Monday 29th April 2024

गोबिन्द राज ओझा (राजन)को गीति कविताः तिमीलाई सधैँ सपनीमा…


तिमीलाई सधैँ सपनीमा देख्ने गर्थे
तिमीलाई हेर्न भनी यहाँ सम्म पुगे
तिम्रो आँखालाई माया गर्न थाले
त्यो मुस्कानलाई हेर्न खोजे
 
केही समय तिमि सँग बस्न समय माग्छु
जिन्दगीमा तिमिलाई मैले पाएको छु
अब के गर्ने सोच्दै छु
मनको भावनामा तिमिलाई राखेको छु
 
तिमीलाई हेर्दा मेरो मन पग्लिन्छ
हरेक दिन  तिमीलाई धेरै र अधिक माया छ
तिम्रो जस्तो असल मन धेरै कमै हुन्छ
तिमी मेरो संसार हौ तिमि बाट जीवन सुरु हुन्छ
 
तिम्रो साथमा जिन्दगी जिउँदै छु
जब म तिम्रो काखमा निदाउनेछु
तिमिलाई सधैँ सपनीमा देख्ने गर्थे
तिमिलाई हेर्न भनी यहाँ सम्म पुगे ।।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा…

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

हरि कृष्ण न्याैपाने - फेब्रुअरी २५, २०२४ का दिन कतारबाट देव महराले ह्वाट्सपमा खबर पठाउनुभयो । लेख्नुभएको थियो, ‘सर मेरो…

प्रतिकृयाहरू
...