Monday 30th June 2025

गोबिन्द राज ओझा (राजन)को गीति कविताः बतास आइ सक्यो मनमा…


बतास आइ सक्यो मनमा कुन्नि के भयो
संसार कै राम्री हजुरको सम्झना आयो
भेट हुन्छ हाम्रो आशा मनमा छ
यी पहाड,खोला, झरनाको सुन्दरताले मन छुन्छ

यो मेरो जिन्दगी केवल उनको लागि हो
मेरो मन भित्र छाएको खुसी उनकै देन हो
हेर्दा लाग्छ स्वर्ग कि अप्सरा हौ कि
यो मन , यो दिलमा खोजी बसौँ कि
यो मन किन चञ्चल छ
उनिलाई भेट्न मन छ
बतास आइ सक्यो मनमा कुन्नि के भयो
संसार कै राम्री हजुरको सम्झना आयो ।।

-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

पुर्वरास्ट्रपति बिद्या भण्डारी पुन नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने भएपछि रास्ट्र प्रमुखको हैसियतले पाउने सेवा सुबिधा फिर्ता गर्ने हुनुभएको छ।…

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार भने कि १२ दिने युद्धमा इरानमाथिको उनको देशको "विजय" ले गाजामा बन्धकहरूलाई मुक्त गर्ने लगायत…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार भनेका छन् कि उनी "उत्तर कोरियासँगको द्वन्द्व समाधान गर्नेछन्।" विश्वव्यापी द्वन्द्व समाधान गर्ने आफ्नो प्रयासलाई…

प्रतिकृयाहरू
...