Tuesday 31st March 2026

२०८० को “कमल राष्ट्रिय सुकर्म पुरस्कार” आगामी चैत्र १० मा प्रदान गरिने


नारायण कोइराला – शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले २०८० सालको ” कमल राष्ट्रिय सुकर्म पुरस्कार ” यही चैत १० शनिबार विशेष कार्यक्रमको आयोजना गरी प्रदान गर्ने भएको छ । ” साहित्यकार झपेन्द्र जि.सी. , बैधराज बिश्वमान बज्राचार्य , समाजसेवी राधा भारती , कलाकार अशोक मान सिंह र शिक्षाविद बुद्धिप्रसाद शर्मालाई प्रदान गरिसकेको यो पुरस्कारद्वारा यश वर्ष सम्मानित , पुरस्कृत व्यक्तित्वको नाम सोही दिनमै घोषणा गरी पुरस्कृत गरिनेछ ” भनी प्रतिष्ठानका अध्यक्ष पुष्कर अथक रेग्मीले बताउनु भयो ।

शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठानमा शिक्षा स्वास्थ्य साहित्य र स्वयंसेवाका क्षेत्रमा गरि १० वटा पुरस्कार , सम्मानहरू स्थापना भएका छन् । यी पुरस्कारहरू प्रतिष्ठानले हरेक बर्ष मंसिर पूर्णिमाको सेरोफेरो वार्षिक दिवसको अवसरमा प्रदान गर्दै आइरहेको छ भने राजनीतिज्ञ साहित्यकार कमल राज रेग्मीको नाममा स्थापित पुरस्कार विभिन्न अवसर पारेर विगत ५ वर्षदेखि प्रदान गर्दै आइरहेको छ ।कमल राज रेग्मी बर्ष पुरस्कारको नाममा दिइदै आइएको यो पुरस्कारको नाम यसबर्षदेखि कमल राष्ट्रिय सुकर्म पुरस्कार राखिएको छ।

प्रा. डा. प्रकाशराज रेग्मीद्वारा स्थापित यो पुरस्कारको नगद राशी शुरूमा रू.२५ हजार रहेकोमा गतेदेखि नगद रू.५१ हजार रहेको छ । प्रतिष्ठानका संरक्षक समेत रहनु भएका डा. प्रकाश राज रेग्मीले बिभिन्र विधालयका बिधार्थीहरूलाइ विधालय र उच्च शिक्षाका लागि चारवर्षे छात्रवृत्ति समेत प्रलान गर्दै अाउनु भएको छ । शिक्षा स्वास्थ्य र साहित्यको क्षेत्रमा स्वयंसेवी रूपमा संचालित यस प्रतिष्ठानका गतिविधिहरू उदाहरणीय रहदै अाएका छन् ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...