Saturday 26th September 2026

कुवेतमा “हात्तीछाप” सिनेमा फेब्रुअरी १५ बाट पहिलो दिन पांच शो बाकी दिनमा तिन शो


कुवेत – नेपाली कथानक चलचित्र “हात्तीछाप” आउँदो १५ फेब्रुअरी, बिहीबारदेखी कुवेतमा प्रदर्शन हुने भएको छ।
खेतानमा रहेको ओजोन सिनेमा (O Zone Cinema) हलमा चलचित्र प्रदर्शन हुने कुवेतका लागि चलचित्र वितरक निरेम प्रोडक्सनले जनाएको छ।
सिनेमा बीहीवार ११ः१५ ,२ः०० , ४ः४५ , ७ः३० र १०ः१० गरि पांचवटा सो प्रदशन हुने छ भने शुक्रवारदेखि बुधवार सम्म ४ः४५ , ७ः३० र १०ः०० बजे गरि निरन्तर तिन सो रहने छ ।

कुवेतका साथै मध्यपूर्वका अन्य देश कतार, बहराइन, युएई र मलेसियामा पनि १५ फेब्रुअरी मा चलचित्र प्रदर्शन हुदैछ ।
किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, सौगात मल्ल, बेनिशा हमाल, बिजय बराल, विल्सनविक्रम राई, बुद्धि तामाङलगायतको अभिनय रहेको छ।
प्रदीप भारद्वाजको लेखन तथा सुशन प्रजापतिको छायाङ्कन रहेको फिल्मले सुस्ताएको बक्स अफिसलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । “हात्तीछाप” चलचित्रको मध्यपूर्व वितरकमा कन्सेप्ट भिजन र सुप्रिमी फिल्मस रहेको छ।

यसअघि निरेम प्रोडक्सनले कुवेतमा “पशुपति प्रसाद-२” र “दिमाग खराब” बक्स अफिसमा प्रर्दशन गरेको थियो।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...