Monday 29th April 2024

साप्ताहिक पञ्चाङ्ग चित्रपट, भाग :- एकहत्तर (७१)


“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकहत्तरौंमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८०/१२/ ०१गते

प्रशिक्षक :
————
सोमनाथ लुइटेल “रवि पाल्पालि
गुणनिधि घिमिरे
सुशीला पाैडेल

चित्र संकलन
—————–
सुशीला पाैडेल

संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य

शुद्धीकरण
————–
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई
पुष्पा नेपाल (सुवेदी )

संरचना
———
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी

प्रवर्तक तथा समायोजक
————-

सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
————————

चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
~~~~~~~~~~~~~~~~~~~
चित्रमा पञ्चाङ्ग

पञ्चाङ्ग:०१

पाकेको फल देखेपछि सबैको नजर पर्छ हजुर
ढुङ्गा लिएर हातमा मान्छे त अघिअघि सर्छ हजुर
उसलाई के मतलब कसको बारी कसले रोपेको
कसरी हुन्छ भुइँमा झार्न मात्रै प्रयत्न गर्छ हजुर
रोप्नेले चाख्नै पाउदैन अरुले नै भुँडी भर्छ हजुर।

✍️पशपती राई, खोटाङ ।

पञ्चाङ्ग:०२

कति राम्रो मीठो स्वादिलो फल फलेको छ
देख्ने मानिस लाई खान मन जलेको छ
फल फलाएर खान मल जल चाहिन्छ
फल फलेको देख्दा खेरि आँखा बलेको छ
मानव गरिखान लाई बल परेको छ।

✍️बेदु न्यौपाने ✍️🇳🇵

पञ्चाङ्ग:०३

लटरम्म फलेको याे फल देखियो
मिहिनेती किसानकाे बल देखियो
त्यसै उत्पादन कहाँ छ रेलिमाई
टन्न भिटामिन यहाँ मल देखियो ।
पाकेर झर्न लागेको पल देखियो

✍️भवानी घिमिरे, सर्लाही ।

पञ्चाङ्ग:०४

मिहिनेत गरे फल खान पाइन्छ
दुनियाँले सिको गर्छन् मान पाइन्छ
हात बाँधेर बसे ओठ तालु सुक्छन्
खट्न सके त अगाडि जान पाइन्छ
कर्मको फल साथमा लान पाइन्छ।

✍️प्रभा पोखरेल, अमेरिका ।

पञ्चाङ्ग:०५

भेटघाटमा पनि फल चाहिन्छ
त्यही जोगाउन नै मल चाहिन्छ
पुजादेखि उपहारसम्म चल्ने
सुन्दर बनाउन जल चाहिन्छ
खन्न अनि जोत्न नि बल चाहिन्छ।

✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।

चित्रमा पञ्चाङ्ग:०६

फल खानलाई बिरुवा नै रोप्नु पर्छ
गाई बस्तुबाट जोगाउन छोप्नु पर्छ
स्वास्थ्य बन्न नि उपयुक्त फलफूल
बिरुवा लगाएपछि सधैँ खोप्नु पर्छ
फल खानु अगाडि पानीमा चोप्नु पर्छ।

✍️सन्ध्या गौतम , काठमाडौं ।

पञ्चाङ्ग:०७

कति राम्रो मिहिनेतको फल हेर
प्रष्ट देखियो किसानको बल हेर
फल पाउन सबै तत्व मिल्नु पर्छ
आवश्यक हुन्छ त्यसको मल हेर
सबैभन्दा महत्त्वपूर्ण जल हेर।

✍️शोभा आचार्य गौतम, काठमाडौँ ।

पञ्चाङ्ग:०८

घोलेर नै पसिना माटोमा हिरामोती टिप्नु छ
पुराना उध्रिएको घर मलमाटोले लिप्नु छ
नछाड तिमिले यो धरती माटोलाई चटक्कै
पढी लेखी ज्ञनी हुन नि खुशीले अझै सिक्नु छ
उठाउ हात खाउ मस्त, पाकेको फल झिक्नु छ

✍️टिकाराम पुन पुकार , छत्रेश्वरी गाउँपालिका २
सल्यान।

पञ्चाङ्ग:०९

बोटको अम्बा एउटा पाकेको छ त अर्को काँचो छ
समाजको मानिस धेरै झुटो छ त थोरै साँचो छ
यस्तै दुई अनुहारले भरिएको यो संसारमा
कतिको पीडा छ त कतिको हाँसो सरिको चाँचो छ
कतिलाई सत्य र कतिलाई झुट बोल्ने खाँचो छ ।

✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

पञ्चाङ्ग:१०

फलफूलले पनि मानिसलाई संकेत दिएको देखिन्छ
फरक भएरै पनि एक आपस साथ लिएको देखिन्छ
सानो ठूलो त सोच मात्रै हो सबै समान सोच्नु पर्छ सधैँ
हेरौँ त कति मज्जाले ती मित्रताको हात सिएको देखिन्छ
कति मिलेर संगै हाँसेर दुईको आत्मा जिएको देखिन्छ ।

✍️दुर्गा आचार्य , मोरङ ।

पञ्चाङ्ग:११

पौष्टिकता नै प्रदान गर्दछ फलले सधैँ
तिर्खाको बेला तृप्त पार्दछ जलले सधैँ
परोपकारी बनौँ सबै फलकोबोट जस्तै
बाढीमा सबथोक बगाउँछ भलले सधैं
प्रभु भजौँ मनछ हाम्रो यो चञ्चले सधैं ।

✍️कार्की डिबी, माकुम
सुनवल-४, नवलपरासी ।

पञ्चाङ्ग:१२

हेर्दा पाकेको फल प्यारो
बिरुवालाई मल प्यारो
परिश्रम गर्ने किसान ,
उत्पादितको बल प्यारो
तिर्खाको बेला जल प्यारो ।।

✍️धनमाया चौधरी, कैलाली ।

पञ्चाङ्ग:१३

आपसमा सँगै बसे पाठ सिक्न सकिन्छ।
मिलेर बस्दा त हामी सबै टिक्न सकिन्छ।
केही सिकाउन खाेज्दैछ यी दुई फलले
मन भित्रबाट प्रेम रस झिक्न सकिन्छ।
मायालु संसारमा मायामा बिक्न सकिन्छ।

✍️सुशीला पौडेल

पञ्चाङ्ग:१४

मिहिनेत गरेपछि फल पनि फल्दाेरहेछ
जाँगर चलाएमा असफलता गल्दाेरहेछ
कहिल्यै भाेकै बस्नुपर्दैन रे श्रमजीवीलाई
सफलता पाएपछि दुखहरु ढल्दाेरहेछ
हाँसो,खुशीकाे मिश्रणले जिन्दगी चल्दाेरहेछ।

✍️उर्मिला के.शी., धनकुटा ।

पञ्चाङ्ग:१५

काँचो र पाकेको फलहरू आपसमा सिएको छ।
आँखाहरूले प्रकृतिकाे याे रंग रूप पिएकाे छ।
मान्छे मान्छेमा भेदभाव नगरी बाँच्नुपर्छ भन्दै
एकै रूप भएर दुवै नै आपसमा जिएको छ।
एक अर्कोमा मिलेर बस्नु पर्ने पाठ दिएको छ।

✍️ह्यारिस ।


सम्बन्धित शीर्षकहरु

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

हरि कृष्ण न्याैपाने - फेब्रुअरी २५, २०२४ का दिन कतारबाट देव महराले ह्वाट्सपमा खबर पठाउनुभयो । लेख्नुभएको थियो, ‘सर मेरो…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/०५ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...