Sunday 5th May 2024

साप्ताहिक पञ्चाङ्ग चित्रपट, भाग :- बहत्तर (७३)


“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- बहतरौऔंमा हामी पुगेका छौं।

लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१

मिति:- २०८०/१२/ १५ गते ।
प्रशिक्षक :

————

सोमनाथ लुइटेल “रवि पाल्पालि

गुणनिधि घिमिरे

सुशीला पाैडेल

चित्र संकलन

—————–

सुशीला पाैडेल

संकलन

सुशीला पौडेल

दुर्गा रिजाल आचार्य

शुद्धीकरण

————–

भवानी घिमिरे

जमुना आचार्य

पशपती राई

पुष्पा नेपाल (सुवेदी )

संरचना

———

अनुप्रास :- आफू खुसी

स्थायी :- आफू खुसी

अक्षर :- बराबरी

प्रवर्तक तथा समायोजक

—————–

सोमनाथ लुइटेल “रवि पाल्पाली”

तथा

पञ्चाङ्ग साहित्य समाज नेपाल

————————

चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]

~~~~~~~~~~~~~~~~~~~

पञ्चाङ्ग चित्रमा:०१

जीवनको सुरुवात फुलबाट हुनुपर्छ
काँडा भए फूलमा सदैव रुनुपर्छ
सुखदुःख फूल जस्तै सधैँ भए राम्रो
राम्रो फूल एकपटक त छुनुपर्छ
रुमालमा दाग लागे फूललाई धुनुपर्छ ।

✍️सन्ध्या गौतम , काठमाडौं ।

पञ्चाङ्ग:०२

सधैँ दु:खले रागे पनि फूल बनोस् जिन्दगी
मबाट टाढा भागे पनि फूल बनोस् जिन्दगी
गमलामा राख वा भूइँमा गाड म तिम्रै हो
दिलमा चोट लागे पनि फूल बनोस् जिन्दगी
तिम्रै यादमा जागे पनि फूल बनोस् जिन्दगी।

✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” काठमाडौं ।

पञ्चाङ्ग:०३

०१)

तिखो काँडोकाे बीचमा फुल्नु पर्ने
लटरम्म फल्दै फलले झुल्नु पर्ने
प्रकृतिको नियम त्यो सम्हालेर
सांसारिक याे मायामा भुल्नु पर्ने
देश काल अनुसार घुल्नु पर्ने ।

०२)

पैसा तिर्नु पर्दैन खुसी भइ रमाउन जति सकिन्छ
लाेभ नगरे इमानदारीता कमाउन जति सकिन्छ
सबैलाई थाहा छ लालिगुराँस फुल्छ अक्करे भिरमा
कसैले टिपी ल्याए तराईमा समाउन जति सकिन्छ
अडिग भइ लागेमा अस्तित्व जमाउन जति सकिन्छ ।

✍️भवानी घिमिरे, सर्लाही ।

पञ्चाङ्ग:०४

स्पर्शमा भुलेकाे जिन्दगी।
मनमा डुलेकाे जिन्दगी
कति सुन्दर पाे देखियाे,
हावामा झुलेकाे जिन्दगी।
काँडाका फुलेकाे जिन्दगी।

✍️सुशीला पौडेल ।

पञ्चाङ्ग:०५

काँडैं काँडाकाे बीचमा फुलेको फूल रहेछ
सुन्दर फूलको काडा एउटा हुल रहेछ
फूलको साथमा बसेका त्यो काँडाले घाेच्दा पाे
थाहा भाे अन्जान माया लाउनु भुल रहेछ
प्रेम गरेर बिचैमा ~~ छाेड्नु त गुल रहेछ।

✍️राज कुमार राजभण्डारी खाेटाङ्गे

मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

पञ्चाङ्ग:०६

काँडा बीच फुल्छु सधैंभरि
भँवरो भै डुल्छु सधैंभरि
पीर चिन्ता नलिएर व्यर्थै
सन्तान नै भुल्छु सधैंभरि
गमलामा खुल्छु सधैंभरि।

✍️भगवती दवाडी, झापा ।

पञ्चाङ्ग:०७

काँडाको बीचमा फुलेको जिन्दगी
बिहानी उषाझैँ खुलेको जिन्दगी
यथार्थमा नै जिन्दगी हो बुझेमा
खुसीको लयमा डुलेको जिन्दगी
बैँशालु फूलझैँ झुलेको जिन्दगी।

✍️प्रभा पोखरेल, अमेरिका ।

पञ्चाङ्ग:०८

मलाई दिन मन भए फूल दिनु होला
माया गर्दै फूलको एक तुल दिनु होला
फूल दिएर मात्र मित्रता बढ्ने होइन
पिउनलाई पानीको त्यो मुल दिनु होला
हातमा फूल लिएकाको हुल दिनु होला ।

✍️सागर नगरकोटी, भक्तपुर ।

पञ्चाङ्ग:०९

दु:खै दुखमा त फुलेको जिन्दगी
केही कुरामा पाे खुलेको जिन्दगी
जसरी पनि जिन्दगी जिउनु छ
आफ्नै नजरमा डुलेको जिन्दगी
विभिन्न फुल झै झुलेको जिन्दगी।

✍️सहयात्री शोभा अर्याल, रुपन्देही बुटवल ।

पञ्चाङ्ग:१०

