Wednesday 14th January 2026

गोबिन्द राज ओझा (राजन)को गीती कविता – ‘म’


म आँखा बन्द गरेर यो जीवनको बारेमा सोच्ने गर्छु
मैले सपना देखे कि म तिम्रो  माया जालमा परेछु
किन होला मैले तिम्रो बारेमा केही भन्न चाहन्छु
मेरो हृदयले तिमिलाई खोज्छ, पक्कै साथ पाउँछु
 
तिमी सँगै छौ मेरो आत्मा सन्तुष्ट छ
मेरो दृष्टिले तिम्रो  खोजी गरिरहन्छ
मेरो मायाले गर्दा  तिमि सँग भेट हुन्छ
तिम्रो मनमा र मेरो मनमा माया बसेको छ
 
यी आँखामा हेर माया बसेको छ
प्रेम एक सुन्दर चीज हो, यसले हृदय जोड्न सिकाउँछ
हामीलाई हाँस्न र बाच्न सिकाउँछ
ए मेरो प्रेमीका  अब आउनुपर्छ
 
ए  माया, म बरु तिम्रो लागि टहलाउन चाहन्छु
जसरी पातदार रूखहरू शान्तिमय छन् म शान्ति पाउनेछु
म आँखा बन्द गरेर यो जीवनको बारेमा सोच्ने गर्छु
मैले सपना देखे कि म तिम्रो  माया जालमा परेछु

-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

एसोसिएटेड प्रेस समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि संयुक्त राज्य अमेरिकाले इजिप्ट, लेबनान र जोर्डनका मुस्लिम ब्रदरहुड संगठनहरूलाई "आतंकवादी" समूहको…

प्रतिकृयाहरू
...