Thursday 25th December 2025

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी


इलाम- २ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतको अन्तरले पराजित गर्दै उनी विजयी भएका हुन्।

शनिबार भएको उपनिर्वाचनमा एमालेका सुहाङले २७ हजार ७७२ मत पाए भने कांग्रेसका खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका थिए।

१९ जना चुनावी प्रतिस्पर्धामा उत्रिएको यस उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत प्राप्त गरे। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले भने ५ हजार ५० मतमा चित्त बुझाउनुपर्‍यो।

२०७९ सालको निर्वाचनमा प्रतिनिधिसभातर्फ इलाम-२ बाट निर्वाचित भएका सुवासचन्द्र नेम्वाङ र बझाङ प्रदेशसभा-१ बाट निर्वाचित भएका पृथ्वीबहादुर सिंहको निधन भएपछि यी क्षेत्रहरू रिक्त थिए। निर्वाचन आयोगले यी दुई स्थान शनिबार उपनिर्वाचन गराएको हो।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

प्रतिकृयाहरू
...