Tuesday 8th September 2026

सरकारसँग सम्बन्धित तीन छोटा कविता


म विदेशमा छु तिमी स्वदेश छौं
म बेल्चा चलाउँछु,तिमी सरकार चलाउँछौ
म मिहिनेत गरेर बालबच्चा पाल्छु
तिमी बेल्चाको पसिनामा कर लगाउँछौ
त्यही करबाट आफ्ना छोरा छोरी
पढ्न विदेश पठाउँछौ!!

म बिदेशमा पसिना बेच्छु
तिमी देशमा इमान बेच्छौं
मेरो पसिनाले मेरो घर चल्छ
तिम्रो बैमानीले मेरो देश जल्छ!!

मैलेँ विदेशमा तातो घाम सहन्छु
परिवारलाई ठीक छू भन्छु
तिमी सरकारबाट फुत्कियो भने बहुलाउँछौं
सजाँय देश र जनतालाई दिन्छौँ!!

-नारायण कोइराला तानसेन,पाल्पा
हाल: कुवेत


सम्बन्धित शीर्षकहरु

भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको १३ औँ दिनमा नेपालले सोमबार राष्ट्रिय शोक मनाएको छ। बाढीमा ज्यान गुमाएकाहरूको…

भोटेकोसी नदीमा आएको विनाशकारी हिमबाढीमा परी मृत्यु हुनेको संख्या १,३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार…

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

प्रतिकृयाहरू
...