Monday 29th April 2024

चित्रमा पञ्चाङ्ग, भागः १०२


चित्रमा पञ्चाङ्ग
===========
भाग: १०२
पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १
मिति : २०८०/११/२३
प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी
चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल
समायोजक
—————–
सविता के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको एकसय दुई शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन र मौलिक भाव झल्किने आफ्नो मनले देखेको पञ्चाङ्ग आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित पञ्चाङ्ग लेख्नुहुन अनुरोध छ ।

चित्रमा पञ्चाङ्ग
===========

पञ्चाङ्ग १

वास्तविकता सम्झेर आँसु झर्छ अचेल
पढ्न गएको स्कुलमा मान्छे मर्छ अचेल
एकदुई होइन पटकपटकको हो
जीउ मात्र हैन सास पनि हर्छ अचेल
मृत्युुले संसारको कष्ट नि टर्छ अचेल ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

नाबालिका माथि त हुन लागे बलात्कार के गर्ने होला
कोही होटेल कोही मन्दिरमा लगातार के गर्ने होला
हामीलाई त न्याय चाहेको छ दाेषीलाई फाँसी होस त
भन्दा भन्दै त माैन भए छ सरकार के गर्ने होला
चेलीमा भए घिन लाग्दो त व्यवहार के गर्ने होला ?

श्री कृष्ण धामी -–बझाङ

पञ्चाङ्ग ३

किन घरिघरी छोरीको लाश हुन्छ
कलिलैमा नै जिन्दगीको नाश हुन्छ
सधै एकै नासको घटना घटायो
छोप्न सकिदैन ऊ आसपास हुन्छ
लाग्छ अपराधी नेताकै खास हुन्छ ।

सुरेशकुमार पान्डे दाङ घोराही १८

पन्चाङ्ग ४

एकपछि अर्को बालिका सिकार हुँदा पनि
किन मौन छन् सरकार विकार हुँदा पनि
अब कहिले मिल्छ होला न्याय पीडितलाई
कुनै पहल गर्दैनन् अधिकार हुँदा पनि
सबै थाहा भई मनले स्वीकार हुँदा पनि ।

पृथक प्रकृति ,झापा

पञ्चाङ्ग ५

जन्मघर् छोडी पराई घर सर्ने पनि नारी
जन्माउने हुर्काउने माया गर्ने पनि नारी
नारी जातीको महत्त्व किन बुझ्दैन समाज
घर वरपर बलत्कारमा पर्ने पनि नारी
नजन्मिदै गर्भ पतनमा मर्ने पनि नारी ।

सूर्य गिरी
माछापुच्छ्रे-५रिभान,कास्की

पञ्चाङ्ग ६

कोही खराबका मृत्यु लत्याएर गयौ कुनै
ङ्याकियौ कण्ठमा कोही पत्याएर रह्यौ कुनै
नजानी होमिने कोही सकेनौ मार्न क्वै किन
थियौ कानुनका माथि हत्या त्यो नै सह्यौ कनै
सक्थ्यौ मार्न लिई ढुङ्गो चुपचाप भयौ कुनै ।
कलानिधि दाहाल

पञ्चाङ्ग ७

तिम्रो होस्टलमा झुन्डिएर मर्न आउँदै छु
महंगो भएपनि पुरै फी भर्न आउँदै छु
छात्रबासमा वार्डनहरू के कस्ता छन् कुन्नि
कुनियत हुनेको जागीर हर्न आउँदै छु
आजैदेखि होस्टलमा छड्के गर्न आउँदैछु ।
• देवी पन्थी

पञ्चाङ्ग ८

बुझ्दैन सरकारले के गर्नुपर्छ हजुर
र त अनाहकै चेलीले मर्नुपर्छ हजुर
हामीपनि उस्तै त छौँ बोल्न पनि डराउने,
अब कस्सिएर अगाडि सर्नुपर्छ हजुर
हत्यारा पक्राएर जेल भर्नुपर्छ हजुर ।

चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके

पञ्चाङ्ग ९

निर्दोष ति अबोध शिशु नरभक्षीको जालमा
यस्तै यस्तै हुन्छ खै नित्य सत्ता उन्माद तालमा
हत्या हिंसा सधैँ हुन्छ सुरक्षा कता गयो नेपाली
हा हा गर्दै खुसी हुँदै आएको छ ऊ है खालमा
कलिला ती मुना पर्छन् सधैँ दुष्टहरूको कालमा ।

कमल प्रसाद बगाले
स्याङ्जा

पञ्चाङ्ग १०

आँसु भरिएको आँखा रातो हुन्छ कि हुन्न हँ
पीडा दोहोरिएमा तनले छुन्छ कि छुन्न हँ
विश्वासघात गर्छौ ए बलत्कारी पापीहरू
ग्रसित मनमा उद्देश्यले धुन्छ कि धुन्न हँ
दुष्टहरूको कहिल्यै मन रुन्छ कि रुन्न हँ ?

प्रेम थापा “मन”बागलुङ
पञ्चाङ्ग ११

खै किन यस्तो घटना घढ्दै छ नेपालमा
हत्या हिंसा बलात्कारी बढ्दै छ नेपालमा
बालकमै ज्यान गुमाउनु पर्छ हामी नारी
मै हूँ भन्ने देश द्रोही खढ्दै छ नेपालमा
पैसामा सुत्नेको गर्मी चढ्दै छ नेपालमा ।

नाम सुष्मा मगर रोल्पा

पञ्चाङ्ग १२

कलिला मुना निमोठ्दैछन् बलत्कारीले आज
सबैलाई थिच्यो कुशासनको भारीले आज
देशै कुख्यात भएपछि न्याय दिन्छ कसले
बोटै सुक्न नदिन पानी हाल्छन् झारीले आज
प्रताडित हुनुपर्ने निर्दोष नारीले आज ।

सुरेश चन्द्र घिमिरे
कपन

पञ्चाङ्ग १३

सिङ्गो बिरुवाहरू आँसु तालमा परेको छ
कोपिलाहरू रगतको खालमा परेको छ
प्रत्येक घटनालाई दबाउने चलखेल
अपराधि मुक्त निर्दोष कालमा परेको छ
न्याय समेत अन्यायको जालमा परेको छ ।

संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ

पञ्चाङ्ग १४

बलात्कारमा धेरै मर्दैछन् चेलीहरू
जताततै हेरेको झर्दैछन् चेलीहरू
असुरक्षित भए सहर सबै यहाँ
गाउँतिर हेरेर सर्दैछन् चेलीहरू
सत्यकुरा मनका छर्दैछन् चेलीहरू ।

नवराज भट्ट
कञ्चनपुर
पञ्चाङ्ग १५

टुक्रेको मन जोड्ने हो के गरी भन
मन को बह गोड्ने हो के गरी भन
दिन दोगुना, रात चौगुना चित्कार
न्यायको बोली मोड्ने हो के गरी भन
आँसु तालमा छोड्ने हो के गरी भन ।

टिकाराम पिन पुकार
सल्यान

पञ्चाङ्ग १६

यी साना कोपिला नफक्रँदै चुँडेर चढायौ है
लाजै नमानी नानाथरी काम गर्न पढायौ है
शक्तिको अगाडि आखिर कसको के लाग्दछ र
धन र बल देखाई निर्दोषलाई सढायौ है
बलत्कार गरि मार्न गिद्दे नजर बढायौ है ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा-३, काभ्रे

पञ्चाङ्ग १७

अकालमा मर्नु हुन्न
अगतिमा पर्नु हुन्न
अपराधि जेल पार
जे पनि त गर्नु हुन्न
तेस्मा अधि सर्नु हुन्न ।

म प्र धि

पञ्चाङ्ग १८

भोकै बसौँ घरमा नभएनी खान अनि
मन छैन आहारा खोज्नलाई जान अनि
गिद्ध बस्छन् बाटो ढुकेर सधैँभरी यहाँ
जोखिममा पर्छन् जोवानलाई तान अनि
कहिल्यै आउँदैन् त्यो जीवनमा मान अनि ।

