Thursday 25th December 2025

लक्ष्मी पुनलाई पशुपति क्षेत्र विकास कोषमा काम गर्नबाट रोक्न अदालतको आदेश


पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई सो पदको हैसियतमा कोषमा काम गर्न अदालतले रोक लगाएको छ । उच्च अदालत पाटनले पुनलाई तत्काल कामकाज नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीशहरु ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले तत्कालको लागि इजलासले उनको नियुक्ती लागू नगर्न आदेश दिएको हो । कोषको कार्यकारी निर्देशकमा योग्यता र मापदण्ड नपुगेको व्यक्तिलाई नियुक्त गरिएको आरोपसहित परेको रिटमा प्रारम्भिक सुनुवाइपछि अदालतले यस्तो आदेश जारी गरेको हो ।

पुनको नियुक्तिविरुद्ध भरत मरासिनीले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए । ४ पुसमा पुनलाई पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त गरिएपछि मरासिनीले २६ पुसमा रिट दर्ता गराएका थिए ।


सम्बन्धित शीर्षकहरु

टर्कीका अधिकारीहरूले बुधबार बिहान राजधानी अंकाराबाट उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त निजी जेटबाट भ्वाइस रेकर्डर र ब्ल्याक बक्स फेला पारेका…

"प्रथम बागलुङ- मुजैनी कप भलिबल प्रतियोगिता - २०२५" आगामी २६ डिसेम्बर २०२५ शुक्रबारका दिन फाहाहिल स्थित शुक सभा खेल मैदानमा…

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

प्रतिकृयाहरू
...