Monday 1st December 2025

प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरे


प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा कूल १५७ मत प्राप्त गरेका छन्।

उनको प्रस्तावको विपक्षमा कुनै पनि मत परेन भने मत दिन्न भन्ने पक्षमा १ मत परेको छ। नेपाली कांग्रेसले आजको संसद बैठक अवरुद्ध गर्ने मनसायले निरन्तर नाराबाजी गरिरहेको थियो र कांग्रेसले मतदानमा भाग लिएन।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दहाललाई एमाले, रास्वपा, नेकपा एकीकृत समाजवादी, जसपाको समर्थन छ। सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन्।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानले आइतबार सर्वशक्तिमान सैन्य कानुनी उन्मुक्ति प्रदान गर्ने सम्बन्धमा कानूनको शासनको लागि सम्भावित "दूरगामी परिणामहरू" बारे संयुक्त राष्ट्र मानव अधिकार…

यस सप्ताहन्तमा बेरुत आइपुग्ने पोपलाई सन्देश दिँदै लडाकू समूह हिज्बुल्लाहले शनिबार पोप लियो चौधौंलाई लेबनान विरुद्ध इजरायली "अन्याय र आक्रामकता"…

कुवेतस्थित नेपाली दूतावासमा नयाँ प्रथम सचिव चण्डिका पोखरेल र श्रम सहचारी जनार्दन गौतमले औपचारिक रूपमा काम सुरु गरेका छन्। दुवै…

प्रतिकृयाहरू
...