Monday 29th April 2024

सरकारसँग सम्बन्धित तीन छोटा कविता


म विदेशमा छु तिमी स्वदेश छौं
म बेल्चा चलाउँछु,तिमी सरकार चलाउँछौ
म मिहिनेत गरेर बालबच्चा पाल्छु
तिमी बेल्चाको पसिनामा कर लगाउँछौ
त्यही करबाट आफ्ना छोरा छोरी
पढ्न विदेश पठाउँछौ!!

म बिदेशमा पसिना बेच्छु
तिमी देशमा इमान बेच्छौं
मेरो पसिनाले मेरो घर चल्छ
तिम्रो बैमानीले मेरो देश जल्छ!!

मैलेँ विदेशमा तातो घाम सहन्छु
परिवारलाई ठीक छू भन्छु
तिमी सरकारबाट फुत्कियो भने बहुलाउँछौं
सजाँय देश र जनतालाई दिन्छौँ!!

-नारायण कोइराला तानसेन,पाल्पा
हाल: कुवेत


सम्बन्धित शीर्षकहरु

बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी…

उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा…

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

प्रतिकृयाहरू
...