Friday 11th July 2025

भियतनाममा बैंक ठगी मुद्दामा महिलालाइ मृत्यदण्डको फैसला


भियतनामको अदालतले बैंक ठगी मुद्दामा एक ६७ वर्षीया महिलालाइ मृत्यदण्डको फैसला सुनाएको छ । ट्रुङ मी लान नाम गरेकी ति महिलाले अर्बाैं ठगी गरेको मुद्दामा सो फैसला सुनाइएको हो । भियतनाममा बैंकिङ कसुरमा महिलालाइ मृत्युदण्डको सजायँ सुनाइएको यो पहिलो पटक हो ।

ट्रूङ मी लानले साइगन कमर्शल ब्याङ्क (एससीबी) बाट ४४ अर्ब डलर ऋण लिएको दाबी गरिएको थियो। उनले आफूमाथि लागेका आरोप अस्वीकार गरेकी थिइन्।

घर जग्गा कारोबारी रहेकी चर्चित महिला व्यापारी लानलाइ अदालतले २७ अर्ब डलर फिर्ता गर्न आदेश दिएको छ । ८५ जनालाइ प्रतिवादी बनाइएको र १४ जनालाइ मृत्युदण्डको दावी गरिएको उकत अभियोजनमा २,७०० जनासँग बयान लिइएको बताइएको छ। यो मुद्दामा १० सरकारी अभियोजक र झन्डै २०० वकिल संलग्न थिए।

-बीबीसी नेपालीबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकाले इजरायलमा फराकिलो सैन्य निर्माण पहलको निरीक्षण गरिरहेको छ, जसको मूल्य १.५ अर्ब डलरभन्दा बढी छ र यो परियोजना पूर्ण…

कुवेत, अगस्ट १५ – विश्वभरि आदिवासी समुदायहरूको पहिचान, अधिकार र संस्कृतिको संरक्षण र प्रवर्द्धनको उद्देश्यले मनाइने ३१ औं विश्व आदिवासी…

तितोपाटी-अखिल नेपाल फुटबल संघ (एन्फा) र महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डबीच बिबाद झन् बढेको छ । एन्फाले…

प्रतिकृयाहरू
...