हेर्दा मात्रै सुन्दर छ यो भुलको जिन्दगी
काँडैकाँडाको बीचमा यो फूलको जिन्दगी
हर घडी कालको मुखमा जिउनु पर्ने
जताततै जेलिएको यो झुलको जिन्दगी
जहिल्यै घोचिरहने यो शूलको जिन्दगी ।

✍️पशपती राई, खोटाङ ।

पञ्चाङ्ग:११

फूलको राजा लालीगुराँसमा मन हाम्रो हो
बनभरी नै फुलेको गुराँसे बन हाम्रो हो
आँखाले हेर्दाखेरि आँखै सितल हुन्छ यहाँ
स्रोत प्राकृतिक जतन फूलको धन हाम्रो हो
फूलैफूलबाट धागो बनाउने सन हाम्रो हो ।

✍️मिराज शर्मा ,पाल्पा ।

पञ्चाङ्ग१२

काँडाको बीचमा पनि फुल्ने कति सुन्दर
मन मस्तिष्कमा सधैँ डुल्ने कति सुन्दर
कसैको चिन्ता न छ पीर कसैको उस्लाई
घर करेसा बारीमा खुल्ने कति सुन्दर
दिक्कको बेलामा मनै भुल्ने कति सुन्दर।

✍️दुर्गा आचार्य, मोरङ ।

पञ्चाङ्ग:१३

काँडा बीच भएर रङ्गिन फूल फुल्दै छु
सबैको मन मुटुमा फूल हुँदै डुल्दै छु
मान्छेहरूमा म सुन्दर मात्र बन्नु रैछ
सबै प्राणी हरूको माया मोहमा भुल्दै छु
बगैँचामा सबै रमाइलो भई खुल्दै छु।

✍️ बेदु न्यौपाने 🌹🌹🇳🇵

पञ्चाङ्ग:१४

काडा बीचमा फुल्दैछु फूल बनेर
भमराहरू डुल्दैछन् हुल बनेर
फूल पनि फुलिराख्न छैन सजिलो
काँडा बीचमा फक्रिन्छु झुल बनेर
बिस्तारै ओईलाउछु धुल बनेर।

✍️शोभा आचार्य गौतम, काठमाडौँ ।

पञ्चाङ्ग:१५

काँडाको बीचमा रहेर फूल बन्न पाउ म
मगमग बास्ना आउने मुल बन्न पाउ म
लुछ्न खोज्लान् भमराहरू देखेर मेरो रुप
दृष्टले नभुल्ने तिनक‍ शूल बन्न पाउ म
हो आफ्नो रक्षा आफै गर्ने झुल बन्न पाउ म ।

✍️सीमा कार्की समर्पण, काठमाडौं ।

पञ्चाङ्ग:१६

हाँस्दै खेल्दै मुस्कुराँउदै बढ्दै झुलेको जिन्दगी
हरिया पातहरुमा रातो रङ्ग खुलेको जिन्दगी
एक अर्काको सहारा, संरक्षण गर्दै रमाउदै
फूलहरुले काँडा भनी भुसुक्कै भुलेको जिन्दगी
काँडै काँडाकाे बीचमा सुरक्षित फुलेकाे जिन्दगी।

✍️नानीबाबा अधिकारी, काठमाडौं ।

पञ्चाङ्ग:१७

गमलामा फूल कस्तो राम्रो
फूल रोप्ने कुल कस्तो राम्रो
गुण अवगुण त हुन्छ नै
पुतलीको हुल कस्तो राम्रो
काँडा बीच झुल कस्तो राम्रो।

✍️धनमाया चौधरी, कैलाली।

पञ्चाङ्ग:१८

घरआँगनीमा फूलहरु फुल्दा मनै रमाउँने
झपक्क फक्रि डालीहरुमा झुल्दा मनै रमाउने
काँडा बीच पनि फुल्नु पर्ने यसकाे नियम यस्तै
ढकमक्क फूलले बगैंचा खुल्दा मनै रमाउँने
मधु रस लिन ती माहुरी डुल्दा मनै रमाउने।

✍️उर्मिला के.शी. ,धनकुटा ।

पञ्चाङ्ग:१९

सुवासित सुन्दर राम्रा फूल हुने गर्दछन्
अन्जानमा हामीबाट भूल हुने गर्दछन्
फूल जस्तै सुवास छर्दै जीवन गुजारौँ
जलको स्रोतपनि त मूल हुने गर्दछन्
आस्था प्रतीक हाम्रा कूल हुने गर्दछन् ।

✍️कार्की डिबी माकुम

सुनवल-४, नवलपरासी ।

पञ्चाङ्ग:२०

काँडाको बीचमा फुल्न मन छ
सबैसँग सधैँ खुल्न मन छ
मरी लैजानु के नै छ हजुर
मायाको जालमा झुल्न मन छ
प्रेमील मार्गमा डुल्न मन छ ।

✍️ह्यारिस ।

पञ्चाङ्ग:२१

फूलले मात्र सौन्दर्य भर्छ सधैँ
काँडाले सुरक्षा पनि गर्छ सधैँ
काँडा दुख:भए पनि गुरु नै हाे
फूलले मात्र सुगन्ध छर्छ सधैँ
त्यसैले दुवै प्रिय हुनु पर्छ सधैँ ।

✍️मीना देबकाेटा, सर्लाही ।


सम्बन्धित शीर्षकहरु

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास…

जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा…

पुष्कर अथक रेग्मी - गण्डकी माहात्म्य अनुसार मुक्तिक्षेत्र, रूरूक्षेत्र, रामपुरक्षेत्र र देवघाट हरिहरक्षेत्र समेतको परिसरलाई गण्डकी क्षेत्र मानिएको छ ।…

प्रतिकृयाहरू
...