Thursday 26th March 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः यी खोलाका किनारमा…


यी खोलाका किनारमा ,यी बगरहरूमा
बगिरहेको खोलाको रमाइलो दृश्यमा
सधैँ खुसी रहने सुन्दर तिम्रो मनमा
यी हरियाली फाटहरू, सुन्दर वस्तिहरूमा

यहाँका मनमोहक दृश्यहरूमा
हिमालबाट खसेका झरनाहरूमा
सबै ठाउँहरूमा सधैँ तिम्रो साथमा हुनेछु
म एउटा सहयात्री बनी साथमा रहनेछु

कलकल बग्ने खोलाहरूको आवाजमा
यो मनलाई रमाउनेछु
चिसो हावा लाग्ने ठाउँहरूमा
सुन्दर यी हिमालको दृश्यहरूमा

सुन्दर र शान्त यी ठाउँहरूमा
हुनेछु सधैँ तिम्रो साथमा
बग्ने खोला बनी तिम्रो मनमा
बगिरहनेछु आफ्नो बेगमा

यी खोलाको किनारमा ,यी बगरहरूमा
बगिरहेको खोलाको रमाइलो दृश्यमा
सधैँ खुसी रहने सुन्दर तिम्रो मनमा
यी हरियाली फाटहरू ,सुन्दर वस्तिहरूमा ।।

-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.-२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...