Saturday 27th April 2024

शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले गर्यो स्व. विमला रेग्मीको श्रद्धाञ्जली सभा


शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले प्रतिष्ठानका संस्थापक संरक्षक प्रा. डा. प्रकाश राज रेग्मीको ममतामयी माता विमला रेग्मीको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठानमा शिक्षा स्वास्थ्य साहित्य र स्वयंसेवाका क्षेत्रमा गरि १० वटा पुरस्कार, सम्मानहरू स्थापना भएका छन् । यी पुरस्कारहरू प्रतिष्ठानले हरेक बर्ष मंसिर पूर्णिमाको सेरोफेरोमा प्रदान गर्दै अाएको छ । यसै गरी स्थापनाकालदेखि नै विमला रेग्मी स्वास्थ सेवा पुरस्कारद्वारा उत्कृष्ट नर्सलाई पुरस्कृत गर्दै आएको छ । यस पुरस्कारबाट युनाइटेड मिसन अस्पताल पाल्पाका दर्जनौं नर्सहरू पुरस्कृत भइसकेका छन् । यसका साथै विमला कमल चार बर्षे शैक्षिक छात्रवृत्तिद्वारा विभिन्न विधालय र कलेजका गरी डेढ दर्जन विधार्थीहरू लाभान्वित भएका छन् ।

श्रद्धाञ्जली सभामा प्रतिष्ठानका पूर्व महासचिव साहित्यकार कमल खत्रीद्वारा स्व. विमला रेग्मीको योगदान र सन्ध्या रेग्मीद्वारा लिखित कृति “आमाका अविस्मरणीय अतित र म “माथि प्रकाश पारिनुका साथै गंगादेवी जिरेल, सन्ध्या रेग्मी, अरूणा कोइराला द्वारा श्रद्धाञ्जली मन्तव्य व्यक्त गरिएको सभामा सभाको समापनसंगै १ मिनेट मौन धारण गरिएको थियोे ।

। प्रतिष्ठानका अध्यक्ष साहित्यकार पुष्कर अथक रेग्मीको अध्यक्षता, स्व विमला रेग्मीको सुपुत्र प्रा.डा. प्रकाशराज रेग्मी, सुपुत्रीहरू अरूणा रेग्मी कोईराला, ज्याेति रेग्मी अधिकारी, सन्ध्या रेग्मी, अतिथिहरू एवं परिवारजन लगायतका ९८ जना को उपस्थितिमा आयोजित कार्यक्रमको संचालन प्रतिष्ठानका महासचिव चन्द्रकान्त न्यौपानेद्वारा गरिएको थियोे ।


सम्बन्धित शीर्षकहरु

कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ । २ सय ५ रनको…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको फरवानिया स्थित द्वाही…

तीतोपाटी -पत्रकार नबराज पन्थी कुवेतमा सम्मानित भएका छन् । कुवेत स्थित जन-जागृति युवा समाज कुवेतले पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानको कदर…

प्रतिकृयाहरू
...