Friday 30th January 2026

साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को नयाँ म्युजिक भिडियो सार्वजनिक


गायिका मिलन अमात्य र सुरेन्द्र महर्जनको स्वरमा रहेको “मनको ढोका खोलेर माया साटौं है, मनको ढोका खोलेर सँगै बाँचौं है” गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक भएको छ ।

माया प्रेम तन मनबाट निस्कने भएकोले सबैले आफ्नो माया हृदयबाट निकालेर जसले माया गर्छ उसैलाई सुम्पेको हुन्छ । माया बिना संसार शुन्य जस्तो हुने भएकोले हजार लाख जति मान्छे भए पनि माया साटासाट गर्नुपर्ने हुन्छ । आफूले आफैलाई माया गरेर मात्र दुनियाँ चल्दैन । हरेक मान्छेले माया गर्न जरुरी हुन्छ । जिन्दगी त्यसै चल्दैन । जिन्दगी तब मात्रै चल्छ जब एकलाई अर्कोले माया गर्छ । रमाइलो गर्दै जीउन एकले अर्कोलाई माया गर्नुपर्छ भन्ने सन्देश यस गीतले दिएको देखिन्छ ।

विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा संगीतकार राम कार्कीको सङ्गीत रहेको छ भने म्युजिक भिडियोको निर्देशक रोशन कुमार श्रेष्ठबाट निर्देशन गरिएको हो । सार्वजनिक भिडियोमा कलाकारहरूमा सम्पदा वानिया र प्रदिप खड्काको उत्कृष्ट अभिनय देख्न सकिन्छ । मधुशाला म्युजिकको तर्फबाट गीतको अडियो बजारमा आएको र भिडियो अमर म्युजिकबाट सार्वजनिक भएको हो । दृश्य निर्माण सानिध्या फिल्मको रहेको छ । भिडियो सम्पादन सुरेश राउतबाट गरिएको छ ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोसः


सम्बन्धित शीर्षकहरु

अमेरिकाले गाजामा हमासका लडाकूहरूले निशस्त्रीकरण गर्दा प्यालेस्टिनी समूहलाई कुनै प्रकारको आममाफी मिल्छ भन्ने विश्वास गर्छ, एक अमेरिकी अधिकारीले सोमबार भने।…

इरानको न्यायपालिका प्रमुखले आइतबार चेतावनी दिएका छन् कि हालै भएको सरकार विरोधी प्रदर्शनको लहरमा संलग्नहरूले "थोरै पनि उदारता बिना" सजायको…

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

प्रतिकृयाहरू
...