Saturday 16th May 2026

संसारका घुम्न पर्ने ५२ गन्तव्यमा नेपालको मुस्ताङ


द न्यू योर्क टाइम्स पत्रिकाले सन् २०२४ मा घुम्न सिफरिश गरेका संसारका ५२ गन्तव्यमा नेपालको मुस्ताङ परेको छ।
सन् २०२४ मा घुम्नुपर्ने संसारभरका ५२ वटा पर्यटकीय गन्तव्यबारे माघ ६ गतेको अंकमा द न्यू योर्क टाइम्स पत्रिकाले विस्तृतमा लेखेको छ। जसमा नेपालको मुस्ताङ छ। मुस्ताङबारे पत्रकार नोरा वाल्सले लेखेकी हुन्।
पञ्चायत कालमा विदेशीलाई मुस्ताङ घुम्न प्रतिबन्ध थियो। राजदरबारको ‘सोर्सफोर्स’ लगाएर फ्रान्सेली लेखक माइमेल पिसेल मुस्ताङ पुगेका थिए। हिमाली र तिब्बती संस्कृतिमाथि अनगिन्ती पुस्तक लेखेका पिसेलले सन् १९६८ मा मुस्ताङमाथि ‘अ लस्ट तिबेतियन किङडम’ पुस्तक प्रकाशित गरेका थिए।
पिसेलले मुस्ताङबारे लेखेको ५५ वर्षपछि नोरा वाल्सले पनि उनकै पुस्तकको शीर्षक सम्झाउने गरी मुस्ताङलाई ‘तिब्बती संस्कृतिको दुर्गम किल्ला’को उपमा दिएकी छन्। “नेपालको उत्तरी भेगमा तिब्बती पठारको अग्लो स्थानमा रहेको, प्राचीन हिमाली राज्य मुस्ताङ परम्परागत तिब्बती संस्कृतिको गढ हो। यसको दुर्गमपन शताब्दीयौंदेखि संरक्षित छ,” उनले लेखेकी छन्।

२०४६ सालसम्म मुस्ताङ विदेशीको लागि प्रतिवन्धित क्षेत्र थियो। जानैपर्नेले विशेष उद्देश्य खुलाएर, सरकारी अनुमति लिएर मात्र एक जना सरकारी अधिकारीसँग जानुपर्ने प्रावधान थियो। अहिले त मुस्ताङमा बाटोको पहुँच पुगेको छ भने सहुलियत दरका होटेल पनि उपलब्ध छन्।
पत्रकार वाल्सले नेपालबारे यसअघि पनि लेखिसकेकी छन्। यात्रा लेखनका लागि अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त वाल्सका लेख न्यूयोर्क टाइम्स, वाल स्ट्रीट जर्नल, कन्डे नास्ट ट्राभलर, नेशनल ज्योग्राफिकमा प्रकाशित छन्।
मुस्ताङ पुग्न पहिले जस्तो गाह्रो छैन। सडक यातायात नहुँदा पोखराबाट ११ दिन पैदल यात्रा गरेर मुस्ताङ पुगिन्थ्यो।

अहिले भने मुस्ताङलाई सकडले जोडेको छ। पोखराबाट गाडीमा आठ घण्टा हुँइकिएपछि मुस्ताङ पुगिन्छ। अझ कालीगण्डकी राजमार्गको स्तरोन्नति भयो भने पोखराबाट पाँच घण्टामै मै मुस्ताङ पुग्न सकिन्छ।
देशका जुनसुकै भूभागबाट गाडीमा पोखरा पुग्न सकिन्छ। काठमाडौं, विराटनगरबाट भने जहाजमा पनि यात्रा गर्न सकिन्छ, पोखरासम्म।
पोखराबाट जहाज वा गाडीमा मुस्ताङ पुग्न सकिन्छ। कतिपय बाइकमा हुँइकिँदै मुस्ताङ पुग्ने गरेका छन्। पोखराबाट जीप वा बसमा यात्रा गर्न सकिन्छ।


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...