Wednesday 8th May 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय छब्बीसौँ भाग (१२६)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८१/०१/०३
………………………………………….
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।
अक्षर संख्या :- ५ देखि २५ बराबरी
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

मुखले चिप्लो घसे पनि व्यवहारमा चडेका छौ
मूर्ख छ बानी छुच्चो छ व्यहोरा थाहा छ सडेका छौ
आफ्नै प्रशंसा आफैँले हो गर्ने सुनिएको छ सधैँ
धेरै बाठो भएर त होला काँल्ना मुनि लडेका छौ
बेइज्जतीलो स्वभावले गर्दा मनमा गडेका छौ ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

आज वियोगको पल बनेको छ
आँखामा आँसुको भल बनेको छ‌
सम्झना मनमा अमिट बनेको
कञ्चन मूलको जल बनेको छ
आखिर कर्मको फल बनेको छ ।
– आर्त अकुलीन

पञ्चाङ्ग ३

पानीको पनि तर हुन्छ र
कसम् खाँदैमा भर हुन्छ र
जवर्जस्ती लाएको मायाले
जिन्दगी जाने घर हुन्छ र
जान्न भने-सी कर हुन्छ र ।

सूर्य गिरी-पोखरा

पञ्चाङ्ग ३

सत्य बोल्नेले खेल हार्छ यहाँ
असत्यले हातमा पार्छ यहाँ
ग्रहदशा निकै बिग्रन्छन् उसका
जसले विस्तारै उघार्छ यहाँ
आफ्नोजति सीमाना बार्छ यहाँ ।

*देवी पन्थी

पञ्चाङ्ग ४

बोल्न धेरै सजिलो छ गर्न गाह्रो
भन्छन् सबै ज्यान दिन्छु मर्न गाह्रो
गर्छन् मान्छे कामभन्दा कुरा धेरै
मुख मात्र ठिक्क लागी पर्न गाह्रो
यसैले त देश अघि सर्न गाह्रो ॥

छिमेकीले साँध मिच्छ लर्न गाह्रो
तेश्रो देशतिर जाऊँ तर्न गाह्रो
बाटोघाटो रेल भन्छन् झेल मात्र
साँझ बिहानको छाक टर्न गाह्रो
बोल्दा मात्र खाने अन्न झर्न गाह्रो ॥

भोक लाग्छ खाली पेट भर्न गाह्रो
रातदिन मागी मागी चर्न गाह्रो
रोजगारी छैन केही देशभित्र
सीप हुने शिक्षा नीति धर्न गाह्रो
सत्य शान्त राष्ट्रनीति दर्न गाह्रो ॥

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग ५

धिक्कार वा हकार तिम्रो नै माया हो म
जता जान्छौ उतै आउँने त्यो छाँया हो म
मलाई लाग्छ माया तिमीलाई गर्दिनौ
साथ छोड्दिन कहिले तिम्रो दायाँ हो म
जीवन भरिको लागि तिम्रो कायाँ हो म ।
सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।

पञ्चाङ्ग ६

बन्द कोठामा बसेर गरेको बात राम्रो
म छु नि भनी समातेको तिम्रो हात राम्रो
प्रेम सबै सबैले कहाँ पाउँछन् होला है ?
मायालुले पत्र लेखी दिएको पात राम्रो
जुन हेरी सँगै मुस्कुराएको रात राम्रो ।।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ७

आफु जस्तै सोच्यो के गर्ने भिन्दै भैदिन्छ ऊ
मीठो दिएको खाँदैन फाल्टै अरु किन्छ ऊ
आफू जस्तै अरूलाई ठान्नु बेकार रैछ
मुटुमै दियो बास कता हो कता हिन्छ ऊ
मायाकै डोरीले बाँधे पनि च्वाट्टै छिन्छ ऊ ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग ८

भन्नलाई सजिलोछ तर गर्न गार्हो हुन्छ
सुखा याममा बोट बिरुवा सर्न गार्हो हुन्छ
हावा पानीको अनुकूल नमिल्दा खेरी पनि
पाकेकै फल पनि यहाँ त झर्न गार्हो हुन्छ
त्यसैले कसैको पनि भर पर्न गार्हो हुन्छ ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ९

रिसको त्यो आवेग सकेसम्म थामिन्नर हजुर
सित्तै अभियोग लागेपछि त कामिन्नर हजुर
विश्वास पनि हदसम्मपो गर्न सकिन्छत बाबै
बोक्सी भन्दै तातोले डाम्दा मान्छे डाकिन्नर हजुर
तातो चिसो के छ भनी पहिले छामिन्नर हजुर ?

