Saturday 18th May 2024

साप्ताहिक पञ्चाङ्ग, भाग – पचासी (८५)


पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: पचासीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-८५

विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८०/११/२१
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
पुष्पा सुवेदी नेपाल
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई

सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य

प्रवर्तक तथा संयोजक:-
…………..………………
सोमनाथ लुइटेल “रवि पाल्पाली”
======================

अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य

पञ्चाङ्ग:०१

नजिक नजिक नआऊ है कान्छा त्याे चाल मारेर ।
लाेभ लालचा अनेकन देखाउँदै जाल मारेर ।
सच्चा प्रेम दिलमा हुन्छ शान्त गहिराे समुद्र झैँ ,
उग्र रूप देखाउनु हुन्न भन्दैछु ताल मारेर ।
खेर नफालौँ नश्रर शरीर यहाँ फाल मारेर ।

✍️भवानी घिमिरे, सर्लाही ।

पञ्चाङ्ग:०२

सक्छौ भने माया गरेर हेर।
खुसीले जिन्दगी भरेर हेर।
म बाँचेकै प्रिय तिम्रो लागि हो,
बिन्ती तिमी अघि सरेर हेर।
दम्भको पहाड झरेर हेर !

✍️वसन्त अनुभव, घोराही दाङ ।

पञ्चाङ्ग:०३

धिक्कार वा हकार तिम्रो नै माया हो म।
जता जान्छौ उतै आउँने त्यो छाँया हो म ।
मलाई लाग्छ माया तिमीलाई गर्दिनौ,
साथ छोड्दिन कहिले तिम्रो दायाँ हो म ।
जीवन भरिको लागि तिम्रो काया हो म ।

✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।

पञ्चाङ्ग :०४

मेरो दिल भित्र राज गरि बसेको मान्छे तिमी ।
थाहा नभै सुटुक्क मनमा पसेको मान्छे तिमी।
हामी दुई किनारा भैरहे पनि अहिले प्रिय,
देह भन्दै मैले अँगालोमा कसेको मान्छे तिमी।
तिम्रो चित्र मेरो मस्तिष्कमा धसेको मान्छे तिमी ।

✍️सिमा कार्की” समर्पण ” पर्सा जिल्ला
ठोरी गाउँ पालिका वडा नं.४मेलचोक

पञ्चाङ्ग:०५

प्रेमको फूल फुलाउनु छ।
त्यसमै मन झुलाउनु छ।
आएको तगारो हटाएर,
प्रेममा आँखा धुलाउनु छ।
स्वप्ना र बिपना घुलाउनु छ।

✍️सुशीला पाैडेल

पञ्चाङ्ग:०६

तिम्रो होस्टलमा झुन्डिएर मर्न आउँदै छु।
महंगो भएपनि पुरै फी भर्न आउँदै छु।
छात्रबासमा वार्डनहरू के कस्ता छन् कुन्नि,
कुनियत हुनेको जागीर हर्न आउँदै छु।
आजैदेखि होस्टलमा छड्के गर्न आउँदै छु।

✍️देवी पन्थी /////

पञ्चाङ्ग:०७

दुखमा मिलेर काम गरौँला आमा
दाजु भाइले मानो भरौँला आमा
पाखुरामा बल मनमा आँट छ नि
सहयोग गर्न अघि सरौँला आमा
बाँझो खेतलाई जोती छरौँला आमा ।

✍️सन्ध्या गौतम, काठमाडौं ।

पञ्चाङ्ग:०८

पापीहरुलाई भगाउनु छ।
धर्म गर्नेलाई मगाउनु छ।
कलि आजको भोलि देखिन्छ रे,
राम्रो चिजलाई जगाउनु छ।
दुष्टलाई तह लगाउनु छ।

पञ्चाङ्ग:०९

यदि ममा काफी छौ भने दायाँ भएर बस।
कसैले नसोधी आएर बायाँ भएर बस।
यस्तै हो जिन्दगी भन्ने घामपानी हुँदै गर्छ,
आउ प्रिय मेरो समीप छायाँ भएर बस।
कसैको नजर नपरोस् मायाँ भएर बस।

