Monday 29th April 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय बीस (१२०)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/११/२१
………………………………..
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : हजुरको चाहना अनुसार मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।
अक्षर संख्या :- ५ देखि २५ सम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।
आज प्रजातन्त्र दिवसको अवसरमा पञ्चाङ्ग राख्नुहुन अनुरोध छ ।
पञ्चाङ्ग १
डाँडापाखा सबै आफ्नो जमाएर के गर्नु
काम नलाग्ने सम्पत्ति कमाएर के गर्नु
नदेखेपछि अपनत्व करले हुँदैन
टेक्ने नभए खुड्किलो समाएर के गर्नु
छुटेको नाता कुटुम्ब थमाएर के गर्नु !
सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

बिस्तारै अब ढल्दै छन् गति शिशिरका पनि
पीडामाथि दिने पीडा मति शिशिरका पनि
नफर्किने बनुन् सारा दुर्भाव मनभावका
नहुन् यता भएका यी खति शिशिरका पनि
नासिउन् भासिउन् भाला जति शिशिरका पनि ।

कलानिधि दाहाल
पञ्चाङ्ग ३

फाटेको यो मेरो मनलाई मैले सिईरहन सकूँ
तिमी सफल बन्ने प्रेरणा मैले दिईरहन सकूँ
बचनका वाणले मलाई पलपल घोचें पनि त
हाँसेरै अश्रुका निरहरू सधैँ पिईरहन सकूँ
बाहिर झुले पनि म भित्रभित्रै खिईरहन सकूँ ।

सिमा कार्की” समर्पण ”
पर्सा

पञ्चाङ्ग ४

अचेल हाम्रो देशको राजनीति देख्दा
हांसो लाग्छ यिनिहरूको वेथिती देख्दा
स्वार्थमा गठबन्धन् गर्छन् देश आचानो
दया नामक् चिज छैन अलिकिती देख्दा
रिश उठ्छ कहिले यिनैको रिती देख्दा ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग ५

पानी जस्तो रहेछ जिन्दगी बगेर जान्छ
आफ्नो भाग्यले आफैँलाई नै ठगेर जान्छ
रोगले अस्पताल पठाउँछ बाचौँ भन्दा
डाक्टर आउँछ ,थाउनो झैँ तगेर जान्छ
कालले थाहै नदिई कता लगेर जान्छ ।

सूर्य गिरी पोखरा

पञ्चाङ्ग ६

विवेकले छुटायो दोबाटो रुवाउने बनायो
तिम्रो अलग मेरो अलग सुहाउने बनायो
प्रेमको पोखरीमा बिगो उब्जाएको परिणाम
तिमी चै सुरक्षित मलाई डुबाउने बनायो
तिमीलाई आनन्द मलाई दुखाउने बनायो ।

अच्युत घिमिरे, सर्पाङ, भुटान

पञ्चनङ्ग ७

भ्रष्टाचारी नीति जगाएर देश लुटपाट गर्नेदेखि होसियार
सत्ता जान जोडा बनाएर देश लुटपाट गर्नेदेखि होसियार
राज्यको सम्पूर्ण जग भत्काएर लथालिङ्ग भताभूङ भयो राम्रो
विदेशी पुच्छर समाएर देश लुटपाट गर्नेदेखि होसियार
जनता बिचमा लडाएर देश लुटपाट गर्नेदेखि होसियार । ।

प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।

पघ्चाङ्ग ८

डुबेको देश यस्तै हो
बिग्रेको भेष यस्तै हो
दुई ढुङ्गाको तरुल
लागेको लेश यस्तै हो
चोरीको केस यस्तै हो ।।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ९

सोचे जस्तो छैन दुनियाँ अझ घात नगर
अर्कै छ समय अब त हात पात नगर
दुनियाँ त सबैलाई रङ्गीचङ्गी लाग्छ सधैँ
धर्म नै गर्नु छ भने भो जात~भात नगर
देखियो सबै फूर्तीहरू अब बात नगर ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग १०

