Monday 29th April 2024

साप्ताहिक पञ्चाङ्ग, भाग: सतासी -(८७)


पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: सतासीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-८७ ——————————-

विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला

……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल

………………………
भाषा शुद्धीकरण:-
———–
पुष्पा सुवेदी नेपाल
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई

सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य

प्रवर्तक तथा संयोजक:-
=============

सोमनाथ लुइटेल “रवि पाल्पाली”
======================

अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य

पञ्चाङ्ग:०१

सिन्काले खाेस्रेर कुनै कुलाे हुदैन
नपिसिकन त कुनै धुलाे हुदैन
जताततै अनुहार देखाउदैमा
यहाँ काेही पनि मान्छे ठुलो हुदैन
सबैकाे आँखामा सेताे फुलाे हुदैन।

✍️सुशीला पौडेल ।

पञ्चाङ्ग:०२

तिमी पिउने पानी बन्नु प्रिया
मेरो आँखाको नानी बन्नु प्रिया
जीवन राम्रो गरि बिताउन
सधैं मायाको खानी बन्नु प्रिया
दुष्टको लागि हानी बन्नु प्रिया।

✍️ह्यारिस

पञ्चाङ्ग:०३
~~~~
कसैको घरजग्गा थाहा नपाई नाप्नु हुँदैन
दाउराको आगो नबली कसैले ताप्नु हुँदैन
आकाश र धर्ती एकसाथ मिलन बिन्दुमा छ
सञ्चारकर्मी ले जथाभावी कुरा छाप्नु हुदैन
कसैले जग्गाको सिमाना भन्दैमा चाप्नु हुँदैन।

✍️बेदु न्यौपाने ✍️🇳🇵।

पञ्चाङ्ग:०४
०१
कामै नगर्ने हो भने दानो नखोज तिमी
श्रम गर्छौ अर्काको मानो नखोज तिमी
काम साँचे आफुलाई जसरी हुन्छ गर
मिहिनेत गरेपछि सानो नखोज तिमी
दुखी मान्छेको खरको छानो नखोज तिमी ।
०२
तिम्रो मेरो रमाइलो यात्रा बनाउनु छ
दुई जना भएपनि जात्रा बनाउनु छ
भोगाइ हो ! जिन्दगीको सहने गर्नेछु
मिलाएर खानु पर्ने मात्रा बनाउनु छ
तिमी र मलाई पुग्ने काँत्रा बनाउनु छ ।

✍️सन्ध्या गौतम , काठमाडौं ।

पञ्चाङ्ग:०५
०१
यस्तो साथी होस् आँखाको नानी बनाउन सकुँ
पबित्र मायाको सङ्लो पानी बनाउन सकुँ
भाग्यमा लेखेको मात्र पाइन्छ देखेको हैन
दु:ख खप्ने सक्ने त्यस्तो बानी बनाउन सकुँ
महल छैन झुप्रोमै रानी बनाउन सकुँ।
०२
तिम्रो तस्बिर किन हो हेरिरहुँ जस्तो लाग्छ
मैले देखेको चित्र त्यो केरिरहुँ जस्तो लाग्छ
माया छैन भनु भने लाएको छैन अहिले
स्वार्थी साथीहरूलाई फेरिरहुँ जस्तो लाग्छ
मायाले अङ्गालोमा नै बेरिरहुँ जस्तो लाग्छ ।

✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।

पञ्चाङ्ग:०६

सबैसँग मनको नाता साट्ने मान्छे तिमी
तिमी मात्र हौ आफ्नो भनी ढाट्ने मान्छे तिमी
नजिक आउँदा सधैँ मुखले ठिक्क पर्ने हौ
अलि पर पुगेसि कुरा काट्ने मान्छे तिमी
साँचो बोल्ने सँग नि मुख छाट्ने मान्छे तिमी।

