Thursday 26th March 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः मेरो मनमा तिम्रो मुस्कान…


मेरो मनमा तिम्रो मुस्कान घुमिरहन्छ
तिम्रो मुस्कानले मेरो दिमागमा धेरै कुरा खेल्छ
एक सुन्दर दृश्य मनमा घुमिरहन्छ
धेरै नरम र धेरै दयालु रहेछौ हेरिरहन मन छ 
 
मेरा सोच र सपनाले मन भरिएको छ
म ब्युँझन्छु , मुस्कुराउँछु, सपनाहरू पूरा गर्नु छ
तिमि बाट केही नयाँ कुरा सिक्नु छ
सङ्घर्ष र पसिनाले जीवन सजिने छ 
 
शब्दहरूले व्यक्त गर्नु भन्दा बढी माया गर्छु
तिमि मेरो हौ मैले जान्न चाहन्छु
मैले जे गर्छु तिम्रो लागि गर्नेछु
तिमि नै हौ मेरो मनबाट माया गर्ने मायालु
 
मेरो मनमा तिम्रो मुस्कान घुमिरहन्छ
तिम्रो मुस्कानले मेरो दिमागमा धेरै कुरा खेल्छ ।।

-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...