Saturday 27th April 2024

साप्ताहिक पञ्चाङ्ग, भाग: अठासी (८८)


“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: अठासीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-८८

विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८०/१२/१२

……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
पुष्पा सुवेदी नेपाल
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई

सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य

प्रवर्तक तथा संयोजक
=============

सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य

पञ्चाङ्ग:०१

रिस उठेपछि बोल्दा चर्को लाग्न सक्छ
धेरै बोलेपछि पनि झर्को लाग्न सक्छ
राम्रै बोल्छु सुन्नेलाई पीडा भएपछि
नचिनेको हैन तर अर्को लाग्न सक्छ
एकनासै हिड्नाले नै हर्को लाग्न सक्छ।

✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” काठमाडौं ।

पञ्चाङ्ग:०२
०१)
नारीको पीडा हेर्छन् टार्ने कसैले होइन
बोल्ने मात्र हो माखो मार्ने कसैले होइन
विश्वासको पात्र तिमी कहिले बन्छौ मेरो
डुब्न लागेकोछु म तार्ने कसैले होइन
दु:खद बेला दु:ख सार्ने कसैले होइन।
०२)
आजभोलि मेरो बोली किन? चर्को लाग्न थाल्यो
राम्रै बोले पनि किन होला? झर्को लाग्न थाल्यो
विश्वास गरें भर परें तिम्रै नाम जपेर
पहिले आफ्नै भनेर पनि अर्को लाग्न थाल्यो
एकोहोरो सास फुल्दा हेर हर्को लाग्न थाल्यो।

✍️सन्ध्या गौतम, काठमाडौं ।

पञ्चाङ्ग:०३

होलीले मिल्न सिकाउँछ हामीलाई
बोलिले त्यसै बिकाउँछ हामीलाई
उमेर पनि एउटा पाठशाला हो
विस्तारै बिक्न टिकाउँछ हामीलाई
मृत्युले माथि झिकाउँछ हामीलाई ।

✍️देवी पन्थी (२०८०/१२/१२)

पञ्चाङ्ग:०४

फागुन पूर्णिमाले सबैमा उमङ्ग ल्याउनेछ
सबैको मन मुटुमानै लाली रङ्ग ल्याउनेछ
सत्यमेव जयते नश्वर संसारमा अमर रहने
शत्रुले शत्रुता भुलेर आज दङ्ग ल्याउनेछ
होलीको शुभकामनापनि सङ्ग ल्याउनेछ।

✍️कार्की डिबी माकुम, सुनवल -४, नवलपरासी।

पञ्चाङ्ग:०५

होलीले कसैको दिल भङ्ग नहोस्
सहिष्णुता नै होस् सधैं जङ्ग नहोस्
लोला हान्ने निहुँमा गाउँ घरमा
विकृतिको त कहिल्यै रङ्ग नहोस्
हरियो पनको सट्टा फुङ्ग नहोस्।

✍️सरस्वती श्रेष्ठ, इटहरी।

पञ्चाङ्ग:०६

खुसी र आनन्दको रङ्ग ल्याउँछ जीवनमा
पीडा भुल्न मनमा दङ्ग ल्याउँछ जीवनमा
होलिकाको दहन गरी असत्य नाश गर्दै
नव निर्माण गर्न भङ्ग ल्याउँछ जीवनमा
होलीले नै नयाँ उमङ्ग ल्याउँछ जीवनमा ।

✍️श्रीकृष्ण शर्मा, पोखरा ।

पञ्चाङ्ग:०७

आउ है साथी मिलीजुली सबैले होली खेलौँ।
सबैजना भेला भई सातै रंग घोली खेलौँ।
आर्को साल कहाँ हुन्छौँ कसैलाई थाहा छैन।
मिठा मिठा कुरा गरि सत्य कुरा बोली खेलौँ।
हित चित्त मिलाई आउनु दिल खोली खेलौ।

✍️मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार बिर्तामोड झापा।

पञ्चाङ्ग:०८

रङ्गमा भएका मानिस दङ्ग यहाँ
रसायनले भरिएको रङ्ग यहाँ
परिवर्तन भैरहेको छ समाज
छैन पहिलाको जस्तो उमङ्ग यहाँ
भगवानको साथ माया सङ्ग यहाँ।

