Sunday 28th December 2025

कुवेतमा एक नेपाली युवतिले गरिन आत्महत्या


कुवेतमा एक नेपाली युवतिले आत्महत्या गरेकी छिन । घरेलु कामको लागि अवैधानिक बाटो हुदै कुवेत आएकी बागचौर नगरपालिका ९, सल्यानकी जानकी कवरले आत्महत्या गरेकी हुन ।

वैदेशिक रोजगारीको लागि PA०५४९४९९ राहदानी वाहक कवर २०८०/०६/०५ गते कुवेत आएकी हुन भने उनले २०८१/०२/०४ गते आत्महत्या गरेकी हुन । बागचौर नगरपालिका वडा न ९ ले कुवेतस्थित नेपाली दूतावासलाई मृतकको शव स्वदेश पठाउन सहजिकरण गरिदिनको लागि पत्राचार समेत गरेको छ ।

मृतकको शव स्वदेश पठाउनको लागि नेपाली दूतावास कुवेत, घर परिवार, एजेन्ट र रोजगारदाता संग समन्वय भईरहेको घनश्याम थापाले जानकारी दिएका छन । कुवेतस्थित नेपाली दूतावासका प्रथम सचिव प्रमराज गौतमका अनुसार ‘घटनाबारे प्रारम्भिक जानकारी दूतावासमा प्राप्त भएको छ । अन्य आवश्यक कानुनी प्रक्रिया पुरा गरि शव छिट्टै स्वदेश पठाउने तयारी छ’।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

प्रतिकृयाहरू
...