Monday 29th April 2024

गोबिन्द राज ओझा (राजन)को गीति कविताः पवित्र भूमि…


पवित्र भूमि हो यो हृदयमा बसेको छ
वीर भूमि, कर्मभूमि मलाई प्यारो लाग्छ
सिता ,जनक , बुद्धको जन्मभूमि हो यो
देशको माया र सम्मान नै मेरो धर्म हो
 
प्यारो र सुन्दर देश नेपाललाई माया गर्छु
मेरो जन्मभूमिलाई मैले सधैँ ढोग्ने गर्छु
नेपाल माता तिमि नै मेरो सबै थोक हौ
अनेक भाषा, धर्म र संस्कृतिको साझा थलो हौ
 
घुमी घुमी रमाइरहेछु मैले यहाँ बस्नु छ
मेरो देशले सगरमाथालाई शिरमा बोकेको छ
पवित्र भूमि हो यो हृदयमा बसेको छ
वीर भूमि, कर्मभूमि मलाई प्यारो लाग्छ ।।

-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा…

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

हरि कृष्ण न्याैपाने - फेब्रुअरी २५, २०२४ का दिन कतारबाट देव महराले ह्वाट्सपमा खबर पठाउनुभयो । लेख्नुभएको थियो, ‘सर मेरो…

प्रतिकृयाहरू
...