Monday 29th April 2024

चित्रमा पञ्चाङ्ग, भाग – १०५


चित्रमा पञ्चाङ्ग
===========
भाग: १०५
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/१२/१४
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.

===========
पञ्चाङ्ग १

हिंसाले जीवन चल्दैन चाहिने रहेछ माया
घाँस खाने र मासु खाने बीचमा भएछ माया
ज्ञानको विकासले त होला यो सद्भाव पनि
यो हिंस्रकले कसरी आफ्नो मन सहेछ माया
यो बालक पनि आमा खोज्दै त्यहाँ गएछ माया ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञचाङ्ग २

निरही जीव कहिल्यै ममतामा गम्न सक्दैन
घाँस खाने संग मासु खाने कुनै रम्न सक्दैन
निर्धो त बलवानको अधिनमा परेकै हुन्छ
अशक्त जीव त्यो हिँसाको मारमा जम्न सक्दैन
साँचो सत्य लुक्दैन असत्यमा त्यो डग्न सक्दैन ।
टिकाराम पुन पुकार
छत्रेश्वरी गाउँपालिका २
सल्यान

पञ्चाङ्ग ३

सद्भावले बाटो खन्छ माया दिन सके
सधैं सम्झना रहन्छ माया दिन सके
मायामा असम्भव भन्ने केही हुँदैन
नसोचेको काम बन्छ, माया दिन सके
शत्रुले नी मित्र भन्छ, माया दिन सके ।

सूर्य गिरी पोखरा

पञ्चाङ्ग ४

संसारमा शान्तिको खोजी गर्दागर्दै थाकि सके मानिस
तेत्तीस कोटी नै देवी देवता पनि भाकि सके मानिस
मनको ईर्ष्या र जलनले प्रेमलाई दिएन उम्रनै
उल्टै घृणा रोपेर दानवता तिर जाकि सके मानिस
भाइभाइ बीचमै वैमनस्यताले ढाकि सके मानिस ।

-पशपती राई खोटाङ ।

पन्चाङ्ग ५

ठुलाले सानालाई छोड्दैन पटाउँछ
आखिर जाली छ यो जोड्दैन पटाउँछ
मायाँको नाटक जस्तो गर्छ हिंश्रक हो
क्षणमै मृत्यु दण्ड मोड्दैन पटाउँछ
रत्तिभर् छैन माया तोड्दैन पटाउँछ !

कमला देवकोटा, पाल्पा

पञ्चाङ्ग ६

हिंसकको मनमा पनि दया जागेको छ
हरिणको बच्चा पनि त आफ्नो लागेको छ
चितुवाको सिकार जनावर भएपनि
अझ बच्चाले ऊसँग सहारा मागेको छ
चितुवाले यहाँ हिंसाको बाटो त्यागेको छ ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग ७

हरेक दया बाँढेर माया मनमा सर्न छ
परामर्शको मार्गमा उही सुवास छर्न छ
हृदयको फराकिलो फाँटमा,नयाँ आँटमा
दीप बाल्दै दुनियाँ सामू उजागर गर्न छ
एक र अर्काको प्यारपूर्वक भर पर्न छ ।

प्रेम थापा”मन”बागलुङ

पञ्चाङ्ग ८

मौका मिले चितुवाले छोड्दैन शिकार
आप्नो हात परिसक्यो मोड्दैन शिकार
बिरालाले मुसालाई खेलाए जसरी
नथकाई हतारमा तोड्दैन शिकार
यौटा भएसम्म अर्को जोड्दैन शिकार ।।

घनश्याम पौडेल, पोखरा

पञ्चाङ्ग ९

प्रेममा मात्र सुखले बाँच्न सकिन्छ हेर
स्वतन्त्र हुँदा सहजै नाच्न सकिन्छ हेर
आपसी माया र सद्भाव भए पछि मात्रै
कला भए शत्रुसँगै हाँस्न सकिन्छ हेर
बुद्धले नै आफ्नो ज्यान साँच्न सकिन्छ हेर ।

दुर्गा भट्टराई

पञ्चाङ्ग १०

मुखमा मुख राखेर बाँच्न दिनु
मिलेर सधै काधमा नाच्न दिनु
डरले पर भाग्ने ती जन्तु पनि
खुसीका साथ सबैले हाँस्न दिनु
मायामा सधै अमृत साँच्न दिनु ।

