Thursday 1st October 2026

गोबिन्द राज ओझा ( राजन)को गीति कविताः तिमी धेरै मायालु…


तिमी धेरै मायालु र अधिक संयमी छौ
मन भित्रको माया बलियो बनाएकी छौ
पहाडमा घुम्दा घुम्दै यहाँ सम्म आए
यहाँ आएर मैले मिठो गीत गाए
                     
सुन्दर हिमाल सँग मितेरी गाँस्न पाए
पहाडको फेदीमा बस्नलाई घर बनाए
मायाको गीत गाउँछु मायामा रमाउँछु
ती नयनमा मायाको आभास पाउँछु
 
सबै सँग हाँसी खेली रमाएर बाच्नुपर्छ
मिठो स्वरमा गीत सुनाएर मन शान्त बनाउनुपर्छ
प्रकृतिको आँगनमा घुमेर बाच्नु छ
धर्तीमा कर्म गरेर अन्न उब्जाउनु छ
 
तिमी धेरै मायालु र अधिक संयमी छौ
मन भित्रको माया बलियो बनाएकी छौ ।।

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

फ्लाईदुबईको एफजेड१०७३ उडानमा सहपाइलटको चक्कु प्रहारबाट घाइते भएका भारतीय पाइलट स्मित मच्छरको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्रशंसा गरेका छन्। नेतन्याहूले…

प्रतिकृयाहरू
...