✍️सुमित्रा पोखरेल, काठमाडौं ।

पञ्चाङ्ग:०९

जिन्दगीलाई आफ्नो मान्दै मृत्यु गाँस्न पुगेछु
जीवन बाँच्नलाई साह्रो धान्दा मृत्यु बास्न पुगेछु
एकपटक जानै पर्ने ढिलो र चाडो मात्र नै हो
लोभ लालच मन भर्दै सबैलाई मास्न पुगेछु
अरुलाई दु:खमा पारेर किन हो ? हाँस्न पुगेछु ।

✍️सागर राधे नगरकोटी ,भक्तपुर ।

पञ्चाङ्ग:१०

हुल बाँधेर आउन, सालीहरु र पो होली
बोकी हातमा रङ्गका थालीहरु,र पो होली
नाई नाई हुन्न हुन्न, भने जस्तो गर्ने अनि
आँखाले इसारा गरुन्, तालीहरु र पो होली
चाख्न पाइयोस् बैसका,बालीहरु र पो होली।

✍️चिरञ्जीवी ढकाल, नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके ।

पञ्चाङ्ग:११

खेल्याैँ हाेली साथी भाइ परेर दङ्ग हेर
सप्तरङ्गी विभिन्न थरिका ती रङ्ग हेर
खुसीमा खुसी नै बढ्दै आफन्तसँग पनि
फागु पूर्णिमा लोलाले गर्दा भो भङ्ग हेर
रमाउँ हामी घर परिवार सङ्ग हेर ।

✍️सहयात्री शोभा अर्याल, रुपन्देही ।

पञ्चाङ्ग:१२

होलीको रौनक चल्यो शहरमा
रङ्गको भकारी ढल्यो शहरमा
सैसाथी बीचमा चल्दैछ होली
नौटङ्कीपनाले बल्यो शहरमा
मोबिल मिसाई दल्यो शहरमा।

✍️घनश्याम पौडेल, पोखरा ।

पञ्चाङ्ग:१३

भगवान सम्झी नारीलाई दियो बालीदेउ
आफूमा भएको त्यो गलत बानी फालिदेउ
मलाई जिवन भरिसाथ दिन्छौं भने तिमी
होलिको निउँमा मालाई सिन्दुर हालिदेउ
बोलि रहने त्यो समाजको मुख तालिदेउ।

✍️ सुष्मा मगर, रोल्पा ।

पञ्चाङ्ग:१४
०१)
सात रंग लगाई होली खेल्यौँ
माया प्रित जगाई होली खेल्यौँ
गाढा बन्दै जान्छ हाम्रो सम्बन्ध
दुबैको साथ लगाई होली खेल्यौँ
दुख, कष्ट भगाई होली खेल्यौँ ।
०२)
मन छ सयौँ जुनी तिम्रो भएर मर्ने मलाई
तिम्रो हातले मेरो नामको सज्मी छर्ने मलाई
सजिलै मरण हुन्छ मेरो देह त्याग हुदा नी
हासेरै दागबत्ती दिनु ल नर्क तर्ने मलाई
पुर्ण जन्म लिन पाउँ तिमी तिर सर्ने मलाई।

✍️सीमा कार्की समर्पण, मेलचोक पर्सा ।

पञ्चाङ्ग:१५

होली खेल्न रङ्ग समाउँदै थियौँ
सबै हामी हरू रमाउँदै थियौँ
रङ्गहरू सबैले मिलेर खेल्दै
होली रङ्ग खेल्न थमाउँदै थियौँ
सबै साथीहरू जमाउँदै थियौँ।

✍️ बेदु न्यौपाने 🌹🌹

पञ्चाङ्ग:१६

रङ्ग नै खेल्नुपर्छ रमाएर अब
घस्नुपर्छ नि रङ्ग जमाएर अब
मरेर लानु पो के छ र जिन्दगीमा
सहिष्णुताको हात समाएर अब
बसौंला रङ्गे होली मनाएर अब ।

✍️दुर्गा भट्टराई , मोरङ ।

पञ्चाङ्ग:१७

रंग मिसिएकाे पानी झेल्नु पर्छ
हातले सबै त्याे पानी छेल्नु पर्छ
हार्दिक शुभकामना छ होलीको
सद्भावकाे बन्धनले जेल्नु पर्छ
रंगको पर्व हाे होली खेल्नु पर्छ।

✍️ह्यारिस ।

पञ्चाङ्ग:१८

भन्छ ऊ दिन धकेली रात बनाएकाे छु
कालाे पाेती अँध्यारोकाे खात बनाएको छु
चौबीसै घण्टा घुमिरहन्छु एकै ठाउँमा
ताेकेरै रात , दिनकाे जात बनाएको छु
काेही सुखी, काेहीलाई घात बनाएको छु।

