Saturday 27th July 2024

चित्रमा पञ्चाङ्ग, भागः १११


पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १

प्रशिक्षक :
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरणः
चन्द्रावती अधिकारी

चित्र सङ्कलनसः
गुगलबाट

समायोजकः
सविता के.सी.

चित्रमा पञ्चाङ्ग
===========
पञ्चाङ्ग १

हरेक आमाले आफ्ना सन्तानलाई खुवाउँछन् हेर
कति आमाको गर्भ बेवारिसे हुन्छन्, तुवाउँछन् हेर
जातै पिच्छेका आमा छन् यो संसारमा बुझ्नु पर्ने कुरा
जानीजानी गर्छन् गल्ती र अनि आँसु चुवाउँछन् हेर
आफू पनि रुन्छन् र अरूलाई पनि रुवाउँछन् हेर ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २
पशुले सधैँ भरी बाँच्न पनि गाह्रो
खुला आकाशमा त नाँच्न पनि गाह्रो
खै किन यताउता तानेको किन है
पेटमा खानेपानी साँच्न पनि गाह्रो
उसले अर्कोलाई जाँच्न पनि गाह्रो ।

श्रीकृष्ण धामी – बझाङ

पञ्चाङ्ग ३

सन्तानमाथि आमाको माया छ
पर्वाह छैन मृत्युको छाया छ
यस्तै हो मातृ स्नेह भन्ने चीज
सुरक्षा रैखा दाया र वाया छ
आमामा रक्षा आमामै आया छ।।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग ४

आमा बन्ने रहर नारीलाई हुन्छ
हुर्काउने कहर नारीलाई हुन्छ
त्याग बलिदान दिन सक्छिन आमा
निन्द्रा एकै पहर नारीलाई हुन्छ
नखाएकै जहर नारीलाई हुन्छ ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ५

आफू भोकै बसेर बच्चाको पेट भर्छिन्
दु:ख नहोस् भनेर आफै नै काम गर्छिन्
त्याग बलिदान गर्ने महान हुन् आमा
दु:खको पर्वाह नै नगरी अघि सर्छिन्
सन्तान सुख दिलाउन लागि पर्छिन् ।

दुर्गा भट्टराई
मोरङ

पञ्चाङ्ग ६

बच्चालाई खोजी ल्याउँछिन् चारो आमाले
मान्दिनन् नी फिटिक्कै कुनै गाह्रो आमाले
जुनै प्राणीको दर्विलो सहारा आमा हुन्
हेरेर छुट्याउँछिन् गीलो सारो आमाले
दुःख दिएमा तताउँछिन् पारो आमाले ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ७

खुवाउँछिन् चारो आमा आफु पो भोको बसेर
देख्न सक्दिनन् पीडामा सन्तान रोको बसेर
सृष्टिमा अनुपम सम्बन्ध रहेछ आमाको
मेहनत गर्नैपर्ने पुग्दैन है धोको बसेर
आसामा बाटो हेर्छन् एकैसाथ पोको बसेर ।

संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ

पञ्चाङ्ग ८

संसार जानेर जानी नसकिने थला रहेछ
हाँसो र आँशो दुवै सुकाउने खला रहेछ
जहाँ सुनिन्छ सुमधुर गीत माया ममताकै
सुर ताल आफ्नै प्रकृतिको कस्तो गला रहेछ
वास्तवमै जिउनु पनि त यौटा कला रहेछ ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग ९
को छर तिनका ? बाँच्न पाउनु पर्छ
भर पेट खान पनि साँच्न पाउनु पर्छ
मौसम प्रकृतीका उपहार हो सबै
खुला आकाशमा नाँच्न पाउनु पर्छ
पक्षी पक्षीमा नि ! जाँच्न पाउनु पर्छ ।

सोमनाथ लुइटेल “रवि पाल्पाली”

