Monday 27th January 2025

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय तेह्र भाग (११३)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८०/१०/०१
………………………………………….
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.
सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : आफूखुसी मिल्दो ।
दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।
अक्षर संख्या :- ५ देखि २५ सम्म ।
पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १
आफ्नै जस्तो लाग्छन् मुटुहरू मुखले मीठो बोल्दा खेरि
च्वास्स बचन तिखो वाण भाला लाग्छ मुटु पोल्दा खेरि
कसको विश्वास गर्नु, प्रकृतिले छुट्यायो तेरो मेरो
सयौँ पटक सोच्नु पर्छ चाप्लुसिमा मन खोल्दा खेरि
विष हुन्छ जीवन दुई जिब्रेले कानमा घोल्दा खेरि ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

बिदेशका दलालहरूले गर्दा देशको नाश भयो
युवाहरूको पनि सधैभरी बिदेशमा बास भयो
धेरै घायल छ देश छैनन् मर्दाका मलामि देशमा
जनतालाई अभिभावक नभएको आभास भयो
न निकास न विकास भयो दुःखै दुःखको रास भयो ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग ३

बुझेर सबैले तन सफा राखौँ
तिनै लेकबेसी वन सफा राखौँ
दुषित भएको गाउँघर सारा
सबैतिर आफ्नो पन सफा राखौँ
सबैभन्दा ठुलो मन सफा राखौँ ।

– आर्त अकुलीन

पञ्चाङ्ग ४

केही भिन्न गरी मानौँ आजको सक्रान्ति
हाँसीखुशी गर्न छानौँ आजको सक्रान्ति
चाडबाड आई जान्छन् सधैँ यस्तै गरी
जाडो हुन्न भनी ठानौँ आजको सक्रान्ति
हर हिसाबले जानौँ आजको सक्रान्ति ।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग ५

आउँछु भन्थेउ बाटो काटेर गयौ
उसलाई ढाट्नसम्म ढाँटेर गयौ
मजाले आश्वासन देखाएर तिमी
अनायासै तीतो सत्य बाटेर गयौ
भएभरको कुरा पो छाटेर गयौ ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग ६

कन्दमुल खाएर नै हामी आज यहाँसम्म आएका हौँ
ओडार छाडेपछि घरको छाना त फुसले छाएका हौँ
कालान्तरमा त्यो दिनको स्मरण गर्न चाड बनेको हो
त्यही दिनको स्मरण गर्दै माघीमा तरुल खाएका हो
हाम्रो संस्कार बाँचिरहोस् भन्दै पर्वको गीत गाएका हौँ ।

-पशपती राई खोटाङ ।

पन्चाङ्ग ७

फूल अनि फूलको माली,सँगै बस्नुपर्छ
एक अर्का अँगालो हाली,सँगै बस्नुपर्छ
गुन्द्रुक पकाउनु ,साली फकाउनु पर्दैन
आ -आफ्नो मन पखाली सँगै बस्नुपर्छे
अब, म भेना, तिमी साली, सँगै बस्नुपर्छ ।

साहित्य प्रेमी सूर्य गिरी पोखरा

पञ्चाङ्ग ८

पारिलो घामको आसमा भुलियो
ज्यान त्यो रापको पासमा भुलियो
नाचको गीत त्यो रातमा माघिको
आखिरी बोल नै खासमा भुलियो
आजको रात यो रासमा भुलियो ।

टीकाराम जोशी
पञ्चाङ्ग ९

विश्वासको ज्वलित दीप जलाउन छ भने
अन्याय अत्याचार सारा गलाउन छ भने
आमाको अर्ती बिर्सेर हुन्न, पर्छ सधैं गुन्न
विकृति अनि विसङ्गति ढलाउन छ भने
कर्म अनुसार जीवन चलाउन छ भने ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग १०

तरुल चाकु खाएर जाडो फाल्ने दिन आज
जाडो भगाउन नै दाउरा बाल्ने दिन आज
तरुल चाकु खिचडी पाक्छ घर घरमा नै
जाडोलाई बिदा गरि गर्मी थाल्ने दिन आज
ईश्वरको पूजा गर्दै धूप हाल्ने दिन आज ।

सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।
पञ्चाङ्ग ११

१.
भन्न पाइएको छैन भोक प्यास पनि
भएको आफ्नो आवश्यकता खास पनि
सायद पुनः जाँच होला भनी सोच्दैछु
यसर्थ नराम्रो लागेन आभास पनि
उकालोमा बढेको छ धेरै सास पनि ।
२.
चिसो न चिसो भएको बेला घाम खोज्छ मन
ज्यान न्यानो बनाउनु भनी काम खोज्छ मन
ए हजुर अचेल किमार्थ जता गएपनि
यथार्थ तातो आगोको मात्र नाम खोज्छ मन
त्यो हिउँको बाटो बाधा हुँदा ठाम खोज्छ मन ।

#पृथक प्रकृति,झापा

पञ्चाङ्ग १२

जिवनमा सबै कुरा गर्न जान्नुपर्छ
आफूभन्दा ठुलाले भनेको मान्नुपर्छ
जिन्दगीको मोड जस्तो भए नि हजुर,
असल ब्याक्ती को त्यो आफैले छान्नुपर्छ
यसै उसै गरी ब्यवहार धान्नुपर्छ ।
दुर्गा भट्टराई
मोरङ

पञ्चाङ्ग १३

यो रमणिय ताल सहितको गाउँ छ यहाँ
बिश्वमै उत्कृष्ट नेपाल देश नाउ छ यहाँ
मान सुनकै थाली सुनैको छ कचौरा हाम्रो
जंगल जडिबुटी अमृतको भाउ छ यहाँ
सम्पन्न धनी देश बनाउने दाउ छ यहाँ ।

गणेश पौडेल
कालिका६ चितवन ।

पञ्चाङ्ग १४

आजैदेखि मैले मन सफा गरौं
भित्रैदेखि दैलो तन सफा गरौं
आशिर्वाद लिउँ मान्यजनको
कला कृति आफ्नो पन सफा गरौं
भित्री लुप्त कालो धन सफा गरौँ ।
धनमाया चौधरी कैलाली

पञ्चाङ्ग १५

मलाई पनि खुव मनपर्छ
नबोलीकन चुप मनपर्छ
अरुले जेसुकै गरुन भयो
उनले पाको सुख मनपर्छ
म प्रतिको सुझ्बुझ मनपर्छ ।

-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा-३, काभ्रे

पञ्चाङ्ग १६

तिम्रा आँखा वरीपरी रमाउन चाहन्छु म
अब तिम्रै बाटोहरू समाउन चाहन्छु म
हातमा हात काँधमा काँध मिलाएर धेरै
धन धर्म यश बुद्धि जमाउन चाहन्छु म
अन्ततः अमर नाम कमाउन चाहन्छु म ॥

गुणनिधि घिमिरे अमेरिका

पञ्चाङ्ग १७

मनमा बस्न जान्नु पर्छ,
भनेको कुरा मान्नु पर्छ
पीडा कहाँ पो हुदैन र
असल दैव छान्नु पर्छ
तब त घर धान्नु पर्छ ।

होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

पञ्चाङ्ग १८

जगत विज्ञान प्राकृतिक प्रकोप टारेर कहाँ टर्दछ
प्रभुको यो एउटा लीला मानी जीवनअघि सर्दछ
भुकम्प रोक्न सकिदैन तर बच्न सकिने सचेतमा
कालगतिका अनेकौं फन्दामा जीवजगत मर्दछ
वातावरण संरक्षण हामी सबै मिलेर गर्नु पर्दछ ।

कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनको आयोजना र बीइसी एक्सचेन्जको मूख्य प्रायोजनमा हुन लागेको निरेम साङ्गीतिक उत्सवमा चर्चित गायिका तृष्णा गुरुङ्ग, हिमाल सागर र…

कायरो: उत्तरी गाजाका प्यालेस्टिनीहरूले बिहीबार विस्थापित परिवारहरूका लागि पाल शिविरहरू तयार पारे, जुन यहूदी संस्था र हमासबीच भएको युद्धविराम सम्झौताको…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले तेहरान विरुद्ध सैन्य हमला नगरीकनै इरानी आणविक संकट समाधान हुने आशा व्यक्त गरेका छन्। ट्रम्पले…

प्रतिकृयाहरू
...