Monday 29th April 2024

साप्ताहिक पञ्चाङ्ग भाग: छयासी (८६)


“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: छयासीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-८६

……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल

………………………
भाषा शुद्धीकरण:-
———–
पुष्पा सुवेदी नेपाल
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई

सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य

प्रवर्तक तथा संयोजक:-
=============

सोमनाथ लुइटेल “रवि पाल्पाल”
…………………………………..

अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य

पञ्चाङ्ग:०१

जीवन र जगतलाई धान्नु छ।
आफ्नो भन्नेलाई पराई ठान्नु छ।
घरकैले दूषित बनाए पछि,
अब पराईलाई आफ्नो मान्नु छ।
को आफ्नो को पराई भनी जान्नु छ।

✍️सुशीला पौडेल ।

पञ्चाङ्ग:०२

चलिरहेको सास पनि लिएर जाऊ
टुक्रिएको मन छ मेरो सिएर जाऊ
मसँग नबोल्दा तिमी खुसी हुन्छौ भने
खुसी भई हर्षको दारू पिएर जाऊ।
मलाई केवल त्यो आँसु दिएर जाउ

✍️ नाम- सुष्मा मगर रोल्पा
ठेगाना – सुन्छहरी गाउँ पालिका ५ नङ्ग्रवान बस्ती ।

पञ्चाङ्ग:-०३

प्रभुकै सन्तान हौ प्राणी जगत सारा हामी
ऊर्जा मिल्दछ खाएमा शुद्ध आहारा हामी
पौष्टिक आहारले नै राम्रो स्वास्थ्य मिल्दछ
सुमार्गी नबनीकन किन बन्ने आवारा हामी
जल पिपासुका लागि बनौँ जल-धारा हामी ।

✍️कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी।

पञ्चाङ्ग:०४

असल बानीले हाम्रो बनाउँछ देश सधैँ
दुष्ट प्रबृतिले गनाउँछ परिवेश सधैँ
हामीमै छ विविध प्रकृति चलखेल यहाँ
आपस्तको मिलापले जनाउँछ फेस सधैँ
भद्रता सहिष्णुताले मनाउँछ बेस सधैँ ।

✍️कमला देवकोटा, पाल्पा ।

पञ्चाङ्ग:०५

धर्म र मान्छे अलग कुरा हो
घाँटी रेट्ने त आखिर छुरा हो
सबैलाई संकेत गर्न बज्ने
एउटा भजनमा मजुरा हो
अर्को नारीको हातको चुरा हो।

✍️देवी पन्थी

पञ्चाङ्ग:०६

म पो काँडा थिएँ तिमी फूल भयौ
हिड्दै गरेका बाटाको धुल भयौ
कति राम्रो पवित्र विचार तिम्रो
कुराले ठुलै घरको कुल भयौ
मेरो ओठ चिस्याउने मुल भयौ ।

✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।

पञ्चाङ्ग:०७
०१)
सबैभन्दा अघि जान्ने हुनुपर्छ तिमी
ठुलाले भनेको मान्ने हुनुपर्छ तिमी
तिमी मेरो प्राण है जिन्दगी भएकी छौ
सबैको नजरले तान्ने हुनुपर्छ तिमी
कामलाई बुझी धान्ने हुनुपर्छ तिमी ।
०२)
मलाई मात्र बोध खाल भयो जिन्दगी
कसरी आज पनि काल भयो जिन्दगी
मैले बुझ्न सकिन यति मात्र रहेछ
स्वार्थमा गतिहीन चाल भयो जिन्दगी
सानो ठूलो आउने छाल भयो जिन्दगी ।
०३)
तिम्रै सम्झनामा आँसु झारेकी छु मैले
बाटो हेर्दाहेर्दा साँच्चै हारेकी छु मैले
कति पर्खनु भन आँसु पनि सकियो
तिम्रो पर्खाइमा मन बारेकी छु मैले
मनको इच्छा पानीमा तारेकी छु मैले।

✍️सन्ध्या गौतम , काठमाडौं ।

पञ्चाङ्ग:०८

दिनभरि काम गर्यो केही छैन हातमा त मात्रै ठेला भयो
हिजो पनि उस्तै आज पनि उस्तै यो जिन्दगी कस्तो खेला भयो
कर्म गरे फल अवश्य मिल्छ भनेर भन्थे जान्ने बुझ्नेहरु,
खै यो दुखीले त एकैपेट खान नपाउने कस्तो झेला भयो
सृष्टि पालकको नजरमा यो दुखी नै किन सधैं हेला भयो।