पञ्चाङ्ग १०

सदैव पीडाको सफर भयो जिन्दगी
खुसीमा हेलिने रहर भयो जिन्दगी
आमाबाट छुटाउन खोज्छन् सबैतिर
विषाक्त कठोर असर भयो जिन्दगी
केवल दु:खको खबर भयो जिन्दगी ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ११

आफ्नो बच्चाको पेट भर्नको लागि
धाउँछ पशु टाढा चर्नको लागि
मानिस त प्रदेशिन्छ आजकाल
सारा बेचेर काम गर्नको लागि
सुख र शान्तिसँग मर्नको लागि ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङ्कृत”
पनौती -३,काभ्रे

पञ्चाङ्ग १२

आफ्नो अनि बच्चाको पेट भर्छन् खुसीले
सके जानेका काम पनि गर्छन् खुसीले
प्राणीलाई धेरै जिउने रहर हुन्छ
चुनौतीसँग लड्न सामु पर्छन् खुसीले
कायम राख्न खुसी दु:ख हर्छन् खुसीले ।
#पृथक प्रकृति ,झापा

पञ्चाङ्ग १३

जन्मेकाे बच्चालाई सबै आमाले पाल्छन् संसारमा
खाने कुरा खाेज्दै बच्चाकाे मुखमा हाल्छन् संसारमा
आमाकाे जस्ताे माया र ममता खाेजे पनि पाइन्न
बच्चा स्वस्थ रहाेस भनी फाेहर फाल्छन् संसारमा
सन्तानकाे सुरक्षाकाे लागि कदम चाल्छन् संसारमा ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग १४

आमा आफुहरूले खाइ नखाई पाल्छिन
जसरी तसरी उन्ले दुःख पाई पाल्छिन
निस्वार्थ मायाँ छभने हुनुपर्छ आमाको
कोख तिन वर्ष काखमा तताई पाल्छिन
जिन्दगी अमृतको गुन लगाई पाल्छिन ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग १५

आमाको रहर सन्तानको माया
गाउँ र सहर सन्तानको माया
जीवन भनेको भोगाइ रहेछ
मनमा लहर सन्तानको माया
नबनोस् कहर सन्तानको माया ।

– आर्त अकुलीन

पञ्चाङ्ग १६

हरेक गल्लीमा कुकुर भुक्छन् सधैँ
कुना र काप्चामा सुगुर लुक्छ्न् सधैँ
शान्तिका प्रतीक बनेर यहीँ कतै
रुखका टुप्पामा ढुकुर ढुक्छ्न् सधैँ
न्याय दिनेहरू खै किन मुक्छन् सधैँ ।

• देवी पन्थी
पञ्चाङ्ग १७

दु:खमा पाइला चाल्छिन आमा
मुहारमा ज्याेती बाल्छिन आमा
भाेकैछन् गुँडमा बचराहरु
चाहारा खाेजेर पाल्छिन आमा
परेकाे समस्या टाल्छिन आमा ।
सूर्य गिरी पाेखरा

समपञ्चाङ्ग १८
१//
सन्तानको खुसीमा रमाउने आमा
खाद्य अनाज चारो कमाउने आमा
मिहेनतले खुवाउँदै हुर्काएर
साह्रोगाह्रो बाधामा समाउने आमा
शिशुको प्राणतत्त्व थमाउने आमा ।
२//
कोरिबाटी घाममा घमाउने आमा
निहाल्दै सन्तति ठमाउने आमा
आमाले नगरेको यहाँ के नै छ र ?
सानो छँदा उकाल्ने नमाउने आमा
हृदयभरि माया जमाउने आमा ।

अच्युत घिमिरे, सर्पाङ, भुटान


सम्बन्धित शीर्षकहरु

भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स विगत केही दिनदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेकी छिन् । विलियम्ससँग उनका…

चालक दलका सदस्यसहित १९ जना सवार सौर्य एयरलाइन्सको सीआरजे-७ (९एन-एएमई) हवाईजहाज बुधबार बिहान दुर्घटनामा पर्दा १८ जनाको मृृत्यु भयो भने…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...