Saturday 18th May 2024

चित्रपट पञ्चाङ्ग, भाग – सत्तरी (७०)


“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार” भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- सत्तरीऔमा हामी पुगेका छौं।

लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८०/११/ २४गते

प्रशिक्षक :
————
सोमनाथ लुइटेल “रवि पाल्पालि
गुणनिधि घिमिरे
सुशीला पाैडेल

चित्र संकलन
—————–
सुशीला पाैडेल

संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य

शुद्धीकरण
————–
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई
पुष्पा नेपाल (सुवेदी )

संरचना
———
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी

प्रवर्तक तथा समायोजक
—————–
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
————————

चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
~~~~~~~~~~~~~~~~~~~
चित्रमा पञ्चाङ्ग
~~~~~~~~
पञ्चाङ्ग:०१

प्रेमको दीप जलाउनु छ।
दुश्मनलाई ढलाउनुु छ।
प्रेम बिना बाँच्न सकिँदैन,
नयाँ अंकुर पलाउनु छ।
जीवनलाई चलाउनु छ।

✍️सुशीला पाैडेल

पञ्चाङ्ग:०२

माया पनि कस्तो बस्यो छोड्नै नसकिने।
बाँधेको बन्धन त्यसै तोड्नै नसकिने।
तिमी बिना संसार अँध्यारो लाग्ने भयो,
माया यस्तो पनि नहोस् जोड्नै नसकिने।
सम्बन्ध नहोस् खराब मोड्नै नसकिने ।

✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” बर्दिया ।

पञ्चाङ्ग:०३

कसैको नाम लिएर बस्नुको मज्जा बेग्लैछ
पुरानो वस्त्र सिएर बस्नुको मज्जा बेग्लैछ
कसरी बिर्सुँ यति धेरै याद दिलाएपछि
तिम्रो नाममा पिएर बस्नुको मज्जा बेग्लैछ
मायालाई दिएर बस्नुको मज्जा बेग्लैछ ।

✍️सन्ध्या गौतम, काठमाडौं ।

पञचाङ्ग:०४

तिमी हामी माया प्रिती पिरम गासौँ भन्छु।
तन मन वचनले जीवन टासौँ भन्छु।
जातपात नमिले पनि मन मिल्यो हाम्रो,
खुसी भएर जिन्दगीमा सधैँ हाँसौँ भन्छु।
समाजका कुरीतिलाई अब मासौँ भन्छु ॥

✍️गुणनिधि घिमिरे, अमेरिका ।

पञ्चाङ्ग:०५

सधैं भरि ‌ तिमीलाई हेरि रहन पाउँ।
आफ्नै सम्झिंअँगालोमा बेरि रहन पाउँ।
तिमी सँगै जिउने मर्ने बाचा गरि सके
सदैव तिम्रो जिन्दगी सेरी रहन पाउँ।
मेरो मायाले तिम्रो मन घेरी रहन पाउँ।

✍️ सुष्मा मगर,
ठेगाना- सुन्छहरी गा वि स वडा नं.-५, साबिकको नाँग्रबाङ बस्ती

पञ्चाङ्ग:०६

हाम्राे प्रेम गर्ने उमेर हाे ।
एक आपसमा चुमेर हाे।
हाम्राे उमेर मन मिलेकाे,
याैवन प्यासमा झुमेर हाे
जग्गेकाे आगाे नि घुमेर हाे।

✍️म प्र घि

पञ्चाङ्ग:०७

यति सानै उमेरमा प्रेमको नशा लागेछ है।
विवेकको सिमा पनि अन्धो प्रेमले नागेछ है।
प्रेम गर्नु पाप होइन ,धर्म पनि के गर्ला र,
भविष्यले लाज मान्यो वर्तमान नै भागेछ है।
अँध्यारोमा निभ्यो बत्ती उज्यालैमा पो जागेछ है।

✍️पशपती राई, खोटाङ ।

पञ्चाङ्:०८

शिवरात्रिमा छरिएछन् कति धेरै मान्छे।
सौन्दर्यले नै भरिएछन् कति धेरै मान्छे।
शिवरात्रि रौनक् छायो खुसी भयौँ आज,
भजन् किर्तन गरिएछन् कति धेर मान्छे।
समाजमा पो परिएछन् कति धेरै मान्छे।

✍️बेदु न्यौपाने ✍️❤️

पञ्चाङ्ग:०९

अनगिन्ती सपना बोकेर यहाँ।
माया प्रेम दिलमा तोकेर यहाँ।
प्रेमील संसार सजाउनु पर्छ,
आफ्नाे प्याराे मायालु रोकेर यहाँ।
बनाउनुछ छाती ठाेकेर यहाँ।

✍️ह्यारिस ।

पञ्चाङ्ग:१०

जवानीकाे जाेसमा तिमी र म ।
बेहाेस र हाेसमा तिमी र म ।
फूल यसैगरी फुल्छ सृष्टिको ,
यहाँ छैन दाेषमा तिमी र म ।
तरल याे ठाेसमा तिमी र म ।

✍️भवानी घिमिरे,सर्लाही ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...