Saturday 3rd October 2026

गायक योगेश वैद्यको निधन


वरिष्ठ गायक, संगीतकार तथा गीतकार योगेश वैद्यको शुक्रबार बिहान निधन भएको छ । उनको सुन्धारास्थित काठमाडौं न्यूरो जनरल अस्पताल गणबहालमा उपचारका क्रममा निधन भएको हो ।

बासु शशी स्मृति परिषदका सचिव प्रद्युम्न जोशीका अनुसार बिहीबार बेलुका योगेशलाई अचानक ज्वरो र रुघाखोकीको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । योगेश बासु शशी स्मृति परिषदका सल्लाहकार पनि हुन् । योगेश लामो समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित थिए ।
गायक वैद्य ७७ वर्षका थिए ।

सचिव जोशीले योगेशको शवलाई अस्पतालबाट पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिने जानकारी दिए । ‘ आजै पशुपतिमा हामी उहाँको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जली दिनेछौं । त्यसपछि अन्त्येष्टि गरिनेछ’, उनले भने ।

योगेशको परिवारमा श्रीमति, एक छोरा र दुई छोरी छन् ।

किरण खरेलको शब्द र नातिकाजीको संगीतमा योगेशको पहिलो गीत ‘कति प्यासी छ जिन्दगी..’ रेकर्ड गराएपछि उनी सांगीतिक क्षेत्रमा उदाएका थिए । त्यसपछि उनले एउटा नेवारी गीत पनि गाए, ‘जीवन जिगु…’ ।

योगेशले २०४४ सालमा गाएको गीत ‘सपना भुलाई सारा’ नेपाली गीत संगीतमा कालजयी गीत मानिन्छ ।

उनी नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुन् । नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लगायतका गीत लोकप्रिय छन् ।

त्रिभुवन विश्वविद्यालयबाट वनस्पति शास्त्रमा र गेन्ट स्टेट विश्वविद्यालय बेल्जियमबाट खाद्य तथा पोषणमा स्नातकोत्तर गरेका योगेशले तीन दशकभन्दा बढी समय सहसचिवस्तरको प्राविधिक सरकारी सेवामा विताएका थिए।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...