Friday 16th October 2026

नेपालका क्यान्सर पीडितलाइ कल्याणकारी नेपाली युवा समाज कुवेतको ४२ हजार बढीको आर्थिक सहयोग


कुवेत – कल्याणकारी नेपाली युवा समाज कुवेतले आर्थिक अबस्था कमजोर भएका नेपालका एक क्यान्सर पीडितलाइ नेपाली रूपैयाँ ४२ हजार रूपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेको छ । समाजले चौरी देउराली गाउँपालिका काभ्रेका क्यान्सर पीडित ६२ वर्षिय कृष्ण बहादुर पराजुलीलाइ आर्थिक सहयोग गरेको हो । सो कुरा समाजका अध्यक्ष सुवास श्रेष्ठले तीतोपाटी डट कम लाइ जानकारी गराएका हुन् ।

कल्याणकारीले सो रकम समाज भित्रका सदस्यहरू तथा सहयोगी साथीहरूमार्फत संकलन गरि नेपाल स्थित पीडितलाइ सहयोग हस्तान्तरण गर्न सहज होस भनि रोजी पराजुलीको नामको बैंक खातामा सहयोग रकम ४२ हजार ३ सय ४४ रूपैयाँ पठाएको हो । यस अघि आर्थिक अवस्था निकै कमजोर भएका र यातायात मजदुर भएर परिवारको पालन पोषण गर्दै रहेका चौरी देउराली गाउँपालिका काभ्रेका ६२ वर्षिय कृष्ण बहादुर पराजुलीको अार्थिक अभावको कारण उपचारमा कठिनाइ भएको भन्दै पीडितका अाफन्तजन मार्फत सहयोगको अाग्रह गरिएपछि समाजले सेवाको भावना स्वरूप सो रकम संकलन गरि सहयोग गरेको हो ।

न्यून अार्थिक अबस्था भएका पराजुलीको काठमाडौं स्थित बीर अस्पतालमा उपचार गराइ राखिएकोमा आर्थिक अभाव भएर अस्पतालमा बसेर उपचार गर्न असमर्थ भइ बाहिर कोठामा राखेर दैनिक उपचार खर्च जुटाएर उपचाररत छन् भने अस्पतालले समेत विपन्न कार्ड उपलब्ध गराएर स्वविवेकी सामाजिक मनका धनीहरूलाइ पीडितको उपचारार्थ सहयोग गर्न सहजीकरण गरिदिएको छ ।


सम्बन्धित शीर्षकहरु

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

यमनको दक्षिणी सहर अदेनस्थित राष्ट्रपति भवनमा हुथी समूहले मिसाइल आक्रमण गर्दा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ भने धेरै जना घाइते…

पाकिस्तानको पेशावरमा बिहीबार एक विद्यालयको छाना खस्दा ३२ बालबालिका र एक शिक्षिकासहित ३३ जनाको मृत्यु भएको छ। करिब ५० बालबालिका…

प्रतिकृयाहरू
...