Saturday 18th May 2024

सन्ध्या गौतमका विविध विषयमा लेखिएका उत्कृष्ट पञ्चाङ्गहरू


पञ्चाङ्ग ०१

दु:ख पर्दा कहेको भए राम्रो हुन्थ्यो
केही कुरा सहेको भए राम्रो हुन्थ्यो
राम्रो हुदाँ सबैले राम्रो भन्ने गर्छन्
आगो जस्तै डहेको भए राम्रो हुन्थ्यो
सबैसँग रहेको भए राम्रो हुन्थ्यो।

पञ्चाङ्ग ०२

मलाई पीर लाग्न थाल्यो
उकालो भिर लाग्न थाल्यो
हृदय आत्तिएको बेला
चलेको तीर लाग्न थाल्यो
जोगिँदा शिर लाग्न थाल्यो ।

पञ्चाङ्ग ०३

दुखमा मिलेर काम गरौँला आमा
दाजु भाइले मानो भरौँला आमा
पाखुरामा बल मनमा आँट छ नि
सहयोग गर्न अघि सरौँला आमा
बाँझो खेतलाई जोती छरौँला आमा ।

पञ्चाङ्ग ०४

आजको त दिनलाई काट्न दु:ख भयो
मसँग गरेका कुरा बाँट्न दु:ख भयो
तिम्रोसाथ पाउँछु पाउन्न के भनुँ म
एक आपसमा पीडा साट्न दु:ख भयो
को राम्रो को नराम्रो त्यो छाँट्न दु:ख भयो।

पञ्चाङ्ग ०५

राष्ट्रको गौरव राख्ने झन्डा चाइन्छ साथी
चन्द्र र सुर्य अंकित कहाँ पाइन्छ साथी
विश्वमा हाम्रो जस्तो झण्डा कहि छैन हेर
झण्डाको अस्मिता जोगाउन धाइन्छ साथी
यसै झण्डाको कसम हामी खाइन्छ साथी ।

पञ्चाङ्ग ०६

तिम्रो साथले मलाई मुक्ति मिलोस्
सेवा सत्कार गर्नेछु युक्ति मिलोस्
बाँच्दासम्म साथ चाहिन्छ मलाई
तिम्रो शरणमा नै छु जुक्ति मिलोस्
सल्लाह सुझाव साथै उक्ति मिलोस्।

पञ्चाङ्ग ०७

तिमीले भनेको कुरा मानेको छु
अब त मैले नि सबै जानेको छु
कठिन हुन्छ साथ छुट्ला कि भनी
त्यसैले हृदयमा नै तानेको छु
आफ्नै सम्झी तिमीलाई छानेको छु

पञ्चाङ्ग ०८

सत्य बोलेमा बोली बिकाउ हुन सक्छ
नजाने पनि कार्य सिकाउ हुन सक्छ
निरुत्साहित गर्न हुन्न दिनु हौसला
विश्वास छैन भने झिकाउ हुन सक्छ
नपत्याएको पनि टिकाउ हुन सक्छ।

पञ्चाङ्ग ०९

तिम्रो लागि मर्छु बरु
तिम्रै भर पर्छु बरु
देउ माया छाया दिन्छु
तिम्रै लागि गर्छु बरु
परेपछि हर्छु बरु।

पञ्चाङ्ग १०

तिम्रो अधिकार हो भन्नेले छान्न दिनुपर्छ
मन नपरेको व्यक्तिलाई हान्न दिनुपर्छ
काम गर्नेलाई काम देउ दाम जान्नेलाई
बलियो भएका जतिलाई तान्न दिनुपर्छ
कर्तव्य वहन गर्छ भने धान्न दिनुपर्छ ।

पञ्चाङ्ग ११

मन माया भनेर दिल खसेछ कि अचेल
तिम्रो पवित्र माया भनी बसेछ कि अचेल
जातभात भनी-भनी कति तुच्छ बन्यो
अछुत कहाँ छ र त्यहाँं पसेछ कि अचेल
अन्याय छान्दै जनताले डसेछ कि अचेल ।

पञ्चाङ्ग १२

मनमा ज्ञान भरिदेउ माता सरस्वती
पहिला बुद्धि छरिदेउ माता सरस्वती
विवेक सकिँदैछ सबैलाई प्रकाश दिनु
दु:खका दिन हरिदेउ माता सरस्वती
दिलमा सधैँ सरिदेउ माता सरस्वती ।

पञ्चाङ्ग १३

नेपाली बनेर गर माया भए नेपालको
देशको लागि नै मर माया भए नेपालको
छाती माथी चलाउनु गोलि थाप्न तयार छु
जनताको दु:ख हर माया भए नेपालको
देश भित्र शान्ति छर माया भए नेपालको ।

पञ्चाङ्ग १४

तिम्रो मेरो विचार एउटै बनाउ है
हृदयलाई जसरी पनि मनाउ है
दिलको कुरा दिलले भन्नू पर्छ तिमी
भुलचुक भएनि सुधारी भनाउ है
मायाको बुझाइले सूचना जनाउ है।

