Wednesday 7th October 2026

साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को नयाँ म्युजिक भिडियो सार्वजनिक


गायिका मिलन अमात्य र सुरेन्द्र महर्जनको स्वरमा रहेको “मनको ढोका खोलेर माया साटौं है, मनको ढोका खोलेर सँगै बाँचौं है” गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक भएको छ ।

माया प्रेम तन मनबाट निस्कने भएकोले सबैले आफ्नो माया हृदयबाट निकालेर जसले माया गर्छ उसैलाई सुम्पेको हुन्छ । माया बिना संसार शुन्य जस्तो हुने भएकोले हजार लाख जति मान्छे भए पनि माया साटासाट गर्नुपर्ने हुन्छ । आफूले आफैलाई माया गरेर मात्र दुनियाँ चल्दैन । हरेक मान्छेले माया गर्न जरुरी हुन्छ । जिन्दगी त्यसै चल्दैन । जिन्दगी तब मात्रै चल्छ जब एकलाई अर्कोले माया गर्छ । रमाइलो गर्दै जीउन एकले अर्कोलाई माया गर्नुपर्छ भन्ने सन्देश यस गीतले दिएको देखिन्छ ।

विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा संगीतकार राम कार्कीको सङ्गीत रहेको छ भने म्युजिक भिडियोको निर्देशक रोशन कुमार श्रेष्ठबाट निर्देशन गरिएको हो । सार्वजनिक भिडियोमा कलाकारहरूमा सम्पदा वानिया र प्रदिप खड्काको उत्कृष्ट अभिनय देख्न सकिन्छ । मधुशाला म्युजिकको तर्फबाट गीतको अडियो बजारमा आएको र भिडियो अमर म्युजिकबाट सार्वजनिक भएको हो । दृश्य निर्माण सानिध्या फिल्मको रहेको छ । भिडियो सम्पादन सुरेश राउतबाट गरिएको छ ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोसः


सम्बन्धित शीर्षकहरु

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

ब्रेकिङ : अमेरिकी अधिकारीसँग सम्पर्क गरेको आरोपमा इरानी विदेशमन्त्री अराघ्चीमाथि महाभियोग प्रस्ताव दर्ता तेहरान, ६ अक्टोबर २०२६। इरानी संसदमा विदेशमन्त्री…

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

प्रतिकृयाहरू
...