Wednesday 25th March 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः कहाँ छन् कालापानी, लिपुलेक…


कहाँ छन् कालापानी, लिपुलेक र लिम्पियाधुरा
मन मोहित हुन्छ हेरेर तिनको सुन्दरता   
देशको स्वाभिमानलाई जोगाउनु छ     
यहाँ देशको रक्षा गर्नु छ
 
चिच्याउँछन् रुन्छन् पहाड,पर्वतले धेरै प्रश्न गर्छन्
कता गयौ वीर योद्धाहरू खोजि गर्न सक्छन्
लिपुलेक कालापानी  हाम्रो हो, फिर्ता ल्याउनु पर्छ   
कालापानी  हाम्रो मुटु हो बचाउनु छ
 
कालापानीको आफ्नो कथा छ
यी पहाड ,हिम श्रृखलाले देशलाई चिनाउँछ
लिपुलेक र लिम्पियाधुरा कालापानी हाम्रै हो
यी आँखाले हेर्न खोजेको उनलाई नै हो
कहाँ छन् कालापानी, लिपुलेक र लिम्पियाधुरा
मन मोहित हुन्छ हेरेर तिनको सुन्दरता ।।

-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...