पञ्चाङ्ग १५

कहाँ छ स्वतन्त्र कस्तोलाई भनुँ प्रजातन्त्र
नारा र जुलुस सस्तोलाई भनुँ प्रजातन्त्र
प्रजातन्त्र त आयो यिनै नेताहरूलाई नै
अधिकार छैन त्यस्तोलाई भनुँ प्रजातन्त्र
अस्ताउने नेता अस्तोलाई भनुँ प्रजातन्त्र।

पञ्चाङ्ग १६

मायासँग मिल्ने दिन जुरेन मलाई
पर्खि बसेको उनैले कुरेन मलाई
बन्धन राम्रोसँग बाध्नुपर्छ मायाले
प्रेमको खाडलले नि पुरेन मलाई
एउटा शब्द कहिले फुरेन मलाई।

पञ्चाङ्ग १७

एउटा कुरा तिमीलाई भन्नू छ मलाई आज
तिमीलाई भेट्ने पाइला गन्नु छ मलाई आज
मरेपछि हाम्रो हृदयको कथा-व्यथा सकिन्छ
सदैव मायाले प्रस्तावै छन्नु छ मलाई आज
जसरी भए पनि तिम्रो नै बन्नु छ मलाई आज।

पञ्चाङ्ग १८

दिन काट्यो साथी हेरि हेरि आज
रात काट्यो कोल्टो फेरि फेरि आज
यस्तै भयो माया गरेपछि हुने
माया बस्छ चित्र केरि केरि आज
मायालाई राख्छु दिलमा बेरि आज।

पञ्चाङ्ग १९

मेरो प्राण हो तिमी सास कसरी फेर्न सक्छु
तिमीलाई दिल भरी अँङ्गालोले बेर्न सक्छु
माया बस्यो मुटुमा धोका भए म मर्ने हो
तिमी टाढा भएको म कसरी हेर्न सक्छु
तिम्रो आदेशलाई त सहजै टेर्न सक्छु।

पञ्चाङ्ग २०

भयो देशमा दुर्गति रमाउने ठाउँ छैन
उद्योग धन्दा ठप्प भो कमाउने ठाउँ छैन
भ्रष्टाचारको प्रकोप महङ्गीले डाँडै काट्यो
पैसा भएपछि रम्ने जमाउने ठाउँ छैन
आफन्तले साथ छोडे समाउने ठाउँ छैन ।

पञ्चाङ्ग २१

जीवनमा हरेक पल मोड आउँछ
माया गरेपछि एक तोड आउँछ
हरघडी साथ त छोड्ने छैन तिम्रो
दुई आत्माको एउटा जोड आउँछ
आफ्नै भए टाढा जान्न छोड आउँछ ।

पञ्चाङ्ग २२

आकाशमा रहेका एक पुञ्ज तारो देख्छु
हेर्दा चम्किने सबैभन्दा एक्लो प्यारो देख्छु
अन्तरिक्ष यात्री नि तारा नजिक पुगेछन्
कहिलेकाही माथी त चम्किलो दारो देख्छु
जून कति राम्रो अनौठो ठुलो दारो देख्छु।

पञ्चाङ्ग २३

कसैको नाम लिएर बस्नुको मज्जा बेग्लैछ
पुरानो वस्त्र सिएर बस्नुको मज्जा बेग्लैछ
कसरी बिर्सुँ यति धेरै याद दिलाएपछि
तिम्रो नाममा पिएर बस्नुको मज्जा बेग्लैछ
अरुलाई दिएर बस्नुको मज्जा बेग्लैछ ।

पञ्चाङ्ग २४

सच्चा सोझा जनता प्रष्ट भए पुग्छ
विकास गर्नलाई ट्रष्ट भए पुग्छ
गर्नेलाई रोक्ने छैन मति बिग्रेको
साना र ठुला झोले नस्ट भए पुग्छ
देश बिगार्न नेता भ्रष्ट भए पुग्छ ।

पञ्चाङ्ग २५

तिमी हाँसी दिदा फुरुक्क भएँ म
माया बस्यो भन्दै हुरुक्क भएँ म
गलत रहेछु बोध भयो मलाई
मरे जस्तो हुँदा लुरुक्क भएँ म
आँसु खस्यो मेरो तुरुक्क भएँ म ।

पञ्चाङ्ग २६

मुटु मेरो कसरी फुट्यो तिमीलाई थाहा होला ?
दुईजना पुनश्च जुट्यो तिमीलाई थाहा होला ?
तिमीलाई भरोसा गरें आधार के मा छ र ?
के भएर भरोसा टुट्यो तिमिलाई थाहा होला ?
अवस्था हेरेर नै लुट्यो तिमीलाई थाहा होला ?

पञ्चाङ्ग २७

देशको लागि जोखिम लिन तयार छु
परेको बेला रगत दिन तयार छु
नेपाल हाम्रो हो कसैको बाउको हैन
सबैजना भागे एक्लै किन तयार छु?
मेरो अस्तित्वलाई नै चिन तयार छु ।

पञ्चाङ्ग २८

मेरो हृदय खाली छ दिलमा बस्न आउ
बहकिने मनलाई तिमीले कस्न आउ
छुट छ सबै कुरामा सर्त राखेको छैन
दिलको बाटो खुल्ला छ मौकामा पस्न आउ
मायाले दिएको मायाको लेप घस्न आउ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...