Monday 29th April 2024

पञ्चाङ्ग चित्रपट, भाग :- बहत्तर (७२)


“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- बहतरौऔंमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८०/१२/ ०८गते

प्रशिक्षक :
————
सोमनाथ लुइटेल “रवि पाल्पालि
गुणनिधि घिमिरे
सुशीला पाैडेल

चित्र संकलन
—————–
सुशीला पाैडेल

संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य

शुद्धीकरण
————–
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई
पुष्पा नेपाल (सुवेदी )

संरचना
———
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी

प्रवर्तक तथा समायोजक
—————–

सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
————————

चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
~~~~~~~~~~~~~~~~~~~

पञ्चाङ्ग:०१
पवित्र मन लिएर खेलाैं हाेली
खुशीकाे रस पिएर खेलाैं हाेली
मनकाे तुस हटाइ, सबैसँग
प्रेमिल रंग दिएर खेलाैं हाेली
मीठो सम्बन्ध जिएर खेलाैं हाेली।

✍️सुशीला पौडेल ।

पञ्चाङ्ग:०२

साथी भाइ मिलेर रङ्गले होलि मनाउनु पर्छ
दुस्मनी मिटाउन सबैले दिल खोली मनाउनु पर्छ
सत्य कहिले दहन हुन्न विकृतिको जरो फालौँ
होलिकालाई जस्तै कुचक्र पोली मनाउनु पर्छ
सभ्य भएर रङ्गमा रङ्ग घोली मनाउनु पर्छ ।

✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” काठमाडौं ।

पञ्चाङ्ग:०३

मनको कुरा खोलेर बस्न मन छ
दिलमा भए दिलैमा पस्न मन छ
तिम्रोसाथ तिम्रै हात समाउने छु
फागुको रङ्ग गालामा घस्न मन छ
हाम्रो मायालाई सधैँ जस्न मन छ।

✍️सन्ध्या गौतम, काठमाडौं ।

पञ्चाङ्ग:०४
०१)
पर्वको होली खेल्दै रमाउँला न हामी
रङ्गको सातै रङ्ग जमाउँला न हामी
आज हैन भोलि हो रङ्गिन होली खेल्ने
यी रङ्ग हरूलाई थमाउँला न हामी
सौहार्दपूर्ण नाम कमाउँला न हामी।
०२)
रङ्गै रङ्गको पर्व मनाउँदै खेलौँ होली
फागु पुर्णिामा लाई जनाउँदै खेलौँ होली
सातै रङ्गमा रङ्गिएर जीवन रङ्गाउँ
रङ्गिन रङ्गहरू खनाउँदै खेलौँ होली
सबै साथी सँगीमा पनाउँदै खलौँ होली।

✍️बेदु न्यौपाने ✍️🇳🇵

पञ्चाङ्ग:०५

मनाउनु छ होली रङ्गले सजाई
रङ्गको क्रम आफ्नै ढङ्गले सजाई
पार्थिवरुपमा रङ्गै रङ्ग छरुँला
खुसीको साथ निकै दङ्गले सजाई
साथीको सहवास सङ्गले सजाई ।

✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

पञ्चाङ्ग:०६

होलीको पर्व नजिकै आई रहेको छ
उमङ्गका गीतहरु गाई रहेको छ
रङ्ग खेल्ने वहानामा संस्कार नभुलौँ
साथीभाइ भेट्नलाई धाई रहेको छ
तिमीले त भाङ्ग पनि खाई रहेको छ।

✍️दुर्गा आचार्य, मोरङ ।

पञ्चाङ्ग:०७

जीवनमा रङको होली खेल्नै पर्छ
सुख दु:खको खोली पनि झेल्नै पर्छ
जीवनको सौन्दर्य यही हो बुझेमा
समयको कसीमा रोटी बेल्नै पर्छ
चम्किन भीडमा पाखुरी पेल्नै पर्छ।

✍️प्रभा पोखरेल, अमेरिका ।

पञ्चाङ्ग:०७
०१
आयो फागुपूर्णिमा यो रङ्गको पर्व
चारैतिर छाउने उमङ्गको पर्व
सबै पर्वहरू छ महत्त्व बोकेको
साथी सँगी मिल्दै खेल्ने दङ्गको पर्व
उल्लासले मनाउने ढङ्गको पर्व।
०२
खेलौ होली उत्साह बोकेर रङ्ग सँगै,
एकआपसमा मिलेर उमङ्ग सँगै,
विशेष महत्त्व बोकेको फागु पूर्णिमा
सौहार्द तरीकाले खेलौँ है ढङ्ग सँगै,
फागु गीत गाउदै र नाच्दैँ दङ्ग सँगै ।

✍️शोभा आचार्य गौतम, काठमाडौँ ।

पञ्चाङ्ग:०८

होली मनाउनु छ रङ्ग सजाउँदै
