Saturday 27th April 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय बाइसौँ भाग (१२२)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/१२/०५
………………………………………….
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : खिर, चिर, झि, तिर, धिर, नीर पिर, भिर, शि, शरीर, जन्जिर आदी मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।
अक्षर संख्या :- ५ देखि २५ सम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

तिम्रो मेरो सम्बन्ध पनि कहिल्यै नजोडिने खोलाको तिर भयो
आधा जीवन यता आधा जीवन उता सधैँको लागि पिर भयो
परदेशको कमाइ स्वदेशमा रमाइ भन्थे सपना रहेछ
लट्टाईमा बाँधेको चङ्गाको उडाइमा धागोको झैँ जन्जिर भयो
भाग्यको लडाइँमा हारेको मन शिथिल गलेको शरीर भयो ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

आफ्नै मनको भिरमा नपर भो
अर्काको पनि शिरमा नपर भो
आफ्नै दिमागले अघि बढ बरु
उल्टो धारिलो झिरमा नपर भो
बुझ वाणको तिरमा नपर भो ।

प्रेम थापा “मन”बागलुङ्

पञ्चाङ्ग ३

मनमा गहिरो पीर छ
डाँडामा ठुलो त भिर छ
बुझ्न गाह्रो छ जीवनमा
मुटु भित्र त्यो तस्बिर छ
नझुक्ने यो मेरो शिर छ ।

श्रीकृष्ण धामी – बझाङ

पञ्चाङ्ग ४

बाँचुञ्जेल भोको पेट मरेपछि कता खिर बाबै
म ता पढे लेखेको मान्छे तिमी दाउरा चिर बाबै
जवानी ता मस्त बित्यो बुढेसकालमा गाह्रो हुने
छोरानातीलाई घर छाडी वृद्धाश्रमतिर बाबै
देख्नेलाई राम्रै होला आफूलाई चाहिँ पिर बाबै ।

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग ५
देखावटी भए धर्म पीरमा बाँच्नु पर्ने
रमाइलो गर्ने उनै शिरमा बाँच्नु पर्ने
नारी समाजमा जहिल्यै दुःखमा परेकी
अर्काको घर भित्र तक्दिरमा बाँच्नु पर्ने
दर्द सहेर अनेकौं भीरमा बाँच्नु पर्ने ।

भगवती दवाडी ,झापा

पञ्चाङ्ग ६

उकाली ओराली गर्दा पिर भयो
मन नभा सम्म बाटो भिर भयो
कहिलेकाही त आउँदा हुन्छ नि
निशाना ताकी हानेको तिर भयो
दुबै खुट्टामा नेल जन्जिर भयो ।

धनमाया चौधरी कैलाली
पञ्चाङ्ग ७

आज किन किन यो मनमा पिर भयो
हिन्दा हिन्दै एक्कासी खुट्टा स्थिर भयो
चल्न नजानेर होला कि सायद आज
आफ्नै जीवन नी आफैलाई भिर भयो
भित्र भित्रै पोल्ने तातो रातो झिर भयो ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ८

नेपालीले देख्दैन आँखा कहाँ छ सम्म- कहाँ भीर छ
उ त खास गरीब हो तर भन्दछ नेपाली वीर छ
जहाँ जहाँ युद्ध हुन्छ त्यहाँ त्यहाँ पुगेको छ नेपाली
रणमा उसको एकातिर धड अर्कोतिर शिर छ
बेखबर छ राज्य आमालाई मात्रै हो कति पीर छ ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग ९

हेर्दा हेर्दै यहाँ पापीको नजरले तीर लागेछ
लुटिन्छ जवानी स्त्रीको जस्तै खीर लागेछ
के गरुँ कहाँ जाऊँ अन्धो कानुन संसार यहाँ
पत्रिकामा पनि नाङ्गो मेरो तस्बिर लागेछ
हरेक नारीको पवित्रतामा जन्जिर लागेछ ।

पञ्चाङ्ग १०

वल्लो घाट न पल्लो तिर भयो जिन्दगी
समतल भत्केर भीर भयो जिन्दगी
मनका रहर मनमा अधुरै रहे
घरीघरी घोच्ने जन्जीर भयो जिन्दगी
बाँचुन्जेल भरी नै पीर भयो जिन्दगी ।

सूर्य गिरी
माछापुच्छ्रे ५कास्की (पोखरा)

