Wednesday 11th March 2026

८ बुँदे सहमतिपत्र ७ बुँदा कायम गरि संसोधन


सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादी थपिएपछि नयाँ सहमतिपत्रमा पुरानो सहमति संशोधन गरिएको छ । यसअघि २१ फागुनमा चार दलबीच भएको ८ बुँदे सहमतिपत्र ७ बुँदा कायम गरि संसोधन गरिएको हो ।
समाजवादीले राष्ट्रियसभा उपाध्यक्ष दाबी गरेको छ । यसअघिकोे ८ बुँदे सहमतिपत्रमा राष्ट्रियसभा अध्यक्ष नेकपा माओवादी केन्द्र र राष्ट्रियसभा उपाध्यक्ष एमालेले लिने उल्लेख थियो ।

तर एकीकृत समाजवादीले राष्ट्रियसभा उपाध्यक्ष दाबी गरेपछि नयाँ सहमतिपत्रमा पुरानो सहमति संशोधन गरिएको हो । राष्ट्रियसभा उपाध्यक्षबारे छलफल गर्न एमाले तयार भएपछि संशोधनसहित नयाँ सहमति भएको हो ।
समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनको सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

प्रतिकृयाहरू
...