Wednesday 30th September 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः चन्द्रमाको रातलाई हेरे…


चन्द्रमाको रातलाई हेरे, जुनकिरीलाई हेरे
तिमिलाई के सुहाउँछ मनबाट सोचे
 
आकाश कि परी अत्यन्तै छौ सुन्दरी !
सुन्दर फूलको बगैँचामा सजाएर राखे जस्ती
तिम्रो मुहारको उज्यालो हेरी रहु लाग्छ
सेती ,कर्णालीको स्वच्छ पानी पिउन मन लाग्छ
 
यो दिलमा सजाएर राखौँ जस्तो लाग्छ
मिठा मिठा शब्दमा हराउन मन छ
तिम्रो बारेमा वर्णन गर्न शब्द खोज्नु छ
यो जीवनको साथी बनाई मन मुटुमा राख्नु छ
 
चन्द्रमाको रातलाई हेरे, जुनकिरीलाई हेरे
तिमिलाई के सुहाउँछ मनबाट सोचे ।।

-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...