Friday 3rd May 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय पच्चीसौँ भाग (१२५)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/१२/२६
…………………………………
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।
अक्षर संख्या :- ५ देखि २५ बराबरी

पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

कहाँ पाइन्छ साथी चौतारी पिर बिसाउने यहाँ
हरेक तनावले तातेको शिर चिसाउने यहाँ
यसै स्वार्थी भएको छ मानिस जीवन आजभोलि
वेदनाले भरिएको दुई तिर मिसाउने यहाँ
अत्याचार हटाउन फोडी धीर, रिसाउने यहाँ ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

सुक्नेवाला खहरे वा वर्षे कुन खोलाको कुरा गर्छौ
कुरै नसुन्ने जमाना आए कुन चोलाको कुरा गर्छौ
तिमी हामी सोझासाझा भएर के गर्नु र प्रिय मित्र
भ्रष्टले पेट नै भरिसके कुन झोलाको कुरा गर्छौ
रति पनि पाउन गार्हो छ ,कुन तोलाको कुरा गर्छौ ?

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ३

नयाँ वर्षसङ्गै रमाउन सिकौँ
आफूलाई पुग्ने कमाउन सिकौँ
समय परिवर्तनशील बुझ्नु,
जिम्मेबारी अन्तै थमाउन सिकौँ
अब सही मोड समाउन सिकौँ ।।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग ४

आफैसँग नि लजाउने भएछु
कसैको फोटो सजाउने भएछु
चढदै जवानीको मातले हो कि
एक्लै सुसेली बजाउने भएछु
उन्माद बैँस भजाउने भएछु ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ५

नीति एकातिर नेता अर्कोतिर राजनीति गरेका छन्
हावापानी नै दूषित हुनेगरी भ्रम मात्रै छरेका छन्
तहै तहको सरकार वा! कस्तो गणतन्त्र ल्याइएछ
जताततै भ्रष्टाचार गरेर नेताले भुडी भरेका छन्
जनता भने बिनासित्तिमा अर्कोको देशमा मरेका छन् ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग ६

जस्तोसुकै दु:खमा पनि रमाउन सक्नुपर्छ
जिउनको लागि नै धन जमाउन सक्नुपर्छ
आफू सक्षम हुँदा मात्र हो अरुले साथ दिने
सहि कार्यमा तन मन लगाउन सक्नुपर्छ
त्यसैले यि परेका कष्ट भगाउन सक्नुपर्छ ।

दुर्गा भट्टराई
मोरङ

पञ्चाङ्ग ७

भन्छन् यो शरीर नै धाम हो
त्यसैले कमाउनु नाम हो
हाड छाला घोटेर भए नी
हामीले गर्नु पर्छ काम हो
यहीँ जमाउनु छ दाम हो ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ८

नेपाली जनता सचेत रहला चुक्दैन कोही पनि
बैरी सामु सशक्त भै डटिदिने झुक्दैन कोही पनि
राख्नेछन् जब स्वाभिमान जनले सम्मानको साथमा
त्यस्ता पात्र सबै स्वयं भइदिँदा भुक्दैन कोही पनि
आफ्नो साख वचाइ राख्नु विधिले थुक्दैन कोही पनि ।

सुरेश चन्द्र घिमिरे
कपन

पञ्चाङ्ग ९

जीवनको यथार्थ बुझ्दैछु मैले
ईमान्दारिताबाट जुझ्दैछु मैले
धु्र्त र कपटीको फेला परिएछ
स्वार्थान्ध भै नयाँ बाटो चुज्दैछु मैले
देवतानै भनी ढुङ्गा पुज्दैछु मैले !

कमला देवकोटा, पाल्पा

पञ्चाङ्ग १०

गोरेटो दोबाटोमा गएर बन्द भयो अरे
तिम्रो र मेरो सम्बन्ध पनि मन्द भयो अरे
प्रश्नै प्रश्नको खातमा अनुत्तरित बनेको
लय बिनाको गित जसरी छन्द भयो अरे
बेवारिसे फोहोर जस्तै पो गन्द भयो अरे ।

संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ

पञ्चाङ्ग ११

कति जान्ने रहेछन् खाद्यान्नमा मिसाउन
पाइन्न विषाधी रहेछ भनी रिसाउन
छैन आँट र बारी आफै अन्न उब्जाउने
कहाँ होला चौतारी दुःख सारा बिसाउन
आफ्नैलाई हेरी तातेको मन चिसाउन ।

सुस्मिता अधिकारी ,काठमाडौँ

पञ्चाङ्ग १२

तिम्रो तस्बिर किन हो हेरिरहुँ जस्तो लाग्छ
मैले देखेको चित्र त्यो केरिरहुँ जस्तो लाग्छ
माया छैन भनु भने लाएको छैन अहिले
स्वार्थी साथीहरूलाई फेरिरहुँ जस्तो लाग्छ
मायाले अङ्गालोमा नै बेरिरहुँ जस्तो लाग्छ ।

सोमनाथ लुइटेल “रवि पाल्पाली”

पञ्चाङ्ग १३

शान्त बास राम्रो
शुद्ध सास राम्रो
हेर्नु मेरा दैव
पूर्ण आस राम्रो
माया खास राम्रो ।

