Monday 20th May 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय अठ्ठाइसौँ भाग (१२८)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८१/०१/१७
……………………………….
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।
अक्षर संख्या :- ५ देखि २५ बराबरी
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
बगलीमा छुरा लुकाएर आयौ
पापी ती नजर झुकाएर आयौ
सकिन बुझ्न तिम्रो मनोभावना
मूलधारा सबै सुकाएर आयौ
चाहाना मनका फुकाएर आयौ ।
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

चाहना फुकाएर के गर्नु मुलधारा सुकाएपछि
बाहिर मिठो बोलेर बगलीमा छुरा लुकाएपछि
बाहिर हेर्दैमा कसरी थाहा पाउनु मनोभावना
तैपनि विचार गर्नु कसैले नजर झुकाएपछि
एकार्कामा मन मिल्छ दोहोरो कुरा फुकाएपछि ॥

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग ३
दुई हात समाउ नत्र लड्र्छु म
छोडेर गए तलतिर झर्छु म
जित र हार त एक प्रक्रिया हो ,
सकेसम्म त मिहिनेत गर्छु म
भेल बाढी पनि सजिलै तर्छु म ।।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ४
हिजोआज भाग्यले नि छल गरेको
आँखाले पनि आँसुको भल गरेको
खुसी बसाइँ सरेर होला पीडित
छट्पटीमा मुटु हलचल गरेको
दोसाँध जीवन अलमल गरेको ।

संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ

पञ्चाङ्ग ५

रमाईलो पल यो
गरौं छलफल यो
सबैजना मिलेर
समस्याको हल यो
गर्नुहुन्न खल यो ।

सरिता सेढाई धादिङ

पञ्चाङ्ग ६

यता नआऊ जाउ अन्तै लगाऊ
तिम्रो जुँगाको ताउ अन्तै लगाऊ
सिरवारको जमाना बिती सक्यो
म दास हैन भाउ अन्तै लगाऊ
तिम्रो कुटिल दाउ अन्तै लगाऊ ।

अरुण कुमार भुजेल

पञ्चाङ्ग ७

मलाई त तिम्रो स्वभाव अौधि मन पर्छ किन किन
तिमीलाई देख्दा रिसकाे पाराे तल झर्छ किन किन
अमुल्य मायाकाे कुनै सिमारेखा ताेकेर ताेकिँदैन
आलटालले उठेकाे जाँगर पनि मर्छ किन किन
मनकाे चाहना मेट्न समय त्यसै टर्छ किन किन ।

सुरेश चन्द्र घिमिरे

पञ्चाङ्ग ८

अधिकारले सम्पन्न छ लोकतन्त्र पेट मात्रै भोको हो
एकातिर गाएका छन् भनेअर्कोतिर सुनिन्छ रोको हो
समानताको व्यवस्था संविधानमा राम्रै गरिएकोछ
व्यवहारमा पो बलियाले उठाउँछ पोको नै पोको हो
निर्धाभने लोकतन्त्रमा जहिल्यै पनि बलिको बोको हो ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग ९

कतै देश बन्धक राख्ने कार्यक्रम चलिरहेको छ
यो देश बचाउने जनता कै देह जलिरहेको छ
आधुनिक युग भने पनि,सुखका दिन गने पनि
नेताहरूको कुव्यबहारले अझै गलिरहेको छ
राष्ट्रवादीहरूको भूमिका स्वार्थले ढलिरहेको छ ।

प्रेम थापा “मन”बागलुङ

/पञ्चाङ्ग १०
आँसुले धरती गलेको हुन्छ
आस्थाको पिलर ढलेको हुन्छ
हुरी चलोस् या त आँधी बेहेरी
आखिरी जिन्दगी चलेको हुन्छ
पीडाले हृदय जलेको हुन्छ ।

– आर्त अकुलीन

पञ्चाङ्ग ११

पानी पर्ने जस्ताे छ
छानाे झर्ने जस्ताे छ
पासमा छैन पैसा
बाख्राे मर्ने जस्ताे छ
आँखा तर्ने जस्ताे छ ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग १२

बारी खनेपछि जिलाउन जान्नुपर्छ
बीउ मल जल मिलाउन जान्नुपर्छ
कृषककाे मनाेबल उच्च बनाउन
ति फाटेका मन सिलाउन जान्नुपर्छ
कामकाे सम्मान दिलाउन जान्नुपर्छ ।

सूर्य गिरी
माछापुच्छ्रे ५कास्की पाेखरा ।

पञ्चाङ्ग १३

आउने दुःखका आँधी एक्लै हर्छु म
फेरि पनि यी ओठमा हासो छर्छु म
भमरा बनी डुल्छौ सधैँ उद्याानमा
कुमार्गमा हिड्छौँ र त आँखा तर्छु म
नाता दिगो बनाउँन लागि पर्छु म ।

सीमा कार्की समर्पण
मेलचोक पर्सा
समपञ्चाङ्ग १४
१//
सपनाको महल बनाउँछु भनेको थियो
खुसीको लहर मनाउँछु भनेको थियो
तर दृष्टिमा दोष बसेको थाहाँ भएन
तिमी मात्र मेरो भनाउँछु भनेको थियो
समयसँग आफैँ जनाउँछु भनेको थियो ।
२//
सबै थोक मेलै अनाउँछु भनेको थियो
यो जीवनसँगै धनाउँछु भनेको थियो
तर तिम्रो दिलको झुक्कल बुझ्न सकिनँ
भिडमा तिमी नै छनाउँछु भनेको थियो
अनि मेरै सामु तनाउँछु भनेको थियो ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग १५

चितायाेकि पुगिसकेको हुन्छ मन यो
खुट्टा नहुँदा पनि हिँड्ने हुन्छ धन यो
देश घुस्याहाले थिलथिलाे पारेर नै
त्राहिमाम् भइ बाँच्न बाध्य हुन्छ जन यो
नीति बिनाकाे काम राम्राे हुन्छ ? भन यो

प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।


सम्बन्धित शीर्षकहरु

इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । उनीसँगै विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानको पनि ज्यान गएको छ ।…

इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफको समिकरण पुरा भएको छ । समुह चरणका खेल सकिएसँगै आइपिएलको प्लेअफको समीकरण पुरा भएको…

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिदै छन् । प्रधानमन्त्रीले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत…

प्रतिकृयाहरू
...