर्छ अब

सूर्य गिरी पाेखरा


सम्बन्धित शीर्षकहरु

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन…

भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स विगत केही दिनदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेकी छिन् । विलियम्ससँग उनका…

चालक दलका सदस्यसहित १९ जना सवार सौर्य एयरलाइन्सको सीआरजे-७ (९एन-एएमई) हवाईजहाज बुधबार बिहान दुर्घटनामा पर्दा १८ जनाको मृृत्यु भयो भने…

प्रतिकृयाहरू
...