Wednesday 14th January 2026

कविता:बाटोको इच्छा -नारायण कोइराला


म जान चाहन्थेँ गरिबको घरमा
बाटो बिराएको छैन मैलेँ
म आफ्नो नक्सा कोर्न सक्दिन
कोर्नेहरु मलाई उल्टा सिधा कोरिदिन्छन्
म कसरी हिड्नु सिधाबाटो
बीचबीचमा उभिन्छन् यहाँका साँढेहरु
मेरो बनावट नै बिगार्दिन्छन
आफ्नो सहजताको लागि
साँढेका पुच्छर बटार्ने भन्दा
समाउने भेटिन्छन् धेरै यहाँ
म कसरी पुग्ने गरिबको घरमा
साँढेको पुच्छर समाउनेहरु
बन्छन हर्ताकर्ता जहाँ
सकिन्न जबसम्म राजनीतिक स्वार्थबाद
म बाटो बाङ्गोटेडो नै हुन्छु
साँढे र पुच्छर समाउनेहरू
बन्दैछन् मेरो अगाडि बाधक
लौन!कोही त आउ
साँढे र साँढेको पुच्छर हटाउँन
सकु म यिनलाई पछारी
सीधाबाटो भएर गरिबी मेटाउन।

-नारायण कोइराला
तानसेन,पाल्पा


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

एसोसिएटेड प्रेस समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि संयुक्त राज्य अमेरिकाले इजिप्ट, लेबनान र जोर्डनका मुस्लिम ब्रदरहुड संगठनहरूलाई "आतंकवादी" समूहको…

प्रतिकृयाहरू
...