कसैले मलाई अराउँदा पनि जोक लागेको छ आमा
मलाई एउटै गरिबी भन्ने रोग लागेको छ आमा
हँसाउने भन्दा रुवाउने यहाँ धेरै पाइँदो रहेछ
त्यसैले मलाई संघर्ष नै सबथोक लागेको छ आमा
सँघर्ष गर्दा आज मोहनीको डोक लागेको छ आमा ।

सुष्मा मगर –रोल्पा

पञ्चाङ्ग ११

नेतालाई त आदर्श मान्दै जनताले कति फूल खिले है
नेता भने अरिङ्गाल बनेर गरिबलाई चिल्न चिले है
राजनीतिमा जे गरे नेताले समाजले पनि त्यै गर्दैछ,
हिजोसम्म कत्रा कत्रा गाली गर्थे आज त कसरी मिले है
लाज घिन त पचाए पचाए अब त देश पनि निले है ।

-पशपती राई खोटाङ

पञ्चाङ्ग १२

उचालेर छोडीदिने कस्तो नमिठो
कोपिलामै तोडीदिने कस्तो नमिठो
यस्तो भएपछि कसरी मिल्छ कुरा
कहिल्यै नगोडीदिने कस्तो नमिठो
अर्कैतिर मोडीदिने कस्तो नमिठो ॥

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग १३

म मरेपछि स्वर्गमा भेट्नेछु त्यहीँ गएर
मनको कुरा र प्यास मेट्नेछु त्यहीँ गएर
मरेको दिन पक्कै होला रुवाबासी घरमा
धर्तीमा अन्तिम खुट्टा टेक्नेछु त्यहीँ गएर
चिताको बाटो स्वर्गमा लेट्नेछु त्यहीँ गएर ।

सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।

पञ्चाङ्ग १४

सोच्दैछु भिरबाटै खस्दैछु आज म
माटो सम्झी हिलोमा बस्दैछु आज म
रुप हेरें त्यो मन नबुझेर मैले
चरित्रहीन दाग धस्दैछु आज म
बैगुनीको जालमा फस्दैछु आज म ।

सरिता सेढाई धादिङ

पञ्चाङ्ग १५

व्यवस्थाले दिनदिनै रङ्ग फेर्दैछ
कामधाम नहुनेले ढङ्ग फेर्दैछ
कहिले पाउला खोई देशले मुक्ति
बदलाको आवाज कोसङ्ग फेर्दैछ
मित्रताको साईनो पो भङ्ग गर्दैछ ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग १६

नबुझ्ने भए मनको कुरा
बिरही उही वनको कुरा
मानिस आज उफ्रेको देख्छु
बेकार लाग्छ धनको कुरा
बुझ्दैन कोही जनको कुरा ।

– आर्त अकुलीन

पञ्चाङ्ग १७

भनेको कुरामा केही नथाप्दा
गाईको दुधमा दही नफाप्दा
हुने हार दैब नटार भयो
सोचेको कुरामा सही नराख्दा
पाकेको फलमा उहीँ नचाख्दा ।

टिकाराम पुन पुकार
छत्रेश्वरी गाउँपालिका २
सल्यान

पञ्चाङ्ग १८

समाचारले मन जलेर आयो
त्रासदिले शरिर गलेर आयो
फितलो कानुन किन सरकार
आसाको धरोहर ढलेर आयो
बिद्रोहको जलन बलेर आयो ।

संगीता खरेल
चन्द्रागिरी ८ काठमाडौँ

पञ्चाङ्ग १९

श्रीमानले धन पैसा सम्पति कमाउने हो
कमाएको पैसा सधैँ श्रीमतीले जमाउने हो
आजको लागि होइन भोलि पनि हेर्नु हामीले
पैसा भएपछि त दुवै जनाले रमाउने हो
दु:ख सुखमा एक अर्कोको हात समाउने हो ।

श्रीकृष्ण धामी – बझाङ


सम्बन्धित शीर्षकहरु

उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा…

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

हरि कृष्ण न्याैपाने - फेब्रुअरी २५, २०२४ का दिन कतारबाट देव महराले ह्वाट्सपमा खबर पठाउनुभयो । लेख्नुभएको थियो, ‘सर मेरो…

प्रतिकृयाहरू
...