सीमा कार्की समर्पण
पर्सा

पञ्चाङ्ग १९

हाम्रा चेली लुछिँदै छन् हेर्दाहेर्दै नजरमा
अपराधी बलात्कारी हिँडेकाछन् सदरमा
आँखा सधैँ भए चिसा मुटु भट्किँदो छ सधैँ
पर्खाईमै गयो रात छैन खुसी अधरमा
छैन शान्ति कतै आज न गाउँ न शहरमा ।

चन्द्रावती अधिकारी

पञ्चाङ्ग २०

हत्या हिंसा र बलात्कार सधैँ भरी
महिला माथी अत्याचार सधैँ भरी
कहिले पाउछन् न्याय पीडितले खै
छैन सुरक्षाको आधार सधैँ भरी
सक्रिय मार्न हतियार सधैँ भरी ।

तारा घिमिरे स्वेच्छा
सङ्खुवासभा

पञ्चाङ्ग २१

हेर्दाहेर्दै न्याय हराउन लाग्यो
दुःख अनि पिडा भराउन लाग्यो
न्यायका कानुन अन्धा भए पछि
छैन है विश्वास सराउन लाग्यो
हेर आन्दोलन कराउन लाग्यो ।

शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चाङ्ग २२

अपराधी भने खुल्लम् खुल्ला बजारमा डुलेको छ
मान सम्मान सहित ऊ नै समाजमा खुलेको छ
कानुनले त अपराधी होइन प्रमाण खोज्ने हो
प्रमाण त केही खाइयो केही पानीमा घुलेको छ
विना प्रमाण क्विन्टलका क्विन्टल सुन हुलेको छ ।

-पशपती राई खोटाङ ।
पञ्चाङ्ग २३

आँसु झर्छ यी चेली देख्दा
चिम्छु आँखा परेली देख्दा
बलत्कारीलाई फाँसी दे
लाग्छ डर चमेली देख्दा
यो मुटु काप्छ एक्ली देख्दा ।।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग २४

जनताका छोरी बाँच्न गाह्रो भयो
जवानी नै आफै साँच्न गाह्रो भयो
बलात्कारीलाई फाँसी हुनैपर्छ
आफूखुसी यहाँ नाच्न गाह्रो भयो
समाजमा अब हाँस्न गाह्रो भयो ।

सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।

पञ्चाङ्ग २५

क्षणिक आनन्दका लागि मन दुखाउने बनायो
छोरी जन्माउने आमाको मन सुकाउने बनायो
नारी बिना त रोकिन्छ धरामा यो सृष्टि हे! प्रभु
बलात्कारीले नारीहरू किन रुवाउने बनायो
देशको इज्जत किन माटोमा डुबाउने बनायो ?

कार्की डिबी माकुम
सुनवल -४, नवलपरासी

पञ्चाङ्ग २६

छोरी चेलीलाई बाँच्न गार्हो भयो यहाँ
न्याय निसाफ खै कता तिर गयो यहाँ
बलात्कारी हत्या हिंसा बढिरहेकोछ
मान्छेको सद्बुद्धि खै कसले लयो यहाँ
निर्दाहरुले दुःख कष्ट सहयो यहाँ ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग २७

घरपरिवार त्यागी ठाउँ सर्न बाध्य नारी
गर्भपतनको शिकारले मर्न बाध्य‌ नारी
नारीका लागि यो संसार सुरक्षित बनेन
बलत्कारीको आहारा पूरा गर्न बाध्य नारी
मानव तस्करको हातमा पर्न बाध्य नारी ।
अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चाङ्ग २८
गाउँदेखि सहर कस्तो
हत्या हिंसा रहर कस्तो
हृदयमा आलो छ घाउ
डराउने कहर कस्तो
कालो कालो जहर कस्तो र

– आर्त अकुलीन

पञ्चाङ्ग २९

सौन्दर्य निकै धराप बन्दैछ
विकृत यौन झराप बन्दैछ
मानवताको अपराधीलाई
ऐन नलाग्नु सराप बन्दैछ
जमाना साह्रै खराप बन्दैछ ।

टीकाराम जोशी


सम्बन्धित शीर्षकहरु

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

हरि कृष्ण न्याैपाने - फेब्रुअरी २५, २०२४ का दिन कतारबाट देव महराले ह्वाट्सपमा खबर पठाउनुभयो । लेख्नुभएको थियो, ‘सर मेरो…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/०५ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...