Thursday 26th March 2026

सात पञ्चाङ्गकारहरूको उत्कृष्ट पञ्चाङ्गहरू


पन्ञ्चाङ्ग अभ्यास पाठशालामा दिएको मिति २०८०/१०/२३ गते सातजनाको उत्कृष्ट पञ्चाङ्ग समावेश भएर सम्पन्न भएको छ।

पञ्चाङ्ग ०१

कसैले केहीभन्दा सहेको भए हुन्थ्यो
दु:ख पर्दा खेरि त कहेको भए हुन्थ्यो
सबैलाई पर्ने कुरा मिल्ने गर्नु पर्छ
आफन्तको अघि अधिक रहेको भए हुन्थ्यो
पीडा दिनुभन्दा त डहेको भए हुन्थ्यो ।

✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”

पञ्चाङ्ग ०२

आफु सहनशील भएको राम्रो
नबुझेका ति कुरा कहेको राम्रो
मुखले जवाफ फर्काउनु भन्दा
ठूलाले सम्झाउँदा सहेको राम्रो
चुपचाप भै कतै रहेको राम्रो।

✍️सरिता सेढाई धादिङ ।

पञ्चाङ्ग ०३

अरुले कुरा काटेपछि सहेको राम्रो
हुन्छ
आफुलाई दु:ख पर्दा कहेको नै राम्रो हुन्छ
मानव भए र मन स्थिर राख्न सक्नु पर्छ
सबैको अगाडि सम्मान रहेको राम्रो हुन्छ
अरुलाई पीडा नदिन डहेको राम्रो हुन्छ।

✍️दुर्गा आचार्य, मोरङ ।

पञ्चाङ्ग ०४

नदेखिने पीर मर्का म सँग कहेकाे भए हुन्थ्याे
बिलाैनाका छालसँगै सलल बहेकाे भए हुन्थ्याे
तिम्रै बेदना सुनेर सहयाेगी मन फिजाउँथे
सानाे कुरामा ठाक्क ठुक्क हुँदा सहेकाे भए हुन्थ्याे
नभए नित्य आफ्नै प्रेमी सँग रहेकाे भए हुन्थ्याे !

✍️सुरेश चन्द्र घिमिरे, कपनबाट ।

पञ्चाङ्ग ०५

अपराधी हरूले कुरा काटेर कहेको छ आज
सबैको बत्ख्वाईँ जथाभावी गर्दै रहेको छ आज
सबैलाई बराबर साथमा लिँदै हिड्नु नै राम्रो
कुरा काट्नेले काटेको त धेरैले सहेको छ आज
अर्काको परिवारहररूको खण्डन् भएको छ आज।

✍️ बेदु न्यौपाने ✍️🇳🇵 काठमाडौं ।

पञ्चाङ्ग ०६

दु:ख पर्दा कहेको भए राम्रो हुन्थ्यो
केही कुरा सहेको भए राम्रो हुन्थ्यो
राम्रो हुदाँ सबैले राम्रो भन्ने गर्छन्
आगो जस्तै डहेको भए राम्रो हुन्थ्यो
सबैसँग रहेको भए राम्रो हुन्थ्यो।

✍️सन्ध्या गौतम , काठमाडौं ।

पञ्चाङ्ग ०७

बोलीमा मह भएर
हातमा सह भएर
आनन्दमा डुबेकोछु
खुशीको दह भएर
हर्षको गह भएर।

✍️प्रभा पोखरेल अमेरिका ।


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...