Saturday 27th July 2024

चित्रमा पञ्चाङ्ग, भाग: ११०


पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८१/०१/२६
प्रशिक्षक : रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण: चन्द्रावती अधिकारी

चित्र सङ्कलन: गुगलबाट

समायोजक: सविता के.सी.

पञ्चाङ्ग १

उकाली र ओराली गर्दा चौताराको रुख हेरौँला
निधारको पसिना पैतालामा पुग्दा दुःख हेरौँला
पर्व हो आउँछ याद सम्झना नयन भरी आमा
आफैँले कमाइ किन्ने छु रमाइ म सुख हेरौँला
वर्ष दिन पछि परदेशी आमाको मुख हेरौँला ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

आमा सृष्टि हुन
दुई दृष्टि हुन
पालन कर्ता यी
जल वृष्टि हुन
आमा गृष्टि हुन ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ३
सानोमा तिमी साहारा अब म बनेर हेर्छु
तिमी सामु आउने बाधालाई खनेर हेर्छु
ऋण कसरी तिर्नु आमा दशधारा दुधको
पीडामा खुसीले हाँसेको दिन गनेर हेर्छु
श्रवण कुमारको जस्तै कथा भनेर हेर्छु ।

फाटेको चोली आमाको फेर्न सकूँ
पीडा पर्दा अङ्गालोमा बेर्न सकूँ
जिउँदो देवी सदा सम्मान गरी
देवको पहिले आमा केर्न सकूँ
गर्वले सम्मान गर्दै हेर्न सकूँ ।

संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौं

पञ्चाङ्ग ४
आमा दयाकी खानी हुन्
दुई आँखाकी नानी हुन्
सन्तानको लागि यिनी
स्वच्छ र सफा पानी हुन्
परिवारको मानी हुन् ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ५
सन्तानको सुखमा आमा दङ्ग हुने
दस धारा नभै जीवन भङ्ग हुने
यिनको मायाको तुलना छँदै छैन
आमाविनाको जीवन बेढङ्ग हुने
हाय! आमाको बयानले रङ्ग हुने ।

कमला देवकोटा, पाल्पा

पञ्चाङ्ग ६
आफ्नो सृष्टिका लागि कहिल्यै थाक्दिनन् आमा
असमानता मनमा कतै राख्दिनन् आमा
कर्तव्य अनि ममताकी अपार खानी हुन्
समस्याको गर्तबाट कैल्यै भाग्दिनन् आमा
तमाम गर्छिन् केही काम नि साँच्दिनन् आमा ।

प्रेम थापा”मन”बागलुङ

पञ्चाङ्ग ७
सन्तानको मुख हेरी हेरी एक्लै केयौं रात कटाउछिन्
विना भेदभाव माया सबैलाई बराबरी चटाउछिन्
जति धेरै सन्तान भएपनि धेर हुदैन आमालाई
ओढाएर मायाको बर्को आमाले जिन्दगी नै फटाउछिन्
जहाँ गएपनि सन्तान डिउटीमा मुटु नै खटाउछिन् ।
-पशपती राई खोटाङ ।

पञ्चाङ्ग ८
आफू भोकै बसेर पनि समस्या टार्छिन
मायाले दु:ख पिडालाइ खुसुक्क सार्छिन
त्यसैले त आमा जिउँदो भगवान हुन
अध्यारो ठाउँलाई आमा उज्यालो पार्छिन
सन्तानको खुसीमा जितेको खेल हार्छिन ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे

पञ्चाङ्ग ९
आओस् पहाड बनेर दु:ख तर हिम्मत हार्न चाहदिनन्
अगाडि बढ्न मन पराउने हुन्छिन् बार बार्न चाहदिनन्
जतिसुकै समय आफैंले झेल्न व्यहोर्नु तयारमा बसी
सन्तानलाई कुनै प्रकारको वेदनामा पार्न चाहदिनन्
कुनै पनि काम कुरामा सबैभन्दा तल झार्न चाहदिनन् ।