पञ्चाङ्ग ११
एउटै यात्राको यात्री कोही पीरमा हिड्ने
कोहि भगवान भरोसा तक्दिरमा हिड्ने
म पनि त्यही गन्तव्यको हो एउटा यात्री
उतार चडाबको युद्ध नि धिरमा हिड्ने
सन्ताप लुकाएर नि ठाडो शिरमा हिड्ने ।

संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ

पञ्चाङ्ग १२

मलाई कसैले सुनाएपछि कुरा सुन्छु राम्रोसँग
अग्रज,समकालीन होस् या त भुरा सुन्छु राम्रोसँग
एकदम आफ्नो पनि पक्कै आउला केही सुनाउने पालो
साहित्य सहयात्री भएपछि पूरा सुन्छु राम्रोसँग
कहिलेकाहीँ जरुरी हुनाले सुरा सुन्छु राम्रोसँग।

#पृथक प्रकृति, झापा

पञ्चाङ्ग १३

बुझ्नै नसकिने भिरको कहानी
सम्झी आँसु झर्छ पिरको कहानी
आँखाबाट बग्यो जिन्दगानी सारा
कसैले बुझेनन् तिरको कहानी
पीडायुक्त भयो झिरको कहानी ।

– आर्त अकुलीन

पञ्चाङ्ग १४

अनमुक्ति हुन्छ निदारभरी अविर हुन्छ
नेता उसैको सहयोगमा नै हाजिर हुन्छ
आज कसरी जिउंने गरिब मानिस भनौं
निर्दोश उभिएको ठाउमा सधैं भिर हुन्छ
दुष्टले गर्छ शड्यन्त्र दोशी तक्दिर हुन्छ ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग १५

आज नबोल मलाई पीर परेकोछ
मुटुमा दुखिरहने छिर परेकोछ
मनमा तनाव भएको कसरी भनु
जानै नसकिने त्यहाँ तिर परेकोछ
अहिले दुबै हातमा खिर परेकोछ ।

सोमनाथ लुइटेल “रवि पाल्पाली”

पञ्चाङ्ग १६

उद्यमीको खाने थालमा खिर छ
अल्छीको प्रत्येक क्षणमा पिर छ
आरिस गरे प्रगति छेक्छ बाटो
कुमार्गमा हिँड्नेको बाटो भिर छ
हेक्का गर्नु सत् असत् छान्ने शिर छ ।।

प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।

पञ्चाङ्ग १७

प्रभु चरणमा राख्नुछ शिर हाम्रो
प्रभुले नै हर्नेछन् सबै पिर हाम्रो
प्रभु चरणमानै राख्नु हामीलाई
प्रभु किन हो नश्वर शरीर हाम्रो
प्रभु आत्मा मुक्त जन्जिर हाम्रो ।

कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी

पञ्चाङ्ग १८

कति बाँच्नु यो कलेजीमा भासेको तीर बोकेर
हरपल मुर्छापारी तड्पाउने पिर बोकेर
जीवनमा दुईचोटि मरण सबुद गरायो
आत्मा मरिसकेको आलसतालस शिर बोकेर
रातदिन व्याकुल बनाउने अधीर बोकेर ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग १९

तिमी छौ वल्नो घाट म पल्नो तिर कसरी लपेटिने छ
तिमीसम्म मैदान म आकाशे भिर कसरी भेटिने छ
मनको रहर सेलायो, भयौँ देखादेखको कहानी यो
भेटौँन भन्दानी काटिन्छ मेरो शिर कसरी रेटिने छ
हरपल किन दिन्छौ त्यसरी पिर कसरी सेटिने छ ।

टिकाराम पुन पुकार
छत्रेश्वरी गाउँपालिका २
सल्यान

पञ्चाङ्ग २०

आज खुवाएकाे मीठाे खीरकाे कुरै नगराैँ
कहिले यस्तै हुन्छ त पीरकाे कुरै नगराैँ
जीवनमा दु:ख सुख भन्ने परि नै रहन्छ
खाेली थियाे नजिकमा तिरकाे कुरै नगराैँ
अनेक गरि बचाएँ भीरकाे कुरै नगराैँ ।

सुरेश चन्द्र घिमिरे
कपन


सम्बन्धित शीर्षकहरु

कुबेत-“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने सुन्दर नारालाई आत्मसात गर्दै,रोजगारीको शिलशिलामा प्रबासी भूमी कुवेतमा रहेर पनि आफु…

इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको मतदान शुरु भएको छ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि मतदान शुरु…

तान्जानियामा सातादेखिको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी १५५ जनाको मृत्यु भएको छ । तान्जनियाको सरकारका अनुसार सो…

प्रतिकृयाहरू
...