✍️बेदु न्यौपाने ✍️🇳🇵

पञ्चाङ्ग :१०

दिनानुदिन समाचार सुनेर पेट मिचेर हाँसो उठ्छ हजुर।
प्रिय जनका पनि कुरा गुनेर पेट मिचेर हाँसो उठ्छ हजुर।
नुहार बिरुवा पानी नपाएर पक्क पक्क पर्दा कता कता थिए,
षड्यन्त्र पुर्ण सत्ता जाल बुनेर पेट मिचेर हाँस उठ्छ हजुर।
शक्तिले नियम कानुन थुनेर पेट मिचेर हाँस उठ्छ हजुर ।

✍️प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे ।

पञ्चाङ्ग:११

केही दिनमै म परदेश जाँदैछु आमा।
देशको माया मनमै बोकी लाँदैछु आमा।
कति छिटै परदेश हिँड्ने दिन त आइ गो,
सन्तले खाना अन्तिम चोटि खाँदैछु आमा।
मन्दिरमा पुज्ने मूर्ति जस्तो ठान्दैछु आमा।

✍️ सुष्मा मगर रोल्पा
ठेगाना सुन्छहरी गा वि स वडा नं.५ साबिकको नाँग्रबाङ बष्ती

पञ्चाङ्ग:१२

आफ्नो भाग्य आफैंले लेख्ने हो भावीको भरमा पर्ने हैन।
भगवानकै भरोसा गरि पुजा पाठ मात्रै गर्ने हैन।
कर्म गरेर मात्रै नया युगको निर्माण गर्न सकिन्छ,
जिन्दगीमा केही नगरी हात मात्रै बाँधेर मर्ने हैन।
जीवन सार्थक बनाउने हो भाग्यको भ्रम छर्ने हैन।

✍️पशपती राई खोटाङ ।

पञ्चाङ्:१३

अन्न पानी दिनलाई माता चाहियो
दुखद समयमा झन् दाता चाहियो
जीवन मिल्यो जन्मेपछि मर्ने खाले
पालन गर्ने देवता धाता चाहियो
रक्षा गर्ने संरक्षक पाता चाहियो ।

✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

पञ्चाङ्ग:१४

दु:ख पर्दा पनि आफ्ना सोचेकाले खुट्टा तानेको देखियो।
अगाडि ठिक्क पार्दे पछाडि बाट छुरा हानेको देखियो ।
लाग्छ हेर्दा सबै ठिकै जस्तो, नबुझिने पारामा यसरी,
दायाँबायाँ फुँदाहरु बेर्दै कुराले पो बानेको देखियो।
असक्तलाई पर फालेर हिम्मतीला छानेको देखियो।

✍️दुर्गा आचार्य, मोरङ ।

पञ्चाङ्ग:१५

हेर्दाहेर्दै न्याय हराउन लाग्यो
दुःख अनि पिडा भराउन लाग्यो
न्यायका कानुन अन्धा भए पछि
छैन है विश्वास सराउन लाग्यो
हेर आन्दोलन कराउन लाग्यो ।

✍️शोभा आचार्य गौतम , काठमाडौँ।

पञ्चाङ्ग:१६

मान्छेकाे आयु दिन प्रतिदिन घट्दै जान्छ
बिस्तारै आँखाकाे उज्यालाे पनि हट्दै जान्छ
कसले जानेकाे छ मान्छेकाे कति वर्ष हाे
जिन्दगी जवानी बुढापा बीच बट्दै जान्छ
हेर्दाहेर्दै दु:ख र खुशी सब कट्दै जान्छ।

✍️नवराज भट्ट, कञ्चनपुर ।

पञ्चाङ्ग:१७

चेतनाको दियो बाल सरकार
पीडामा ओखती हाल सरकार
किन सुरक्षाको छानो चुहिँदै छ
व्वाँसा छिर्ने भ्वाङ टाल सरकार
दोषीको गर्दन ढाल सरकार।

✍️प्रभा पोखरेल ।

पञ्चाङ्ग:१८

सम्पत्ति जाेर्न नी सुख कहाँ छ र
बसी बसी खाँदा दुःख कहाँ छ र
छपाउँछ नाेट सिक्का मेशिनले
धन पैसा फल्ने रुख कहाँ छ र
ल्याउ भन्दा दिने मुख कहाँ छ र ।

✍️सूर्य गिरी पाेखरा ।

पञ्चाङ्ग:१९

बिहानीको झुल्के घाम लाग्यो अब
काठिने यो चिसो पनी भाग्यो अब
रुख पातले पालुवा फेर्न लागे,
उखरमाउलो तातो जाग्यो अब
शरिरले शितलता माग्यो अब।

✍️सरिता सेढाई, धादिङ चरौंदी ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...