Tuesday 30th April 2024

साप्ताहिक पञ्चाङ्ग, भाग: एकानब्बे (९१)


“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकानब्बेऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:

अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-९१

विधा :- पञ्चाङ्ग

अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला

……………………………………….

प्रशिक्षक:-

……………

सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल

………………………

भाषा शुद्धीकरण:-

———–

पुष्पा सुवेदी नेपाल
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई

सङ्कलक :-

———-

दुर्गा रिजाल आचार्य

प्रवर्तक तथा संयोजक

=============

सोमनाथ लुइटेल “रवि पाल्पाली”

———————-

अक्षर सङ्ख्या:- [बराबरी]

अनुप्रास :- आफुखुसी

स्थायी :- अनिवार्य

पञ्चाङ्ग ०१

०१)

चैते दशैं आयो घरघरमा
तातो हावा छायो घरघरमा
शुभकामना दिन्छु सबैलाई
कतिले के खायो घरघरमा
कसले के पायो घरघरमा।

०२)
दुख र कष्टबाट टाढा भागेकाे छैन
अनावश्यक त्याे रहर जागेकाे छैन
माया त माया हाे लिन्छ र दिन्छ मनले
कसैकाे पनि पछि पछि लागेकाे छैन
कसैसँग खुशीकाे भिख मागेकाे छैन।

✍️सुशीला पौडेल

पञ्चाङ्ग ०२
०१)
श्रीरामका शत्रुलाई भगाए हनुमानले
रण जितिन्छ भनेर जगाए हनुमानले
सीता मातालाई पत्तो पाउन गाह्रो भएन
सेतु बनाउन सेना लगाए हनुमानले
संजीवनी बुटीलाई मगाए हनुमानले ।
०२)
नव वर्षमा रुन नपरोस् कसैलाई
अप्ठ्यारोमा हुन नपरोस् कसैलाई
शुभकामना सबैमा एकासी सालको
खसेको आँसु धुन नपरोस् कसैलाई
दु:खको पल छुन नपरोस् कसैलाई ।
०३)
तिम्रो याद आउँछ माया बढेर होला
हृदयले नै तिम्रो नाम पढेर होला
टाढा भएपनि सम्झना दिल भित्र छ
मनले मायाको नै घोडा चढेर होला
कसैको बोली दुख्छ भाला गढेर होला।

✍️सन्ध्या गौतम, काठमाडौं ।

पञ्चाङ्ग ०३
०१)
हामी बीचको सम्बन्धहरू तोडेको मैले हो
बाटो अन्तै जाने भएकोले मोडेको मैले हो
तिमी बिनाको एक्लोपन खाइरहन्छ सधैँ
मायालुको फूलबारीलाई गोडेको मैले हो
सुमधुर नाता गाँसु भन्दै जोडेको मैले हो ।
०२)
धिक्कार वा हकार तिम्रो नै माया हो म
जता जान्छौ उतै आउँने त्यो छाँया हो म
मलाई लाग्छ माया तिमीलाई गर्दिनौ
साथ छोड्दिन कहिले तिम्रो दायाँ हो म
जीवन भरिको लागि तिम्रो कायाँ हो म ।

✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” बर्दिया ।

पञ्चाङ्ग ०४

भन्नलाई सजिलोछ तर गर्न गार्हो हुन्छ
सुखा याममा बोट बिरुवा सर्न गार्हो हुन्छ
हावा पानीको अनुकूल नमिल्दा खेरी पनि
पाकेकै फल पनि यहाँ त झर्न गार्हो हुन्छ
त्यसैले कसैको पनि भर पर्न गार्हो हुन्छ।

✍️सरस्वती श्रेष्ठ, इटहरी ।

पञ्चाङ्ग ०५

दुःखै दुःखको रहेछ घेरो जिन्दगी
आँसु आँसुमा डुबेको मेरो जिन्दगी
मलाई नि रमाउँदै हिँड्न मन थ्यो
भयो पीडा नै पीडाकै फेरो जिन्दगी
चल्दै छ यै कष्टको मेहेरो जिन्दगी ।

✍️श्रीकृष्ण शर्मा, पोखरा–५, मालेपाटन ।

पञ्चाङ्ग ०६

दुखै दु:खमा परेको जिन्दगी भयो
मर्दै बाँच्तै नै गरेको जिन्दगी भयो
जीवनमा पीडा सहन पर्दोरछ
सोच्नै नसक्ने मरेको जिन्दगी भयो
काल आएर टरेको जिन्दगी भयो।

✍️ बेदु न्यौपाने🇳🇵 काठमाडौं ।

पञ्चाङ्ग ०७

सर्वश्रेष्ठ प्राणी मान्छे भित्र ईष्र्या चाहि किन पलाएकोहोला
ईष्र्या त छदै थियो त्यसैमा घृणा पनि किन फलाएको होला
अरुको भलो चिताउँदा पो आफ्नो मन शुद्ध हुन्थ्यो शान्ति मिल्थ्यो
देखेर उन्नति अरुको आफ्नो दिल पो किन जलाएको होला
जलाइ दिल यो ज्यानलाई पनि व्यर्थै किन गलाएको होला।

