Saturday 27th April 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय एक्काइसौँ भाग (१२१)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/११/२८
………………………………………….
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : झारेकी, टारेकी, तारेकी, दारेकी, नारेकी, पारेकी, मारेकी, सारेकी,हारेकी आदी मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।
अक्षर संख्या :- ५ देखि २५ सम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
आज प्रजातन्त्र दिवसको अवसरमा पञ्चाङ्ग राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

दुःखमा मात्र हैन सुखमा पनि छ आँसु झारेकी नारीले
फूलै फूल हैन फूल फुलाउन काँडा छ सारेकी नारीले
धर्ती हुन कठिन छ, धर्तीको अनुभूति गर्न अझ गाह्रो
नकहेर दुःख पीडा फिस्स हाँसो हाँसेर टारेकी नारीले
सबैका सन्तुष्टिका लागि जीतमा पनि छ हारेकी नारीले ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग

आफू परेपछि मलाई पारेकी हुन्
हल गोरु झैँ सँगसँगै नारेकी हुन्
रमाउनु पर्ने थियो, दु:खको बेला
सहन नसकेर आँसु झारेकी हुन्
मलाई जिताउन अाफू हारेकी हुन् ।

सूर्य गिरी
माछापुच्छ्रे -५कास्की (पोखरा)

पञ्चाङ्ग ३

सुरा पिएर नयनमा नारेकी थियौ
मधहोस हुँदा सिमाना तारेकी थियौ
भनेर को हाम फाल्छ, प्रेम सागरमा
डुबेर प्रेममा अंगालो मारेकी थियौ
इमानी बनि प्रेम बोट सारेकी थियौ ।

टिकाराम पुन पुकार
छत्रेश्वरी गाउँपालिका २
सल्यान

पञ्चाङ्ग ४

दुःख जती मेरै भागमा पारेकी थिएँ
अभाव लाई नी सुटुक्क टारेकी थिएँ
के कुरामा तिम्रो मन दुख्यो मेरो राजा
च्यात्तीएको भित्तो पातिले बारेकी थिएँ
चाहना लाई मनमा नै मारेकी थिएँ ।

सरिता सेढाई धादिङ

पञ्चाङ्ग ५

तिम्रो होस्टलमा झुन्डिएर मर्न आउँदै छु
महंगो भएपनि पुरै फी भर्न आउँदै छु
छात्रबासमा वार्डनहरू के कस्ता छन् कुन्नि
कुनियत हुनेको जागीर हर्न आउँदै छु
आजैदेखि होस्टलमा छड्के गर्न आउँदैछु ।

• देवी पन्थी

पञ्चाङ्ग ६

बीच बाटोमा एक्लो पारेकी हौ र
जीत्नै लागेर पनि हारेकी हौ र
कुरा बुझ्न सकिन मैले प्रियसी
मलाई देखि आँसु झारेकी हौ र
के मनैदेखि आस मारेकी हौ र ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङ्कृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग ७

यो मनलाई अन्तै सारेकी छैन मैले
भबरा जसरी नी चारेकि छैन मैले
प्रेमको सिचाई गर्छु बगरमा सधैँ
बिफल हुँदा नीर झारेकी छैन मैले
गर्छु कोसिस आस मारेकी छैन मैले। ।

सिमा कार्की समर्पण , काठमाडौँ ।

पञ्चाङ्ग ८

दैनिक भान्सा घरको धन्दा नारेकी मैले छु
करेसा बारी काटेर बाँस बारेकी मैले छु
चौबीस घन्टा फुर्सद छैन कामको बोझले
घुमेर आँउ साथीले भन्दा टारेकी मैले छु
झर्किदै साहु असुल्दा ऋण सारेकी मैले छु ।

तारा घिमिरे स्वेच्छा सङ्खुवासभा

पञ्चाङ्ग ९

आफ्नो सपना साकार नहुदै मारेकी रहेछौँ
पाइला नभएर आफ्नो घर सारेकी रहेछौँ
कसलाई दिउँ यो दोष, चलन चल्ती छ यस्तै
कर्तव्य निभाउन जून तारा झारेकी रहेछौँ
त्यसैले यो समाजलाई छक्क पारेकी रहेछौँ ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग १०

आउँछ घर भनेर हो कि टारेकी रहिछौ
साँच्चै भनेर भ्रमको खेती पारेकी रहिछौ
कुकुर देखि होसियार भै के लेख्नु पर्थ्यो र
इमान आफ्नो जमानी राखि सारेकी रहिछौ
संसारदेखि विरक्त किन हारेकी रहिछौ ।

सुरेश चन्द्र घिमिरे

पञ्चाङ्ग ११

आफ्ना दु:खलाई टारेकी छौ कसरी तिमी
दु:ख कामलाई सारेकी छौ कसरी तिमी
हृदय मारेर कर्मलाई धर्म मानेउ
जित हुँदै हुँदै हारेकी छौ कसरी तिमी
थाहा नदिएर नि झारेकी छौ कसरी तिमी ।

