Friday 27th March 2026

कविता:बाटोको इच्छा -नारायण कोइराला


म जान चाहन्थेँ गरिबको घरमा
बाटो बिराएको छैन मैलेँ
म आफ्नो नक्सा कोर्न सक्दिन
कोर्नेहरु मलाई उल्टा सिधा कोरिदिन्छन्
म कसरी हिड्नु सिधाबाटो
बीचबीचमा उभिन्छन् यहाँका साँढेहरु
मेरो बनावट नै बिगार्दिन्छन
आफ्नो सहजताको लागि
साँढेका पुच्छर बटार्ने भन्दा
समाउने भेटिन्छन् धेरै यहाँ
म कसरी पुग्ने गरिबको घरमा
साँढेको पुच्छर समाउनेहरु
बन्छन हर्ताकर्ता जहाँ
सकिन्न जबसम्म राजनीतिक स्वार्थबाद
म बाटो बाङ्गोटेडो नै हुन्छु
साँढे र पुच्छर समाउनेहरू
बन्दैछन् मेरो अगाडि बाधक
लौन!कोही त आउ
साँढे र साँढेको पुच्छर हटाउँन
सकु म यिनलाई पछारी
सीधाबाटो भएर गरिबी मेटाउन।

-नारायण कोइराला
तानसेन,पाल्पा


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

प्रतिकृयाहरू
...