Friday 23rd October 2026

कुवेतमा “हात्तीछाप” सिनेमा फेब्रुअरी १५ बाट पहिलो दिन पांच शो बाकी दिनमा तिन शो


कुवेत – नेपाली कथानक चलचित्र “हात्तीछाप” आउँदो १५ फेब्रुअरी, बिहीबारदेखी कुवेतमा प्रदर्शन हुने भएको छ।
खेतानमा रहेको ओजोन सिनेमा (O Zone Cinema) हलमा चलचित्र प्रदर्शन हुने कुवेतका लागि चलचित्र वितरक निरेम प्रोडक्सनले जनाएको छ।
सिनेमा बीहीवार ११ः१५ ,२ः०० , ४ः४५ , ७ः३० र १०ः१० गरि पांचवटा सो प्रदशन हुने छ भने शुक्रवारदेखि बुधवार सम्म ४ः४५ , ७ः३० र १०ः०० बजे गरि निरन्तर तिन सो रहने छ ।

कुवेतका साथै मध्यपूर्वका अन्य देश कतार, बहराइन, युएई र मलेसियामा पनि १५ फेब्रुअरी मा चलचित्र प्रदर्शन हुदैछ ।
किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, सौगात मल्ल, बेनिशा हमाल, बिजय बराल, विल्सनविक्रम राई, बुद्धि तामाङलगायतको अभिनय रहेको छ।
प्रदीप भारद्वाजको लेखन तथा सुशन प्रजापतिको छायाङ्कन रहेको फिल्मले सुस्ताएको बक्स अफिसलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । “हात्तीछाप” चलचित्रको मध्यपूर्व वितरकमा कन्सेप्ट भिजन र सुप्रिमी फिल्मस रहेको छ।

यसअघि निरेम प्रोडक्सनले कुवेतमा “पशुपति प्रसाद-२” र “दिमाग खराब” बक्स अफिसमा प्रर्दशन गरेको थियो।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...