सोमनाथ लुइटेल “रवि पाल्पाली” बर्दिया ।

पञ्चाङ्ग १२

आकाशको फल झारेकी थियौ
आफै दोधारमा पारेकी थियौ
दिलको गमला प्रेमको फूल
तातो बगरमा सारेकी थियौ
पिरतीको बोट मारेकी थियौ ।

– आर्त अकुलीन

पञ्चाङ्ग १३

आफु सधैं अनिदो बसेर हजार सपनाहरु तारेकी छिन्
उसको सपना साकार होस् भनेर आफ्नो सपना मारेकी छिन्
धर्ती बनेर सहिरहिन् व्यथा आफ्नो कसैलाई कहिनन् नारीले
पिडाहरु कति दबाएर आँशु पनि आँखाभित्रै खारेकी छिन्
उसले सधैं जितोस् भनेर आफुले केयौ पटक हारेकी छिन् ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग १४

परी आउने समस्या त टारेकी छु मैले
दु:ख अघी सुखपछि पारेकि छु मैले
सोध्नु हुन्छ हजुर के छ भनी मलाई
के भनु दिनरात आँसु झारेकी छु मैले,
दु:खको कारण खुसिहरू मारेकी छु मैले ।

अनिता भण्डारी ताप्लेजुङ
पञ्चाङ्ग १५
विना अर्थमा कुरा नगर
मुटुमा सधैँ सुरा नगर
आउने जाने नि बाटो छेकी
बेमानी इच्छा पूरा नगर
झुक्किन्छ धेरै बुरा नगर ।

अम्बिका अधिकारी
झापा बिर्तामोड ऽ

पञ्चाङ्ग १६

पटक पटक आफैँसँग हारेकी छे नारी
आफ्नै भाग्यलाई दोष दिँदै टारेकी छे नारी
स्वतन्त्र उड्नु पर्ने सुनको पिँजडा के गर्नु
हाँसो देखाइ एकान्तमा आँसु झारेकी छे नारी
अतृप्त तनको प्यास मन मारेकी छे नारी ।

संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ

पञ्चाङ्ग १७

पाकेको फल झारेकी छु
टोकरी भरी पारेकी छु
खाने कसैको पर्खाइमा
मुटुमा डेरा सारेकी छु
खिल बनेर मारेकी छु ।।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग १८

दु:ख पाउन जन्मेकै हो,आँखा तारेकी होउ र
भोग्नुछ पीडा अझ,अन्त कतै सारेकी होउ र
आउँछन् हजार वाध्यता,जुटाउनु है सभ्यता
झुक्याउन खोज्छन् कसैले,कर पारेकी होउ र
बचाउनुछ सबैलाई , नुन झारेकी होउ र ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग १९
आजभोलि खानेकुरा नी बारेकीछु मैले
चिल्लो चाप्लो त झनै पर सारेकीछु मैले
के गर्नु जति वृद्ध भो उति साह्रो जिउन
त्यसैले अलिनो खानाले टारेकीछु मैले
सबैलाई आफै समान पारेकीछु मैले ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग २०

व्रत भनि माछामासु बारेकी रहिछौ
ढकिया भरि फुलौरा तारेकी रहिछौ
तिमीलाई देख्दा खाने भोक नै हरायो
गर्मी चढ्यो भनि मही पारेकी रहिछौ
त्यसैमा मुटुको माया सारेकी रहिछौ

आफु अबला भनि ठानेर हारेकी रहिछौ
अन्यायको लडाइँमा मन मारेकी रहिछौ
हार वा जित जे भएपनि सङ्घर्ष गरिनौ
आफैलाई जीवनमा पछि पारेकी रहिछौ
अघि बढ्ने पाइला पछाडि सारेकी रहिछौ ।

टीकाराम जोशी
पञ्चाङ्ग २१

कुसंस्कारको बिरोधमा प्रगतिसिल सारेकी छौ
अहंकारलाई आउँन नदिन बार नै बारेकी छौ
मानव समाज सुरूवात शङ्घर्षबाट हुनेहुँदा
सधै नारी तिमिहरू दिनरात पौरख नारेकि छौ
समाजमा आउँनै थालेका थुप्रै पर्लय टारेकी छौ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग २२

मनमा हर्ष खुसी मारेकी रहेछौ
खोलामा पानी सधैँ तारेकी रहेछौ
मैले त तिम्रो साथ पाउने आशामा
तिमीले मन मुटु सारेकी रहेछौ
आफ्ना ति खुसी सधैँ हारेकी रहेछौ !

श्रीकृष्ण धामी – बझाङ


सम्बन्धित शीर्षकहरु

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको दोस्रो बैठकबाट कुवेतको विभिन्न मिडियामा आबद्ध भएका पत्रकारलाई नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको…

कुबेत-“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने सुन्दर नारालाई आत्मसात गर्दै,रोजगारीको शिलशिलामा प्रबासी भूमी कुवेतमा रहेर पनि आफु…

प्रतिकृयाहरू
...