Wednesday 14th January 2026

“टुक्का पुञ्ज” श्रृङ्खला -२


साहित्यकाे काव्यिक विधामा प्रयाेगकाे रुपमा नेपाली भाषा साहित्यबाट शुरु भएकाे दुई हरफकाे कविता “टुक्का कविता” छाेटाे समयमा अत्यन्तै लाेकप्रिय भएकाे छ । टुक्का कविताकाे आधिकारीक फेसबुक ग्रुप पेज “टुक्का कविता” मा पाेष्ट हुन अाएका टुक्का कविताहरू मध्येबाट केही उत्कृष्ट टुक्का कविताहरू सङ्कलन गरेर साप्ताहिक रुपमा प्रकाशन गर्ने उद्धेश्यले टुक्का साहित्य समाजका अध्यक्ष / टुक्का कविताका परिकल्पनाकार ताराप्रसाद चापागाईकाे परिकल्पना तथा टुक्का अभियन्ता धनुष न्याैपानेकाे संयाेजकत्वमा टुक्का कविता प्रकाशनमा शुरुवाती समय देखि साथ दिँदै अाएकाे पत्रिका तिताेपाटी डट कममा “टुक्का पुञ्ज” नामक साप्ताहिक स्तम्भकाे शुरुवात भएकाे छ । टुक्का पुञ्जकाे याे दाेस्राे श्रृङ्खला हाे ।

संयाेजक : धनुष न्याैपाने
[१]
१.
पतर पतर बोल्नेको थोरै छ काम
हातमा सीप हुनेको आउँदछ दाम ।
२.
खेती गर्न सजिलो कुराको
कुरा काट्न के काम छुराको ।
✍️ होम प्रसाद न्यौपाने
धरान, सुनसरी
[२]
१.
आज भोलि एकान्त किन मन पर्दैन
पत्थर भयो दिल आँसु पनि झर्दैन।
२.
साथै रहन्छ आफ्नो मान्छे दुःखमा पनि
बिच बाटोमा छोड्दैनन् कमजोर भनि ।
✍️ पुष्पा राई
खोटाङ ।
[३]
१.
वेलैमा साेचे पीडाले छुँदैन
जाेसमा हाेस् गुमाउनु हुँदैन ।
२.
साहित्य समाजको ऐना हुन्छ
कलमले राम्रा सृजना बुन्छ ।
✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[४]
१.
धन कमाएर ल्याउन विदेशतिर गयौ
आखिर जिन्दगीको बिदाइ उतैबाट भयौ ।
२.
आफ्नै भूमि रङ्गाएर बस्ने अठोट गर
देशमा ज्ञान सीप देखाएर मात्रै मर ।
✍️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
[५]
१.
मनभरि चोट छ अब कसरी पाे हाँसु
त्यही वेदना लुकाउन झार्ने गर्छु आँसु ।
२.
देख्दा सामान्य लागे पनि भोग्न पाे हुने गाह्रो
जीवनका सबै परिस्थिति सहन भो साह्रो ।
✍️ सुशिला थापा
कागेश्वरी काठमाण्डौँ

::::: जय टुक्का ! जय साहित्य !!! :::::


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

एसोसिएटेड प्रेस समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि संयुक्त राज्य अमेरिकाले इजिप्ट, लेबनान र जोर्डनका मुस्लिम ब्रदरहुड संगठनहरूलाई "आतंकवादी" समूहको…

प्रतिकृयाहरू
...