साथीभाइ मिलेर ढंङ्ग सजाउँदै
सत्यको बिजय हुने आशा राखेर
खुशी साटासाटमा दङ्ग सजाउँदै
भेट्घाटमा आफन्त सङ्ग सजाउँदै।

✍️दुर्गा भट्टराई , मोरङ ।

पञ्चाङ्ग:०९

सभ्यता र संस्कृतिले गीत गाउने गरि खेलौं होली
सबैको जीवनमा खुशी नै छाउने गरि खेलौं होली
रङ्गै रङ्गको पर्वमा सबैको जीवन रङ्गिनु पर्छ
मनले चाहेको रङ्ग दल्न पाउने गरि खेलौं होली
जीवनमा थप नया रङ्ग आउने गरि खेलौं होली।

✍️पशपती राई खोटाङ ।

पञ्चाङ्ग:१०

होली मनाउनु छ रङ्ग सजाउँदै
साथीभाइ मिलेर ढंङ्ग सजाउँदै
सत्यको बिजय हुने आशा राखेर ,
खुशी साटासाटमा दङ्ग सजाउँदै
भेट्घाटमा आफन्त सङ्ग सजाउँदै।

✍️दुर्गा भट्टराई, मोरङ ।

पञ्चाङ्ग:११

स्वच्छ भावनाहरू दिएर खेल्नुछ हाेली
फाटेकाे मनलाई ~सिएर खेल्नुछ हाेली
मनमा भाको कालाे मैलाे सारा हटाउँदै
सप्त रङ्गी रंङ्ग ~~ लिएर खेल्नुछ हाेली
साथी संगीसँग मिसिएर खेल्नुछ हाेली।

✍️राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५संगम काेलाेनी राधे राधे भक्तपुर।

पञ्चाङ्ग:१२

हामी सबै मिलेर हाेली खेल्नुपर्छ
एक आपस दिल खाेली खेल्नुपर्छ
पहिले देखि चलि आएकाे संस्कृति
हाेलीमा लाेलाहरु पाेली खेल्नुपर्छ
विभिन्न थरि रङ्ग घाेली खेल्नुपर्छ।

✍️सहयात्री शाेभा अर्याल, रुपन्देही ।

पञ्चाङ्ग:१३

चहान्छु पहिलो होली खेल्न तिमी सङ्ग प्यारा
माया मिसाई लगाईदेउ सातै रङ्ग प्यारा
थामेर मेरो हात छोड्यौ भने तिमीले त
मायाको उदाहरण दिई हान्छन् व्यङ्ग प्यारा
टुट्छ मन अनि आत्मा मेरो हुन्छ भङ्ग प्यारा

✍️सीमा कार्की समर्पण , काठमाडौं ।

पञ्चाङ्ग:१४

हाेलीमा रमाउँछु
डाेलीमा रमाउँछु
पाेखेर रङ्गकाे त्यो
खाेलीमा रमाउँछु
टाेलीमा रमाउँछु।

✍️भवानी घिमिरे ।

पञ्चाङ्ग:१५

आज होइन भोली मनाऔं
बाँधेको दिल खोली मनाऔं
गाउँघर शहर बजार
आत्मियता नी घोली मनाऔं
फागुपर्वको होली मनाऔं ।

✍️सरिता सेढाई ,धादिङ ।

पञ्चाङ्ग:१६

होलीमा रंगमा रंग मिसाउने हो
यो मनलाई रंगले सजाउने हो
यो सुनौलो फराकिलो मौका छोपेर
अहंकार जति सबै डढाउने हो
रंगीन आज अबिर लगाउने हो ।

✍️देवी पन्थी ।

पञ्चाङ्ग:१७

एकअर्कामा रंग मिलाएर खेल्ने आयाे हाेली भन्दै
पहाडमा आजपाे रमाउँने तराइमा भाेली भन्दै
फागुमा रम्दै रमाउँदै ती प्रेमिल मनहरु सँग
खुशी साटासाट गरी मनाउँ यहाँ दिलै खाेली भन्दै
सद्भावले मनाउँने मायाँकाे रंगहरु घाेली भन्दै।

✍️उर्मिला के.शी. , धनकुटा ।

पञ्चाङ्ग:१८

पनि पर्यो एक्कासी ठुलो खोली आउँदैछ
त्यो पल्लो घर्को दाई पनि भोलि आउँदैछ
सबै जनालाई सम्पर्क गर है साथी हो
अबको केही दिनमा नै होली आउँदैछ
होलिको दुई दिनपछि डोली आउँदैछ।

✍️सुष्मा मगर, रोल्पा ।

पञ्चाङ्ग:१९

छरेर रङ्ग हाेली हाँसेर बाँच्नू साथ
मिलेर प्रेम माला गाँसेर नाच्नू साथ
बहारकाे याे पर्व गरेर धर्म रक्षा
हजार लाख पीडा मासेर साँच्नू साथ
अहंहरूकाे खात नासेर जाँच्नू साथ।

✍️चन्द्रवती अधिकारी, कोहलपुर बाँके ।


सम्बन्धित शीर्षकहरु

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

हरि कृष्ण न्याैपाने - फेब्रुअरी २५, २०२४ का दिन कतारबाट देव महराले ह्वाट्सपमा खबर पठाउनुभयो । लेख्नुभएको थियो, ‘सर मेरो…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/०५ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...