श्रीकृष्ण धामी – बझाङ
पञ्चाङ्ग ११

सत्यको मार्ग थुन्न रहेछ
माकुरा जाल बुन्न रहेछ
चारैतिर छन् यी बैरीहरू
पराइ मन छुन्न रहेछ
सत्रुको दया हुन्न रहेछ ।

– आर्त अकुलीन

पञ्चाङ्ग १२

बाघको पञ्जामा परिसक्यो अब सिकार
उस्को नजरमा झरिसक्यो अब सिकार
कतै नी उम्किन सक्ने छाँट छैन उसको
खेलाई खेलाई हरिसक्यो अब सिकार
दाँत गाडेर नै दरिसक्यो अब सिकार ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग १३

प्रेममै बाँच्न रहर छ
स-सँगै नाच्न रहर छ
बैरी दुष्ट छन् चारैतिर
कम्मर भाँच्न रहर छ
खजाना साँच्न रहर छ ।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग १४

सिकार र सिकारीको माया अनौठो
सुरु अन्तयको यहाँ छाया अनौठो
स्नेहमा चलेको गज्जब छ दुनियाँ
आत्मा त सबैको एक काया अनौठो
संरक्षक जो भयनि जाया अनौठो ।

संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ

पञ्चाङ्ग १५

ओहो फन्दामा कसरी पर्यो हेर
बनमा चर्दै ओराली झर्यो हेर
ठूलाले सानालाई हेर्ने त्यो दृष्टि
सिध्याउने त्यो प्रयत्न गर्यो हेर
कुदृष्टिले उसैतिर सर्यो हेर ।

शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चाङ्ग १६

बलियोको जिन्दगी तरमा बाँच्छ
कमजोरको प्राण डरमा बाँच्छ
कसैलाई शान्ति छैन यो जगमा
पशु मात्र अर्काको भरमा बाँच्छ
मान्छे भने ढुंगाको घरमा बाँच्छ ।

• देवी पन्थी

पञ्चाङ्ग १७

निरीह जीवहरू सधैभरी हिँस्रकको पासमा हुन्छ
सामन्तिको दबाबले जनता झुपडीको बासमा हुन्छ
बलवानले निर्धालाई आफ्नो अधिनमा राखेर सधैँ
विलासी जीवन बिताउन खोजे एकदिन नास हुन्छ
आखिर निर्धा र बलियो बिचको युद्धनै तमास हुन्छ ।

राज कुमार राजभण्डारी खोटाङ्गे
मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।

पञ्चाङ्ग १८

फल फलेकोरूख भएमा आस हुन्छ
घाम र पानी छेक्ने छानोमा बास हुन्छ
समयलाई बित्थै नष्ट नगर प्रिया
जिउँदो मानिसमा मात्र त सास हुन्छ
आत्माको मिलनमा एक तमास हुन्छ ।

प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे । ।

पञ्चाङ्ग १९
प्रेम गरेर बांच र बांच्न देऊ
प्रकृति सबैको हुंदा नाच्न देऊ
आर्कोलाई मार्नु हुंदैन एकले
धर्ति अंबर सबैको हांस्न देऊ
हिया प्रेमको प्रतिक सांच्न देऊ ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग २०

हिंस्रक जनावरमा पनि दया पलाउँदो रहेछ
हेरेर भोको पेटलाई मायाले चलाउँदो रहेछ
अबोध बालकलाई के नै थाह हुन्छ र भगवान
शिकारीले शिकारलाई खेलाई गलाउँदो रहेछ
यसैगरी सारा जिन्दगी सुटुक्क ढलाउँदो रहेछ ।

पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे

पञ्चाङ्ग २१

निरीह जीव हिँसाका परेझैँ मुखमा यता
सामन्त सामुमा उस्तै जनता दु:खमा यता
बलिया मुनि यी निर्धा स्रष्टा जन्माउँछस् किन
बलशाली सधैँ खेल्ने विलासी सुखमा यता
बान्ता यी बलिया गर्ने दुब्ला छन् भुखमा यता !!

कलानिधि दाहाल


सम्बन्धित शीर्षकहरु

बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी…

उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा…

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

प्रतिकृयाहरू
...