विवश पारदर्शी
झापा

पञ्चाङ्ग १०

चिल्लो घस्नेसँग सँगत नगर्नु होला
पाएँ भन्दैमा अन्नलाई नछर्नु होला
बाँचुन्जेल रमाइलो गर्ने होनि साथी
अरु कसैको पनि भर नपर्नु होला
अकालमा साँच्चै नै कोही नमर्नु होला ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३काभ्रे

पञ्चाङ्ग ११

भ्रष्टाचार घटाउने भनेर कुर्लंदै कुरा गर्यौ किन
चाप्लुसी सारा गरेर आफ्नो मात्र भुँडी भर्यौ किन
निस्वार्थको बाटो हिडेनौ कहिल्यै,उत्तर देऊ अहिल्यै
विदेशी सामू घुँडा टेकी ज्यूहजुरीमा पछि सर्यौ किन
यता फेरि लाजै नमानी उल्टोसुल्टो भ्रम नै छर्यौ किन ?

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग १२

कहिलेकाहीँ मनचरी हुन्छ
पवित्र माया अकबरी हुन्छ
भ्रम नभए मात्रै भए साँचो
यसर्थ नशा घरीघरी हुन्छ
विकल्प पनि यसैगरी हुन्छ ।

#पृथक प्रकृति ,झापा

पञ्चाङ्ग १३

मलाई देश चाहिन्छ समाज चाहिन्छ
खान बस्न देशमै कुनै काज चाहिन्छ
सरकार न देशको छ न जनताको
नेताहरू लाई सिरमा ताज चाहिन्छ
केभनौँ मात्र नीति बिना राज चाहिन्छ ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग १४

सम्झिन मन छैन नराम्रो व्यबहार भए पछि
आफ्नैबाट अन्याय अनि अत्याचार भए पछि
के के लान्छु मर्दाखेरि जस्तो गर्ने मानिस किन
कसरी सहनु हत्या हिंसा बारम्बार भए पछि
अपराधीलाई दण्ड नदिने सरकार भएपछि ।

तारा घिमिरे स्वेच्छा
सङ्खुवासभा

पञ्चाङ्ग १५

तिम्रो त्यो अँगालोमा आफुलाई बेर्ने मन छ
तिम्रो नाम मेरो यो मुटु भित्र केर्ने मन छ
सास बनी समाहित हुनु ल बाबा मै भित्र
दुई ज्यान एकै देह भै सास फेर्ने मन छ
सास हुँदासम्म तिम्रो मुहार हेर्ने मन छ ।

सीमा कार्की समर्पण
मेलचोक पर्सा

पञ्चाङ्ग १६

बिताएका पलहरूको फेरफार गर्ने भोटो बनायौ
शरीरको तौललाई बढाएर नआट्ने मोटो बनायौ
सधैँलाई भनेर जोडेको यो सम्बन्धले रुवायो आज
सबै थोक सम्झनाको यादहरूले हेर्ने फोटो बनायौ
जानिजानी खुसीका लहरको आयु किन छोटो बनायौ ।

अच्युत घिमिरे, सर्पाङ, भुटान
पञ्चाङ्ग१७

बादल हटी आकाश खुल्नुपर्छ सानू
शरच्चन्द्र टहटह झुल्नुपर्छ सानू
एकान्तमा जुनेलीरात प्रिय लाग्दैन
भँवराले फूलसँगै भुल्नुपर्छ सानू
नवीन रङ्ग फूलमा डुल्नुपर्छ सानू ।

श्रीकृष्ण शर्मा, पोखरा–५, मालेपाटन


सम्बन्धित शीर्षकहरु

आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख…

बुनु थारु रासस- काठमाडौंकी एक महिलालाई करिब १० वर्षदेखि जोर्नी दुख्ने समस्याले सताएको थियो। विभिन्न अस्पताल धाउँदै कैयौँ पटक औषधि…

आँखाको चालले बोलाउँदै रहेछौ तिमीले मनमा मायाको फूलबारी फुलाउनू छ मैले समालेर राखेको छु माया प्रेम यो दिलमा सपनाहरू सजाउनु…

प्रतिकृयाहरू
...