✍️ नाम- सुष्मा मगर रोल्पा
ठेगाना – सुन्छहरी गाउँ पालिका -५, नारवाङ बस्ती ।

पञ्चाङ्ग:०७

जति दु:ख भएपनि कमाउँदैछु परदेशमा
थोपा पसिनाको मूल्य समाउँदैछु परदेशमा
परिश्रम गरेर धेरै फल फलाउने इच्छाले
आम्दानीको श्रोतहरु जमाउँदैछु परदेशमा
उदाउँदो सुर्य सगै रमाउँदैछु परदेशमा।

✍️दुर्गा आचार्य , मोरङ ।

पञ्चाङ्ग:०८अ

कति अन्यायको शिकार बन्न पुगे
कति नगरिदिनु भन्दै भन्न पुगे
जालझेलको यस्तो कारबाही सँग
काबु भएर कति खाल्डो खन्न पुगे
अनि पुरिने आफ्नो पालो गन्न पुगे ।

✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

पञ्चाङ्ग:०९

फुलेको फूल दिँदा पात नसम्झ
उज्यालो दिनलाई रात नसम्झ
अचेल व्यस्त भइ बाेल्न नसक्दा
मायामा पारेको त्याे घात नसम्झ
हुन्छ झूठो कसम बात नसम्झ ।

✍️भवानी घिमिरे , सर्लाही ।

पञ्चाङ्ग:१०

देश बनाउछु भन्ने धेरै कुरा भयो
गर्दागर्दै कुरा कति लाग्ने छुरा भयो
जनतालाई दिउसै थाङ्नामा सुताए
सपना चाहिँ त उसैको पो पुरा भयो
भोट दिने जनता जहिल्यै लुरा भयो।

✍️पशपती राई ,खोटाङ ।

पञ्चाङ्ग:११
०१
मायाको ती हात समाउनु छ
जुनी भरि साथै रमाउनु छ
अग्नीको फेरो लिई समाजमा
तिमी मेरो भनी जनाउनु छ
दुई देह एक बनाउनु छ ।
०२
हो रीस राग हटाएर मिली बसौँ
दिलमा माया सटाएर मिली बसौ
एकतामै बन्नेछ मजबुत जग
मनको मैलो फटाएर मिली बसौँ
रीसको रेसा घटाएर मिली बसौँ।

✍️सीमा कार्की समर्पण , काठमाडौं ।

पञ्चाङ्ग:१२

बाँचुञ्जेल भोको पेट मरेपछि कता खिर बाब
म ता पढे लेखेको मान्छे तिमी दाउरा चिर बाबै
जवानी ता मस्त बित्यो बुढेसकालमा गाह्रो हुने
कामकुरा एकातिर कुम्लो बोकी ठिमीतिर बाबै
देख्नेलाई राम्रै होला आफूलाई चाहिँ पिर बाबै।

✍️गुणनिधि घिमिरे, अमेरिका ।

पञ्चाङ्ग:१३

आउँछ घर भनेर हाे कि टारेकी रहिछाै
साँच्चै भनेर भ्रमकाे खेती पारेकी रहिछाै
कुकुर देखि हाेसियार भै के लेख्नु पर्थ्याे र
इमान आफ्नो जमानी राखि सारेकी रहिछाै
संसारदेखि विरक्त किन हारेकी रहिछाै।

✍️सुरेश चन्द्र घिमिरे ।

पञ्चाङ्ग:१४

समयले नेटाे काट्याे गर्छु भन्दाभन्दै
पारी पुग्याे नाउ खाेली तर्छु भन्दाभन्दै
जीवन भन्नु यस्तै रैछ अधुराे कहानी
नभरिने रैछ मानाे भर्छु भन्दाभन्दै
पाउभरि ठेस लाग्याे सर्छु भन्दाभन्दै ।

✍️चन्द्रावती अधिकारी?, कोहलपुर बाँके ।
२०८०/१२/०७

पञ्चाङ्ग:१५

माझेर मन हेरौँ हामी
पुराना भाका फेरौँ हामी
जमाना फेरियो अचेल
सिर्जना नयाँ केरौँ हामी
सत्यको मार्ग खेरौँ हामी।

✍️प्रभा पोखरेल , अमेरिका ।


सम्बन्धित शीर्षकहरु

बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी…

उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा…

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

प्रतिकृयाहरू
...