– आर्त अकुलीन

पञ्चाङ्ग १४

कहा मिल्छ मनको शान्ति सफर उस्तै छ
बञ्जर् जमि बाढीमा बगेको घर उस्तै छ
खेलौंना बनाउंन खोज्छन् मानिसहरूले
भविश्य अन्धकार धर्ति सगर उस्तै छ
कतै छैन शान्ति यो गाउ सहर उस्तै छ ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग १५

नयाँ वर्ष आयो पुराना पात्रो फाल्नु पर्छ
नयाँ पात्रो लगाई घरलाई टाल्नु पर्छ
साल मात्रै फेरिएको छ अरु के हुने हो
आफूले त सधैँ उही बालुवा चाल्नु पर्छ
कतै पाए दुई गाँस पेटमा हाल्नु पर्छ ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग १६

आशा र उमङ्ग ल्याओस नयाँ बर्ष
शान्तिको विगुल बजोस् नयाँ बर्ष
सकारात्मकताले बास गरेर
नकारात्मकता हटोस् नयाँ बर्ष
स्मरण लायक रहोस् नयाँ बर्ष ।

शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चाङ्ग १७

खडेरीले गर्दा खेरी जङ्गल सुकेर जाने रहेछ
गोठालाले चुरोट तान्दा आगो चुकेर जाने रहेछ
त्राही त्राही हुन्छन् सारा बन्यजन्तुहरु त्यसबेला
स्वादको लागि जन्तु समाउन लुकेर जाने रहेछ
भाग्छ कि जन्तु भनी चाल मार्दै झुकेर जाने रहेछ ।

सीमा कार्की समर्पण
मेलचोक पर्सा
नेपाल

पचाङ्ग १८

खेतबारी बाँझै गाउँ घर चुँ-दैछन्
युवा जति सबै परदेश हुँ-दैछन्
मालामाल देखिन्छ भ्रष्टाचारीहरू
धनीमानी खुसी छन् गरिब रुँ-दैछन्
ऋणको भार बोक्दै पुर्पुरो छुँ-दैछन् ।

सूर्य गिरी-पोखरा
पञ्चाङ्ग १९

दुखमा आफू रमाउन सिक्दैछु म
जाडोमा दही जमाउन सिक्दैछु म
कसैले पनि शान्ति ल्याएर दिंदैनन्
आपत्तिलाई भगाउन सिक्दैछु म
कुलत सबै हटाउन सिक्दैछु म ।

• देवी पन्थी

पञ्चाङ्ग २०

नमिलेको होइन मिलेकै थियो
सोझो बुझाएर निलेकै थियो
अवस्था धेरै निम्सरो भएपछि
सुखलाई धारले छिलेकै थियो
असहज ममाथि किलेकै थियो ।

अच्युत घिमिरे, सर्पाङ भुटान

पञ्चाङ्ग २१

श्रद्धा भक्तिले मन तरल बन्दछ
सुकर्मले जीवननै सफल बन्दछ
कर्मनै धर्म हो हामी सबैले मानौँ
मनमा प्रभुभए यो कोमल बन्दछ
आत्मज्ञान जीवनमा बल बन्दछ ।

कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी

पञ्चाङ्ग २२

बिनालक्ष्य कहाँ छोडूँ तीर जिन्दगीको
मेटाएर मेटिन्न झन् पिर जिन्दगीको
समस्याका लातहरू करोडौँ छन् यहाँ
घुमाई घुमाई हान्छन् गिर जिन्दगीको
कैल्यै ठाडो भएन यो शिर जिन्दगीको ।

श्रीकृष्ण शर्मा

पञ्चाङ्ग २३

चेरी फुल्यो वसन्तमा
मन भूल्यो वसन्तमा
शुभ रहोस् नयाँ वर्ष
घुम्यो डुल्यो वसन्तमा
धर्ती खुल्यो वसन्तमा ॥

आउनुहोस् यहाँको ठाउँ खाली छ
आजको जमानाको मान्छे जाली छ
रगत उम्लिने भाषण गर्दिनु
कुरो नबुझेनी आउने ताली छ
बगैँचाको अर्कातिर त माली छ !!

– नेतालाई जनताको भरपुर गाली छ
सत्तामा पुगेर नेताको हालिमुहालि छ
उर्बरा जमिन सबै घडेरीमा बद्लिए
न त जोत्ने मान्छे छ न त उन्नत बाली छ
परिश्रमीका हातमा एउटा कोदाली छ ॥

कोदाली बोकेर के गर्नु खेतबारीमा टाली छ
गाँस बास कपास छैन यौटा चुहुन्ते पाली छ
हजुर गरिब हुनु पनि अचम्म रहेछ है
नजिकै दुनियाँका चर्पीगन्ध बोकेको नाली छ
मुखमा माड छैन न बुढीका ओठमा लाली छ ॥

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग २४

खुसीको दिनआउँछ किभनि पर्खि बसेको छु
आफ्नो कर्तव्य पूरा गर्न म प्रदेश पसेको छु
अब त म गाउँ फर्किन पनि धेरै गाह्रो भयो
किनकि आजम मित्रताको जालमा फसेको छु
उँस्को कारण आफ्नैको मुटुमा छुरा धसेको छु ।

सुष्मा मगर रोल्पा

पञ्चाङ्ग २५

माया मिठो पाउने जात राम्रो
सधै हाम्रो चल्ने बात राम्रो
जुन सधै त चम्किने गर्दा
सधै बितेको त्यो नी रात राम्रो
मिलिजुली खेलेको हात राम्रो ।

श्रीकृष्ण धामी – बझाङ
Sent
Write to


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...