✍️पशपती राई, खोटाङ ।

पञ्चाङ्ग ०८

मलाई दिन मन भए फूल दिनु होला
माया गर्दै फूलको एक तुल दिनु होला
फूल दिएर मात्र मित्रता बढ्ने होइन
पिउनलाई पानीको त्यो मुल दिनु होला
हातमा फूल लिएकाको हुल दिनु होला ।

✍️राधे श्याम नगरकोटी, भक्तपुर।

पञ्चाङ्ग ०९
०१)
बोल्न धेरै सजिलो छ गर्न गाह्रो
भन्छन् सबै ज्यान दिन्छु मर्न गाह्रो
गर्छन् मान्छे कामभन्दा कुरा धेरै
मुख मात्र ठिक्क लागी पर्न गाह्रो
यसैले त देश अघि सर्न गाह्रो ।
०२)
छिमेकीले साँध मिच्छ लर्न गाह्रो
तेश्रो देशतिर जाऊँ तर्न गाह्रो
बाटोघाटो रेल भन्छन् झेल मात्र
साँझ बिहानको छाक टर्न गाह्रो
बोल्दा मात्र खाने अन्न झर्न गाह्रो ।
०३)
भोक लाग्छ खाली पेट भर्न गाह्रो
रातदिन मागी मागी चर्न गाह्रो
रोजगारी छैन केही देशभित्र
सीप हुने शिक्षा नीति धर्न गाह्रो
सत्य शान्त राष्ट्रनीति दर्न गाह्रो ।

✍️गुणनिधि घिमिरे, अमेरिका ।

पञ्चाङ्ग १०

अंगालो हालि हिँडेकाले नै चोट दिएको खबर आउला
चट्टान हो भनेको छाती पनि चिरिएको खबर आउला
अरे केवल समयको इन्तजार गरेर बस्नुस् हजुर
कहिल्यै पिउँदिन भन्नेको पनि पिएको खबर आउला
त्यसैको सहारामा उस्ले जखम सिएको खबर आउला।

✍️चिरञ्जीवी ढकाल,नेपालगन्ज
राँझा एयरपोर्ट बाँके ।

पञ्चाङ्ग ११

नव वर्षमा सबैमा खुशी छाए हुन्थ्याे
सबैले थैलाेमा भर्न धन पाए हुन्थ्याे
भनेकाे जस्ताे हुँदैन पात्राे हाे फेरिने
नयाँ वर्षमा गाडीकाे लागि धाए हुन्थ्याे
यही कुरालाई सबै ठाउँ गाए हुन्थ्याे।

✍️नवराज भट्ट, कञ्चनपुर ।

पञ्चाङ्ग १२

बाहिर भित्र सधैँ गर्थ्यौँ लाल्टीन बालेर
अँध्यारोमा प्रकाश छर्थ्यौँ लाल्टीन बालेर
अहिले पो बिजुली बत्ती घर् घरमा आयो
उहिले उहिले रात हर्थ्यौँ लाल्टीन बालेर
सधैँ भरि दङ्गदास् पर्थ्यौँ लाल्टीन बालेर।

✍️मल्ल लक्ष्मी श्रेष्ट, झापा
राम नवमी तथा बैशाखे दशैँको शुभकामना!

पञ्चाङ्ग १३

चैते दसैँले पखाला चल्यो कि त
घरघरमा अगुवा ढल्यो कि त
हावा हुरीसँगै जीवन उडेर
सृष्टिको चक्र गल्नु गल्यो कि त
कहरले आँत अति जल्यो कि त ।

✍️प्रभा पोखरेल , अमेरिका ।

पञ्चाङ्ग १४

भूमि भार हर्न भनी आएका हुन् राम
यहाँ केही गर्न भनी आएका हुन् राम
आदर्शकाे मार्ग यहाँ देखाएर गए
सत्य ज्ञान छर्न भनी आएका हुन् राम
हाम्राे दायाँ पर्न भनी आएका हुन् राम ।

✍️चन्द्रावती अधिकारी, कोहलपुर ।

पञ्चाङ्ग १५

तिम्रो त्यो अँगालोमा आफुलाई बेर्ने मन छ
तिम्रो नाम मेरो यो मुटु भित्र केर्ने मन छ
सास बनी समाहित हुनु ल बाबा मै भित्र
दुई ज्यान एकै देह भै सास फेर्ने मन छ
सास हुँदासम्म तिम्रो मुहार हेर्ने मन छ ।

✍️सीमा कार्की समर्पण , काठमाडौं ।


सम्बन्धित शीर्षकहरु

उत्तरी पेरुको पहाडी सडकबाट एउटा बस खाल्डोमा खस्दा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय…

७ बुँदे घोषणापत्र जारीगर्दै अन्तराष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन युरोपको माल्टामा सम्पन्न भएको छ । अप्रिल २७ देखि सुरुभएको…

एजेन्सी- ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा दोस्रो युद्धविराम हुनसक्ने सम्भावना देखिएको छ। हमास नेता याह्या सिनवारका अनुसार…

प्रतिकृयाहरू
...