✍️भवानी घिमिरे, सर्लाही ।

पञ्चाङ्ग:१९

सुनाऊँ कस्लाई चित्कार मैले सुन्नेले मुख माेडेर हिडेपछि
दुर्भाग्य दूधे शिशु आमाले पेटी किनारमा छाेडेर हिडेपछि
कलियूग लागेछ भन्थे कहाली लाग्दो दृश्य देखिन्छ साेचेकै थिइन
हरेक सँग मायाको नाटक गर्दै सम्बन्ध गोडेर हिडेपछि
हेर धनकाे चक्करमा सिन्दुरकाे सम्बन्ध ताेडेर हिडेपछि।

✍️दुर्गा आचार्य, मोरङ ।

पञ्चाङ्ग:२०

सबैले खुशी साथ मनाउनु भनेर आएको हो होली
के महल के झुपडी सबैको घरमा धाएको हो होली
समाजमा असत्य माथि सत्यको सधैं जित होस् भनेर
आफैले नै हातमा सातै रङ्ग लिएर छाएको हो होली
इन्द्रेणी रङ्ग झैं रङ्गियोस् जीवन भन्दै गाएको हो होली।

✍️पशपती राई ,खोटाङ ।

पञ्चाङ्ग:२१

सुन्दर त्यो सपनाहरू~~ देख्न हरेक रात छ
नौलाख तारा झरेर ~~जाने बिहानीको मात छ
खुसीको उज्यालो दिनहरू ल्याई दिने काे होला
प्रेमकाे महल भत्काउने ~~ दुश्मनकै हात छ
मायाको बन्धन टुट्दा लागेकाे चाेटकाे खात छ।

✍️राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

पञ्चाङ्ग:२२

चोट परेको हेर कति मात लागेर यहाँ
व्यर्थमा विना गल्ती कुनै बात लागेर यहाँ
रमाउने खेलाउने अनि पछि रिसाउने
देखाउने दोष मात्र आघात लागेर यहाँ
एक पछि अर्को आउँछ खात लागेर यहाँ ॥

तिमी जातका कुरा गर्छ्यौ यहाँ मान्छेलाई मात लागीसक्यो
बुझ्नेले जसरी बुझुन् तर निर्दोषलाई बात लागिसक्यो
बितिसकेका कुरा कोट्याउँदै धुत्ने हरूको गोलो छ यहाँ
कसैसँग बोल्न बोलाउन जिन्दगी नै बर्वाद लागिसक्यो
पुराना घाऊ कोट्याएर दुःख दिनेहरूको ताँत लागिलक्यो।

✍️गुणनिधि घिमिरे, अमेरिका।

पञ्चाङ्ग:२३

हिजोआज यहाँ यस्तै यस्तै चलन छ
मान्छे मान्छे जताततै खुबै जलन छ
सच्चा प्रेम त्यागकाे उपहास छ हेर
स्वार्थ पूर्तिका लागि निर्लज्ज छलन छ
विकृति विसंगतिकाे मात्रै फलन छ ।

✍️प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे ।

पञ्चाङ्ग:२४

तिमी मान्छे आएको देख्दा दङ्ग भयो
त्यसैलाई राती देख्दा झसङ्ग भयो
के होला त्यसरी आत्तिनु पर्ने कुरा,
बसी गरेको ध्यान तिम्रो भङ्ग भयो
आउँदा अत्तर बासना मङ्ग भयो ।।

✍️धनमाया चौधरी, कैलाली।

पञ्चाङ्ग:२५

के गर्नु हिंड्दै थिएँ वर्षे पानीमा छु
काम गरे पनि बिना सित्ती हानीमा छु
खडेरीले व्याकुल बनायो मलाई लौ
घुमाउँदै गर जाँतोको त्यो मानीमा छु
जस्तो भएपनि हेर म त खानीमा छु।

✍️मिना देवकोटा , हाल काठमाडौं ।


सम्बन्धित शीर्षकहरु

कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ । २ सय ५ रनको…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाही…

तीतोपाटी -पत्रकार नबराज पन्थी कुवेतमा सम्मानित भएका छन् । कुवेत स्थित जन-जागृति युवा समाज कुवेतले पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानको कदर…

प्रतिकृयाहरू
...