✍️पशपती राई खोटाङ ।

पञ्चाङ्ग:०९

मेरो मनमा गाँठो परेकोछ फुकाएर जाऊ
तिम्रा ती दुई नयनका आँसु लुकाएर जाऊ
नदेखाउ तिम्रा मन भित्र गुम्सिएका हर्कत
तिमी प्रति मेरो प्रेमको मूल्य चुकाएर जाऊ
जे जति छ भए भरको सबै सुकाएर जाऊ।

✍️सरस्वती श्रेष्ठ इटहरी ।

पञ्चाङ्ग:१०

सधैं खुसी हुन्छौ तिमी भीरमा बसेर ।
फुलिरहन्छ्यौ हिमाली शिरमा बसेर ।
प्रकृतिकाे नीति नियम पालना गर्दै ,
थाेरै पनि खिन्न हुन्नौ तिरमा बसेर ।
अबिचलित देखिन्नौ धीरमा बसेर ।

✍️भवानी घिमिरे, सर्लाही ।

पञ्चाङ :११

सभ्यता संस्कारले बनाउँछ हेर
संस्कार व्यवहारले बनाउँछ हेर
सच्चा मान्छे पाउनै गाह्रो भयोअचेल
कस्तो व्यक्ति आचारले बनाउँछ हेर
विनम्र उस्को सदाचारले बनाउँछ हेर ।

✍️दुर्गा भट्टराई ।

पञ्चाङ्ग:१२

हाम्राे देशको नेता सडेका छन्
बिदेशी ढाड माथि चडेका छन्
देशमा अनकौँ विकृति ल्याए
अब जनता अघि बडेका छन्
सबै चुप भएर अडेका छन् ।

✍️ बेदु न्यौपाने ✍️🇳🇵

पञ्चाङ्ग:१३

मुटु झिक्यौँ मेरै हातमा थमाएर गयौँ
एक्लै पार्यौँ पराई हात समाएर गयौँ
भाग्यमानी ठान्थ्ये म चोखो माया पाएँ भनी
स्वार्थी बनेर अर्कै संग रमाएर गयौँ
कसम तोडी दिलमा डेरा जमाएर गयौँ।

✍️दुर्गा आचार्य , मोरङ ।

पञ्चाङ्ग:१४
०१)
मायाको ती हात समाउँनु छ
जुनी भरी साथै रमाउनु छ
अग्नीको फेरो लिई समाजमा
तिमी मेरो भनी जनाउनु छ
दुई देह एक बनाउनु छ ।
०२)
यो मन बाँधी दिने तिम्रो म खाल भयो
म खुशी हुने तिम्रो माया नै ढाल भयो
अनायासै सम्बन्ध तोडी नजाउ सानू
तिमी छोडेर जाँदा आँशुको ताल भयो
मायाको नाता छुट्दा लडेको साल भयो।
०३)
यो मनलाई अन्तै सारेकी छैन मैले
भमरा जसरी नि चारेकी छैन मैले
प्रेमको सिचाई गर्छु बगरमा सधैँ
बिफल हुँदा नीर झारेकी छैन मैले
गर्छु कोसिस आस मारेकी छैन मैले।

✍️सीमा कार्की समर्पण , काठमाडौं ।

पञ्चाङ्ग:१५

आउँछ घर भनेर हाे कि टारेकी रहिछाै
साँच्चै भनेर भ्रमकाे खेती पारेकी रहिछाै
कुकुर देखि हाेसियार भै के लेख्नु पर्थ्याे र
इमान आफ्नो जमानी राखि सारेकी रहिछाै
संसारदेखि विरक्त किन हारेकी रहिछाै।

✍️सुरेश चन्द्र घिमिरे ।
Somnath
Somnath Luitel Ravi Palpali


सम्बन्धित शीर्षकहरु

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

हरि कृष्ण न्याैपाने - फेब्रुअरी २५, २०२४ का दिन कतारबाट देव महराले ह्वाट्सपमा खबर पठाउनुभयो । लेख्नुभएको थियो, ‘सर मेरो…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/०५ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...