Monday 7th September 2026

रेग्मीद्वारा ब्लडबैंकलाई २५ हजार सहयोग


नारायण कोइराला – “हाम्रो ब्लडबैंक हामी बनाउँछौं, मनैदेखि सहयोग गरौ” भन्ने नाराकासाथ नेपाल रेडक्रस सोसाइटी पाल्पाको रक्तसंचार सेवा केन्द्र स्थापनार्थ अभियानका लागि रेडक्रसकर्मी साहित्यकार पुष्कर अथक रेग्मीले नगद रू.२५ सहयोग गर्नुभएको छ।

विधार्थी जीवन देखिनै रेडक्रसमा लागेका तानसेन नगर पालिका वडा नं ३ भगवती टोल निवासी रेग्मी रेडक्रस ज्ञान र प्राथमिक उपचारका प्रशिक्षक रहनुकासाथै नेपाल रेडक्रस सोसाइटी पाल्पाका पूर्व कोषाध्यक्ष र हाल श्रीनगर उपशाखा तानसेनका सभापति रहेका छन् । सक्रिय स्वयसेवक र आजीवन सदस्य समेत रहेका रेग्मीले रेडक्रसलाई रू.२५ हजार सहयोग गरेपछि उनले रेडक्रसको विशिष्ट सदस्यता प्राप्ति सहित ब्लड बैक पाल्पाको संस्थापक सदस्य समेत रहने छन् ।

नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाले पाल्पामा ब्लड बैंक स्थापनाको लागि बिशेष अभियान संचालन गरिरहेको अवस्थामा स्थानीय , राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा बसेका व्यक्ति एवं संस्थाहरूद्वारा अभियानलाई सहयोग पुर्‍याउन रकमहरू प्राप्ति भइरहेका छन् अर्थात मानवीय सेवामा समर्पित मनहरू ” रक्तदान जीवनदान” जस्तो महान कार्यलाई ब्लड बैकनै स्थापना गरी दिगो रूपमा सवा पुर्याउन लागि परेका छन् ।

तपाईंहरू पनि रेडक्रसको यो महान अभियानमा रेडक्रस पाल्पाले यो अभियानमा जोडिएर स्वेच्छिक आर्थिक सहयोग गर्ने, आजीवन, विशिष्ट तथा एशस्कर सदस्य बन्नुका साथै पितृहरूका नाममा समेत रकम दान गरी पुनीत कार्यमा समर्पित हुन सक्नु हुनेछ ।


सम्बन्धित शीर्षकहरु

भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको १३ औँ दिनमा नेपालले सोमबार राष्ट्रिय शोक मनाएको छ। बाढीमा ज्यान गुमाएकाहरूको…

भोटेकोसी नदीमा आएको विनाशकारी हिमबाढीमा परी मृत्यु हुनेको संख्या १,३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार…

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

प्रतिकृयाहरू
...