#पृथक प्रकृति,झापा

पञ्चाङ्ग १०

आमा शब्द पनि गहन हुन्छ
छोरा छोरीमा तनमन हुन्छ
बाबा आमाले हुर्काए सानोमा
उनिहरूको नी लगन हुन्छ
सबै आमामा आफ्नो पन हुन्छ ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग ११

सारा दु:ख कष्ट झेल्दै पाल्छिन् आमा
सन्तानकाे लागि आगाे बाल्छिन् आमा
भाेकाे पेट छ सुकिलाे लुगा छैन
सन्ततिलाई शरीर गाल्छिन् आमा
मिलाउन नै कदम चाल्छिन् आमा ।

नवराज भट्ट
कञ्चनपुर।

पञ्चाङ्ग १२
आमा घरकी रानी हुन्
शीतल दिने पानी हुन्
प्रेमरुपी सन्सारमा
दिईरहने दानी हुन्
ममताकि त खानी हुन् ।

शोभा आचार्य गौतम
काठमाडौँ ।

पञ्चाङ्ग १३

सदा हाँस्दै आउने आमा महान्
माटोको गीत गाउने आमा महान्
सन्तानको खुसी आफ्नै सम्झेपछि
दु:ख पिरमा छाउने आमा महान्
अपार गुन लाउने आमा महान् ।
– आर्त अकुलीन

पञ्चाङ्ग १४

आमा जून हुन् आमा तारा
अविरल बग्ने प्रेमकी धारा
हृदय आकाशमा शुभ्र सुर्य
अटाउनसक्ने जगत सारा
कसरी तिर्नु उहाँको भारा ।

लक्ष्मी दास शर्मा
टसिछोलिङ, साम्ची, भुटान

पञ्चाङ्ग १५

काम छाेडेर सन्तानमै रुचिदिने आमा
भाेकतिर्खा र पीरमर्का बुझीदिने आमा
अाफ्ना कथाव्यथा सबै मनमा लुकाएर
नजरबाट अाँसु झर्दा पुछिदिने आमा
परिवारकाे लागि सधैं खुसीदिने आमा ।
सूर्य गिरी
माछापुच्छ्रे ५कास्की (पाेखरा)

समपञ्चाङ्ग १६
१//
दुःखै दुःखले भरिएको जुनी काट्छिन् आमा
सन्तानको निमित्त सारा खुसी साट्छिन् आमा
शिशुको मुहारमा त्यो मुस्कान देख्न पाए
आफ्नो भागको हाँसो रित्याएर छाँट्छिन् आमा
पीडाभित्र पनि दुनियाँलाई ढाँट्छिन् आमा ।
२//
जेसुकै परिस्थितिको साहस आँट्छिन् आमा
सङ्घर्षलाई आत्मर्थ बनाइ ठाँट्छिन् आमा
सन्तान प्रति योगदानको स्तब्ध बनेर
मोटामोटी आनन्द जति सबै बाँट्छिन् आमा
आफ्नै जीवनलाई नै बेसरी झाँट्छिन् आमा ।
अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग १७
जहाँ भएपनि खुशी नै हुनु भन्छिन् आमा
अतित लाई नसम्झ है बुनू भन्छिन आमा
आफू दुखी भएता पनि आशीर्वाद दिएर
सगरमाथाको चुचुरो छुनु भन्छिन आमा
मैले राखेक तिम्रो नाम जुनु भन्छिन आमा ।

सुष्मा मगर रोल्पा
हाल भारत हिमाचल प्रदेश


सम्बन्धित शीर्षकहरु

भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स विगत केही दिनदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेकी छिन् । विलियम्ससँग उनका…

चालक दलका सदस्यसहित १९ जना सवार सौर्य एयरलाइन्सको सीआरजे-७ (९एन-एएमई) हवाईजहाज बुधबार बिहान दुर्घटनामा पर्दा १८ जनाको मृृत्यु भयो भने…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...