Saturday 16th May 2026

अयोध्या प्राण प्रतिष्ठाः ७ हजार बढी बिशिष्ट पाहुना पुग्दै


अयोध्यामा भगवान रामको आज (सोमबार) अभिषेक समारोह हुँदैछ। जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत धेरै भिभिआईपीहरू सहभागी हुनेछन्। सो मन्दिरका भगवान रामको नयाँ मूर्ति तयार गरी गर्भगृहमा स्थापना गरिएको छ। भगवान रामको ५१ इन्चको नयाँ मूर्तिलाई आज मात्र अभिषेक गरिनेछ।

राम जन्मभूमि तीर्थ क्षेत्र कोषका कोषाध्यक्ष गोविन्ददेव गिरीले अस्थायी मन्दिरमा राखिएको रामललाको पुरानो मूर्तिलाई नयाँ मूर्तिको अगाडि राखिने जानकारी दिएका छन्। जसलाई पनि २२ जनवरीमा मन्दिरमा अभिषेक गरिनेछ।

गत हप्ता राम मन्दिरको गर्भगृहमा रामललाको ५१ इन्चको मूर्ति राखिएको थियो। रामका तीन वटा मुर्ति तयार पारियो। जसमध्ये मैसूरका मूर्तिकार अरुण योगिराजले बनाएको मूर्तिलाई अभिषेकका लागि छनोट गरिएको थियो।

अन्य दुई मुर्तिको प्रश्नमा श्री राम जन्मभूमि तीर्थ क्षेत्र कोषका कोषाध्यक्षले भने, ‘बाँकी दुई मुर्तिलाई पूर्ण सम्मान र सम्मानका साथ मन्दिरमा राख्नेछौं। एउटा मूर्ति हामीसँग राखिनेछ।’

रामललाको पुरानो मूर्तिबारे उनले भने, ‘रामललाको नयाँ मूर्ति अगाडि राखिनेछ। मूल मूर्ति धेरै महत्त्वपूर्ण छ। यसको उचाइ ५ देखि ६ इन्च मात्रै छ, जसलाई २५ देखि ३० फिटको दूरीबाट देख्न सकिँदैन। त्यसकारण हामीलाई ठूलो मूर्ति चाहिएको हो।’

आज १२ः२० बजेवाट अभिषेक हुँदैछ। मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मस्थल अयोध्यामा जनवरी २२ मा राम मन्दिरमा रामलल्लाको प्राण प्रतिष्ठा समारोहको लागि तयार छन्। पुस शुक्ल द्वादशीको अभिजित मुहूर्तमा दिउँसो १२ः२० बजे अभिषेक कार्यक्रम हुनेछ।

सो समारोहका लागि रामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टले अभिषेक समारोहमा तीन हजार भिभिआईपीसहित सात हजारलाई आमन्त्रण गरेको छ।


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...